श्रीराम मन्दिरमा निःशुल्क महिला स्वास्थ शिक्षा एवम् परीक्षण - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, April 6, 2021

श्रीराम मन्दिरमा निःशुल्क महिला स्वास्थ शिक्षा एवम् परीक्षण

विष्णुकुमार श्रेष्ठ/ब्युरो प्रमुख अन्तरङ्ग

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ७ मा रहेको श्रीराम मन्दिरको हलमा निःशुल्क महिला स्वास्थ परीक्षण सञ्चालन गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत डा. रोजिना श्रेष्ठले सो कार्य चैत २४ गते गर्नु भएको हो । 

डा. श्रेष्ठले श्रीराम मन्दिरमा दैनिक योग गर्न आउने २० जनालाई थाइराइडका बारेमा सचेतना जागृत गर्ने काम गर्नुका साथै थाइराइड र महिला स्वास्थ सम्बन्धि जानकारी दिनु भएको थियो । उहाँका अनुसार सो अवसरमा सबै सहभागीको ब्लड प्रेसरको जाँच गर्नु भएको सुन्दरबजार नगरपालिका– ७ का वडासदस्य आनन्दराज श्रेष्ठले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘यस्तो सचेतना तथा परीक्षण कार्य केही महिनाको अन्तरालमा नियमित गर्ने योजना रहेको छ ।’

No comments:

Post a Comment