स्वतन्त्र पत्रकार संघ नेपालको बाँके अध्यक्षमा शाहको ह्याट्रिक : राष्ट्रिय अध्यक्ष पहाडीलाई बनाउने घोषणा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, April 6, 2021

स्वतन्त्र पत्रकार संघ नेपालको बाँके अध्यक्षमा शाहको ह्याट्रिक : राष्ट्रिय अध्यक्ष पहाडीलाई बनाउने घोषणा

अन्तरङ्ग संवाददाता

नेपालगञ्ज– स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेको तेश्रो अधिवेशनबाट नमस्कार शाह अध्यक्ष पदमा पुनः निर्विरोध चयन हुनुभएको छ । संघको चैत २३ गते यहाँ सम्पन्न जिल्ला अधिवेशनले शाहलाई पुनः अध्यक्ष चयन गरेको हो । अध्यक्ष निर्वाचित हुनुभएसँथै शाहले सो पदमा ह्याट्रिक गर्नु भएको छ । 

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार एवम् निवर्तमान महासचिव नवराज पहाडीको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन भएको हो । पहाडीले पत्रकारितामा मौलाएको बिकृती अन्त्य गर्न स्वतन्त्र पत्रकारहरूको क्रियशीलता जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा राजनीतिक दलहरूले असल संस्कार र संस्कृतिको विकास गर्न नसकेको, दलको निकटमा रहेर पत्रकारिता गर्दा आफ्नो दलले गरेका गल्तीहरू नदेख्ने, देखेमा लेख्न नसक्ने र लेखेमा त्यसरी नलेख्न भन्दै आउने दबाब थेग्न नसक्ने स्थिति हुने हुँदा सही अर्थमा पत्रकारिता गर्ने पत्रकार स्वतन्त्र हुनु पर्ने खाँचो औंल्याउनु भयो । उहाँले स्वतन्त्र पत्रकार संघले देशका २५ जिल्लामा शाखा विस्तार भएको र यही चैत महिना भित्र रामेछापमा नयाँ शाखा थपिने जानकारी दिनु भयो । स्वतन्त्रमा अवद्ध पत्रकारहरूले समाजमा स्वच्छ पत्रकारिताको छाप छोड्न सक्नु पर्छ र त्यो सफलता आजको दिनले दिन सकोस् भन्ने विश्वास व्यक्त गर्दै सदस्यहरूको पेशागत सुरक्षाका लागि जस्तै कठोर कदम चाल्न पर्ने अवस्था आएपनि आफूहरू पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा  सम्मानित व्यक्तित्व वरिष्ट पत्रकार बासुदेव श्रेष्ठले आफ्नो पेशागत कर्तव्य के हो ? भन्ने पत्रकारलाई थाहा छ, म स्वतन्त्रताको परिपालना र अनुगमनका साथ निरन्तरताका लागि शुभमकामना व्यक्त गर्दछु भन्नुभयो ।  

यसैगरी, अर्का सम्मानित व्यक्तित्व वरिष्ट पत्रकार निरज गौतमले स्वतन्त्र पत्रकार नामले नै गौरवान्वित बनाउने बताउँदै यो कार्यक्रमले पत्रकारितामा नौलोपनको बोध भएको अनुभव व्यक्त गर्नु भयो । उहाँले शुरुका दिनमा पत्रकारितामा स्वतन्त्र रुपमा नै प्रबेश गरेपनि विस्तारै राजनीतिक भुमरीमा पर्ने भन्दै पत्रकारिताको सत्कर्मलाई थप उचाई दिन स्वतन्त्र पत्रकार संघमा आबद्ध भएको उल्लेख गर्नु भयो । उहाँले अबको आफ्नो जीवन स्वतन्त्र पत्रकारिताको वकालतमा खर्चिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै, बरिष्ट सञ्चारकर्मी कमल बिके निर्मोहीले पत्रकारिताको आत्मसन्तुष्टीका लागि स्वतन्त्र पत्रकारिता आवश्यक रहेको औंल्याउनु भयो । पत्रकार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको स्मरण गर्दैै उहाँले अबको यात्रा स्वतन्त्र पत्रकारिताको विकास र विस्तारका लागि हुने प्रतिबद्धता जनाउनु भयो । 

उक्त कार्यक्रममा गैसस महासंघ बाँकेका पूर्वअध्यक्ष तेज विक्रम शाहले निराशायुक्त समाजलाई मुक्त गर्न स्वतन्त्र पत्रकारिताको खाँचो रहेको भन्दै त्यस्तो भूमिकाका लागि अपिल गर्दछु भन्नुभयो । हरि–जमुना स्वतन्त्र पत्रकारिता कोषकी संस्थापक माधवी शाहले बाँकेमा स्वतन्त्र पत्रकारहरूले खेलेको भूमिकाले आफूलाई उत्साहित बनाएको हुँदा वुवा– आमाका लागि केही गर्ने सोच रहेको हुँदा यो सानो काम गरेको बताउनु भयो । 

स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बाँके शाखाका सदस्य खेम बिष्टले र सञ्चालन सदस्य हेमराज भट्टले गर्नु भएको थियो । 

दुई वरिष्ट पत्रकारहरू सम्मानित–

यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको तेश्रो अधिवेशनको पावन अवसरमा दुई जना वरिष्ट पत्रकार बासुदेव श्रेष्ठ र निरज गौतम सम्मानित हुनुभएको छ । उहाँहरू दुवै विगत तीन दशकदेखि यस जिल्लाको पत्रकारितामा क्रियाशील रहदै आउनु भएको छ ।

वरिष्ट पत्रकार श्रेष्ठलाई हरि जमुना स्वतन्त्र पत्रकारिता पुरस्कार नगद राशी पाँच हजार एक सय एकाउन्न सहित सम्मान गरिएको हो । सो पुरस्कार समाजसेवी माधवी शाहले आफ्ना स्व. माता–पिताको सम्झनामा स्वतन्त्र पत्रकार संघको संरक्षकत्वमा स्थापना गर्नु भएको हो । 

त्यसैगरी, वरिष्ठ पत्रकार गौतमलाई ‘पत्रकारिता बिशेष सम्मान’ प्रदान गरिएको छ । संघको बाँके शाखाले जिल्ला अधिवेशनका अवसरमा पत्रकारलाई सम्मान गर्ने कार्यको थालनी दोस्रो जिल्ला अधिवेशन देखि थालेको हो । 

सम्मानित पत्रकार द्वयलाई कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार एवम् निवर्तमानमहासचिव नवराज पहाडी र कोषकी संस्थापक माधवी शाह र स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले टीका, दोसल्ला, सम्मान पत्र र नगदको चेकसहित सम्मान गर्नु भएको हो । 

स्मरणीय छ, संघले दोस्रो जिल्ला अधिवेशनका अवसरमा वरिष्ट पत्रकार पन्नालाल गुप्ता, पूर्णलाल चुके र हेमन्त कर्माचार्यलाई सम्मान गरिएको थियो ।

स्वतन्त्रमा आवद्ध पत्रकारहरूलाई स्वागत–

‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने नाराका साथ आयोजित जिल्ला अधिवेशनमा जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका वरिष्ठ पत्रकारहरूलाई स्वतन्त्र पत्रकार संघ नेपालमा स्वागत गरिएको छ । उहाँहरूले स्वतन्त्र पत्रकार संघ नेपालको सदस्यता ग्र्रहण गर्नु भएपछि स्वागत गरिएको हो । स्वतन्त्र पत्रकार संघमा अवद्ध हुनेहरूमा वरिष्ट पत्रकार निरज गौतम, वरिष्ट सञ्चारकर्मी कमल बिके निर्मोही, क्रियाशील पत्रकारहरू वीरेन्द्र जैसी (विपी अस्तु), डिल्लीरमण वली, निशु जोशी, प्रशान्त केसी, जनक थापा, बब्लु शेष लगायत हुनुहुन्छ । उहाँहरूलाई कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका राष्टिय सल्लाहकार एवम् निवर्तमान महासचिव नवराज पहाडी र बाँके शाखाका अध्यक्ष नमस्कार शाहले अविर र खादा लगाएर स्वागत गर्नु भएको हो । उहाँहरूलाई उचित स्थान र सम्मान दिदै उहाँहरूको बौद्धिकताको कदर गर्ने पहाडीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

नयाँ कार्यसमिति चयन : अध्यक्षमा शाहको ह्याट्रिक

स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको तेश्रो अधिवेशनले नमस्कार शाहलाई पुनः अध्यक्षमा चयन गर्दै १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यसरी चयन भएको समितिको उपाध्यक्षमा मन भण्डारी, सचिव वीरेन्द्र जैसी, कोषाध्यक्षमा मुना बिष्ट र सहसचिवमा शोभा थापामगरलाई चयन गरेको छ । त्यसैगरी समितिको सदस्यहरूमा क्रमशः हेमराज भट्ट, डिल्ली रमण वली, प्रसान्त केसी, जनक थापा, खेम बिष्ट, बब्लु शेष, लोक बहादुर घर्ती र तपेन्द्र मलाती चयन हुनुभएको छ ।

संघको राष्ट्रिय पार्षदमा निरज गौतम, कमल बिके निर्मोही, रमेश सिटौला, दिला शाह, बाधवी शाह र शम्भु शाही चयन हुनुभएको छ ।

निर्वाचित पदाधिकारी तथा पार्षदहरूको घोषणा तथा बधाई ज्ञापन कार्यक्रमका प्रमुख अतिथि पहाडीले गर्नु भएको थियो ।

सो अवसरमा बाँकै शाखाका संस्थापक एवम् राष्ट्रिय पार्षद रमेश सिटौलाले नवराज पहाडीलाई अवको राष्ट्रिय अध्यक्ष बनाउन बाँके शाखा घोषणाका साथ प्रतिवद्धता व्यक्त गर्दछ भन्नुभएको थियो ।

स्मरणीय छ, बाँकेमा २०६९ सालमा गठन भई क्रियाशील रहेको स्वतन्त्र पत्रकार समाज पछि स्वतन्त्र पत्रकार संघ नेपालमा गाभिएर थप क्रियाशील हुँदै आएको हो । 

No comments:

Post a Comment