लमजुङ । नेपाल पत्रकार महासङ्घ, लमजुङमा नेपाल प्रेस युनियन र नेपाल प्रेस सङ्गठन प्यानलका परमेश्वर अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । अधिकारीले ३ मतले पछि पार्दै जिल्ला शाखाका निवर्तमान अध्यक्षसमेत रहेका प्रेस चौतारी प्यानलका आश गुरुङलाई पराजित गरेका हुन् । अधिकारीले २९ र गुरुङले २६ मत पाएका छन् ।
उपाध्यक्षमा चौतारी प्यानलका अनुज अधिकारी २९ मतसहित विजयी
भएका छन् । उनका प्रतिस्पर्धी युनियन-सङ्गठन प्यानलका सन्देश पौडेलले २६ मतसहित
पराजय व्यहोरेका छन् । महिला उपाध्यक्षमा युनियन-सङ्गठन प्यानलकी शान्ता कमली ३१ मतसहित
विजयी भएकी छिन् । चौतारी प्यानलकी बेलिना थापाले २४ मत पाइन् ।
यस्तै सचिवमा युनियन-सङ्गठनका रुद्रहरि ढकाल ३० मतसहित विजयी
भए । चौतारीका सरोज विकले २५ मत पाए ।
युनियन-सङ्गठनकै श्याम शीतल परियार ३१ मत ल्याएर समावेशी सहसचिवमा विजय हुँदा श्रीकला
भण्डारी २२ मत ल्याएर पराजित भइन् । खुला सहसचिवमा युनियन-सङ्गठन प्यानलकै घनबहादुर
घिमिरे ३१ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी सीताराम बसेलले २४ मत मात्र पाए ।
आदिवासी जनजाति सदस्यमा युनियन-सङ्गठनका भरत राना ३३ ल्याएर विजयी भए । अनिसा श्रेष्ठले २२ मत
ल्याइन् ।
खुला सदस्यहरूमा अजितजङ थापा-५२, निरज अधिकारी- ५१, दीपेन्द्र
रेग्मी-४९, ऋषिराम अधिकारी- ३२ र सुजन बानियाँ- ५० मत सहित विजयी भएका छन् ।
त्यसै गरी, केन्द्रीय परिषद् सदस्यमा युनियन-सङ्गठन प्यानलकै
सन्तोष पौडेलले ३० मत ल्याएर जीत हासिल गर्दा चौतारी प्यानलका किसान सङ्गीत नेपाली २१
मत ल्याएर पराजित भए ।
कोषाध्यक्षमा युनियन-सङ्गठनका रवीन्द्र लामिछाने, महिला
सदस्यमा सोही प्यानलकी सिर्जना बराल र चौतारीका दलित सदस्यमा डिबी मजाकोटी निर्विरोध चयन भएका थिए । प्रदेश प्रतिनिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज
श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् ।
लमजुङमा कुल ५६ मध्यै ५५ मत खसेको थियो । १ जना सदस्य विदेश भएका कारण अनुपस्थित
रहेका थिए ।

No comments:
Post a Comment