अन्तरङ्ग संवाददाता
भोर्लेटार(लमजुङ)– मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार निवासी सामाजिक व्यक्तित्वका धनी ६२ वर्षीय कृष्णप्रसाद पौडेलको असामयिक निधन भएको छ । उच्चरक्तचापको औषधि सेवन गरिनु भएका उहाँ विहानी ३ बजेतिर उठेर शौचालय जादा अचानक ढल्नु भएपछि तत्कालै निधन भएको परिवार स्रोतले जनाएको छ ।
पछिल्ला दिनमा कृषि फर्म(पशुपालनका साथमा तरकारी खेती)मा जुट्नु भएका उहाँ पश्चिम विद्युत उपभोक्ता समितिका उपाध्यक्ष हुनुभएका ईशानेश्वर क्याम्पसका सल्लाहकार पनि हुनुहुन्थ्यो । सादा जीवन र उच्च विचारलाई व्यवहारमै उपयोग गर्दै आउनुभएका पौडेल नेकपा(एमाले) लमजुङ जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्थ्यो । पछिल्ला दिनमा पार्टीका काममा बढी नै खट्नु भएका कारण दौडधुपको असर हुन सक्ने भोर्लेटारबाट पत्रकार सुरज गुरुङले जानकारी दिनुभएको छ । उहाँमा सुगरको समेत समस्या रहेको बुझिएको छ ।
पूर्वशिक्षक समेत रहनु भएका उहाँ तत्कालीन भोर्लेटार गाविसका उपाध्यक्ष हुनुका साथै सरल, नरम तथा मिलनसार व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।
स्वर्गीय पौडेलका श्रीमती तथा एक एक जना छोरा (इन्जिनियर कपिल) र छोरी(शोभा) हुनुका साथै छोरातर्फ एक नातिनी र छोरीतर्फ एकएक जना नाति र नातिनी छन् ।

No comments:
Post a Comment