एभरेष्ट साकोसद्वारा पहिलो सेवाग्राहीबाट उदघाटन गरी, सेवाको थालनी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, April 6, 2021

एभरेष्ट साकोसद्वारा पहिलो सेवाग्राहीबाट उदघाटन गरी, सेवाको थालनी

विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग 

सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित एभरेस्ट साकोसले आफ्नो दैनिक कारोबारको शुभाराम्भका अवसरमा कारोबार गर्न आउने पहिलो शेयर सदस्यद्वारा पानसमा दीप प्रज्जवलन उद्घाटन पछि दैनिक सेवा कार्यको शुभराम्भ गर्न थालनी गरेको छ । उक्त साकोसले सो कार्य यही चैत्र २३ गतेबाट शुरु गरिएको हो ।

पहिलो दिन मध्यनेपाल नगरपालिका– १० निवासी ७८ बर्षीय दिलबहादुर क्षेत्रीले पानसमा दीप प्रज्ज्वलन गरी  उक्त सेवा कार्यको थालनी गर्नु भएको थियो । भारतीय सेनाबाट निवृत्त उहाँले एभरेस्ट साकोसबाट आफ्नो निवृत्तीभरणको कार्र्यका लागि आउनु भएको हो । उहाँका साकोसका कर्मचारीहरूको सहयोगमा सुन्दरबजारबाट सहज ढंगले काम भएको भन्दै खुशी व्यक्त गर्दैै साकोस परिवारलाई धन्यवाद दिनु भयो । सो अवसरमा उहाँले कोरोनाका कारणले गर्दा बन्दाबन्दी चलेको समयमा आफ्नै घर नेटामा पुगेर एभरेस्ट साकोसका तर्फबाट प्रेसर र सुगरको औषधि उपलब्ध गराएको समेत स्मरण गर्दै एभरेस्ट साकोसको सदैब उन्नति र प्रगति होस् भन्ने कामना गर्नु भयो ।

No comments:

Post a Comment