पत्रकार महासंघको निर्वाचन : लमजुङमा ९८ प्रतिशत बढी मतदान, दुवै अध्यक्षको जित्ने दावी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, April 7, 2021

पत्रकार महासंघको निर्वाचन : लमजुङमा ९८ प्रतिशत बढी मतदान, दुवै अध्यक्षको जित्ने दावी

अन्तरङ्ग संवाददाता

लमजुङ । नेपाल पत्रकार महासंघको २६औं अधिवशेनका क्रममा भएको मतदानमा लमजुङमा ९८ प्रतिशत भन्दा बढी मतदान भएको छ । मतदानको समय चैत २५ गतेका दिन साँझ ५ बजेसम्मका लागि तोकिएको थियो । 

उक्त निर्वाचन प्रयोजनका लागि जिल्लामा रहेका कुल ५६ मतदातामध्ये ५५ मत अर्थात ९८.२१ प्रतिशत मतदान भएको छ । एकजना देश बाहिर रहेका कारणले मतदान हुन नसकेको बुझिएको छ । पत्रकार महासंघमा भएको निर्वाचनमा सर्वाधिक मतदान भएको यो पहिलो पटक हो । 

महासंघको जिल्ला नेतृत्व लिनका लागि वर्तमान अध्यक्ष आश गुरुङ प्रेस चौतारीको सहयोगमा चुनावी मैदानमा देखिनु भएको छ भने परमेश्वर अधिकारी प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट चुनावी मैदानमा उत्रिनु भएको छ । अ धिकारी गत अधिवेशनका समेत घाइते प्रत्यासी हुनुहुन्छ । दुवै जनाले आफ्नो जीत सुनिश्चित भएको दावी गरिरहेको अवस्ता छ । प्रेस युनियनका अनुसार संयुक्त गठनबन्धनमा क्रमशः २५ र ११ मत गरी ३६ मत रहेको छ भने १७ मत प्रेस चौतारीको र २ मत स्वतन्त्र छन् । 

उता, प्रेस चौतारीको आंकलन अनुसार आफ्नो २० मत, युनियनको २३ मत र सेन्टेरको ९ तथा ३ मत स्वतन्त्र रहेको बताइने गरेको छ । 

अध्यक्षका उम्मेदवार परमेश्वर अधिकारीले गठबन्धन अनुसार आफ्नो जीत सुनिश्चित भएको र आफूले ३३ भन्दा बढी मत पाउने बताउनु भएको छ । अर्का प्रत्यासी आश गुरुङले २ देखि ३ मतले आफूले जित्ने दावी गर्नु भएको छ । 

उक्त निर्वाचनको मत गणना कार्य साँझ ६ बजेबाट शुरु हुने बुझिएको छ । 

No comments:

Post a Comment