भव्य र सभ्य रह्यो पल्लवको साहित्यिक ‘कुम्भमेला’ : दश स्रष्टा सम्मानित, दश कृतिको विमोचनका साथ रचना वाचन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, April 6, 2021

भव्य र सभ्य रह्यो पल्लवको साहित्यिक ‘कुम्भमेला’ : दश स्रष्टा सम्मानित, दश कृतिको विमोचनका साथ रचना वाचन

नवराज पहाडी/अन्तरङ्ग

नारायणगढ– पल्लव साहित्य पल्लव नारायणगढ चितवनद्वारा स्रष्टा सम्मान, पुस्तक विमोचन तथा रचनावाचन कार्यक्रम सम्पन्न भयो । मेचीदेखि महाकालीसम्मका साहित्यकारको जमघटमा ‘कुम्भमेला’ नवलपुरको गैैंडाकोट स्थित नारायणी रिसोर्टमा चैत २१ गते गरिएको हो  ।

सरस्वतीको तस्विरमा माल्यार्पण गरि उदघाटन गरिएको उक्त ‘कुम्भमेला’का प्रमुख अतिथि डा. नारायणप्रसाद गैह्रे हुनुहुन्थ्यो । कविता, मुक्तकले समेत यथेष्ठ स्थान पाएको उक्त कार्यक्रम प्रायः ‘गजल  विशेष’ त होइन ? भन्ने भान हुन्थ्यो । आफ्नो उदघाटन मन्तव्यमा गैह्रेले प्रज्ञाले निकालेको जगल घोषणापत्र प्रष्ट र गजलकारका लागि उर्जा दिनेस्तरको नभएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाँले नेपाली भाषीहरू नेपालमा भन्दा बाहिर धेरै संख्या रहने भएको हुँदा उनीहरूलाई हेरेर लेख्न स्रष्टाहरू सुझाउन भएको थियो । उहाँले आफूले पनि शुरुका वर्षमा गुणस्तरमा भन्दा संख्यामा ध्यान दिएँ तर गुणस्तर मुख्य रहेछ भन्नुभयो । शिक्षक मैन र साहित्यकार मैनवत्ती भएको बताउँदै उहाँले साहित्यकार फलेको रुख हो, उसमा बढी हुरीबतास लाग्ने, झटारो, ढुंगा भेट्खम साहित्यकारहरू बिचलित हुनुहुँदैन भन्ने उल्लेख गर्नु भयो । गैह्रेले यो कार्यक्रम र सम्मानले आफूलाई थप कर्तव्यनिष्ट र जिम्मेवार बनाएको बताउनु भयो । 

उक्त अवसरमा बिभिन्न स्रष्टा कविवरको कृति बिमोचन गरिनुका साथै दश जना स्रष्टाहरूलाई विभिन्न पुरस्कारद्वारा सम्मान गरियो।

साथै; उक्त अवसरमा स्रष्टाहरूले कविता वाचन गर्ने क्रममा मुर्धन्य साहित्यकार कृष्ण शरण उपाध्याय,  शिव त्रिपाठी  धनराज गिरी– लगायतले गर्नु भएको थियो । अग्रज उक्त अवसरमा वरिष्ठ साहित्यकारहरू केशवराज आमोेदी, युसुफदीन मियाँ, कलानिधि दाहाल, ममता मृदुल, धनराज गिरि, बिर्खे अञ्जान, र्यापर पोएट, छविरमण ओली, आचार्य शेषराज, रामराजा तिमिल्सिना, पुष्प अधिकारी  अञ्जली, शान्ति अधिकारी पोख्रेल, राजेन्द्र पौडेल, लकास पौडेल, डी.आर. पोख्रेल, नवराज पहाडी, अम्विका कार्की, धनबहादुर राना, लीला राना, लोकनाथ खराल, गजेन्द्र गजेन्द्रप्रसाद अवस्थी गौरव, रसज्ञ छहरा, रामबाबू पोख्रेल, लक्ष्मीअच्युत ढुङ्गाना, मीना लामिछाने, परिवारका अन्य सदस्यहरू,  सदानन्द अभागी एवं अधिराज्यका विभिन्न ठाउँबाट आउनु भएका साहित्यकार, अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियोे  ।

सम्मान कार्यक्रम अन्तर्गत– रामबाबु घिमिरे–निबन्धकार, आख्यानकार, चितवन– पल्लव राष्ट्रिय सम्मान । कलानिधि दाहाल– युसुफदीन खलिफा– पल्लव साहित्य पुरस्कार काठमाडौं, हरिभक्त सिग्देल (महेश)– मीनारत्न– पल्लव साहित्य सम्मान काठमाडौं, शङ्कर सुवेदी–छन्दकाव्यकार– बोधनाथ– यामकुमारी– पल्लव राष्ट्रिय सम्मान, माधव ब. पोख्रेल, हेटौंडा बालक शेषनाथ लामिछाने– पल्लव राष्ट्रिय सम्मान, ममता मृदुल– केदारनाथ गुणकुमारी रिजाल– पल्लव राष्ट्रिय सम्मान, रामशरण न्यौपाने, चाँगुनारायण, भक्तपुर– मीनारत्न साहित्य पुरस्कार एवं पल्लव राष्ट्रिय सम्मान, पूर्णबहादुर साउद, अछाम–केदारनाथ गुणकुमारी, रोमकुमारी, स्मृति पुरस्कार एवं पल्लव राष्ट्रिय सम्मान, छिरिङ सेर्पा अविरल–युसफदीन सलिमा पुरस्कार एवं पल्लव राष्ट्रिय सम्मान, मञ्जु दाहाल, हेटौंडा– काजीमान नन्दकुमारी श्रेष्ठ पुरस्कार तथा पल्लव साहित्य सम्मान अर्पण गरिनुका साथै पल्लव साहित्य पल्लवको सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो  ।

सो अवसरमा रचनावाचनको सौभाग्य पाउनुहरूमा शिव त्रिपाठी– गजल दुरुस्तै– भुजङ्गप्रयात, सृजना खनाल– वीर– पञ्चचामर, रामराजा तिमिल्सिना– जीवन– चम्पकमाला, सरु ज्ञवाली– गजल दिक्पाल, बिर्खे अञ्जान– थोरै मन्तव्व र प्रेमको बकपत्र गद्यकविता, मेनुका चापागाईं–दायित्व कविता भुजङ्गप्रयात, छविकिरण ओली दाङ– म देशको सपुत्र, पञ्चचामर, खोलाघरे साहिंलो इलाम– गजल भुजङ्गप्रयात छन्द वाचन गर्नु भयो । 

त्यसरी नै, शान्ति अधिकारी पोख्रेल– स्वतन्त्र गजल, (सिएपछि, पिएपछि, अल्झिएपछि, लिएपछि, च्यातिएपछि, लिएपछि), मीरा ज्ञवाली आस्था कविता, मान्छे बनौ है सब– शार्दूलविक्रीडित, विनोद खत्री आकाश– गद्यकविता, सावित्री गिरि पोखरा– मायाँ त कति हो तिमीले दिएको कति, पीरतीबाट शुरु – गजल सक्छौ भने केही पल लिएर आउनु, मलमल, हलचल, गजल, कमल आफू गजल, मञ्जुश्री गिरि– ‘गजल म तिम्रो शहरमा छु नदेखोस कसैले– अखवारहरूमा नलेखोस् कसैले, नछेकोस् कसैले,  गद्यकविता– ‘म मान्छे  होइन, आइमाई, ‘तेल हालें बाती हालें सलाई खोज्दैछु म ... एकान्तमा जलाई दीयो मलाई खोज्दैछु म मुक्तक । गंगा अभिलाषी– गीत, ईश्वरी ओझा– ‘प्रतिज्ञा नौजवनको’– अनुष्टुप् छन्द, लक्ष्मी रायमाझी– मुक्तकहरू ४ वटा, अम्बिका खरेल उप्रेती– २ वटा मुक्तक, रमेन्द्रमुनी कोइराला, सुन्सरी– गजल भुजङ्गप्रयात, ... कविता ‘मिलाउनु पर्छ, ‘डमरूबल्लभ भण्डारी, ‘मेरो कलम रोकिदैन’ गद्य कविता, लक्ष्मी अच्युत ढुङ्गाना, झापा– कविता ‘ढुङ्गो’, राधा सुवेदी, सुन्सरी–मुक्तक एउटा र गजल– (लुकमा आउनु पर्छ, फेसबुकमा, टाइसूटमा, प्यारासूटमा, जुटमा, झूटमा) सुमित्रा सुमी कविता–मन्दाक्रान्ता छन्दमा, कृष्णशरण उपाध्याय–  कविता स्वागता छन्दमा, धनराज गिरिबाट सुन्दर गजल गायन गरिएको थियो । 

उक्त अवसरमा सम्मानित हुनुहुने व्यक्तित्वहरूमा– रामबाबु घिमिरे रत्ननगर, चितवन,– बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान, कलानिधी दाहाल,काठमाडौँ, युसुफदिन–हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान, हरिभक्त सिग्देल ‘महेश’ काठमाडौँ, – मीना–रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान, शङ्कर सुवेदी, काठमाडौँ – बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान, माधवबहादुर पोखरेल, हेटौँडा, मकवानपुर, शेषनाथ लामिछाने स्मृति बाल साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान हुनुहुन्छ । 

यसैगरी, ममता मृदुल विराटनगर म.न.पा.– ३, मोरङ– केदारनाथ रिजाल, गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान, रामशरण न्यौपाने चाँगुनारायण– ३, भक्तपुर– मीना–रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान, पूर्णबहादुर साउद ‘शिरीष’, हिच्मा– १, अछाम– केदारनाथ रिजाल, गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय, साहित्य सम्मान, डोमे छिरिङ शेर्पा ‘अविरल’, टोखा नगरपालिका, धापासी, काठमाडौ, युसुफदिन–हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान, मञ्जु दाहाल खराल, हेटौँडा– १० मकवानपुर– काजीमान तथा नन्दकुमारी÷ शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान समर्पण गरिएको हो । 

सोही समारोहमा लोकार्पण भएका कृतिहरूमा छिरिङ शेर्पा ‘अविरल’ अविरल वर्षा (गजलसङ्ग्रह २०७६), गोर्खे साइँलोसहित सम्पा. राष्ट्रिय बहरमाला (सङ्युक्त गजल गजलसङ्ग्रह २०७६), रश्मी भट्ट पातालको गर्तमा (छन्द कवितासङ्ग्रह २०७७), केशवराज आमोदी आँखामा युगबिम्ब काव्यत्रयी (खण्डकाव्य, २०७७), विमला पोख्रेल व्यथा र विमलता (छन्द कवितासङ्ग्रह, २०७७), भानुभक्त कुवेन्डेली काँडाभित्रको यात्रा (उपन्यास, २०७७)का साथमा केशवराज आमोदी आँखामा युगबिम्ब काव्यत्रयी (खण्डकाव्य, २०७७), पल्लव साहित्यिक विविध पत्रिकाको २५औँ(रजत) अङ्क आदि छन् ।

उक्त अवसरमा केही सर्जकका कृतिहरू विमोचन तथा दश जना स्रष्टाहरूलाई विभिन्न शिर्षकका पुरस्कारहरूका साथमा पल्लव राष्ट्रिय साहित्य सम्मान गरिएको थियो । उक्त अवसरमा आजीवन मानार्थ र विशेष सदस्यताका प्रमाणपत्रहरू वितरण र अतिथि काव्य गोष्ठी अति सभ्य र भव्य रूपमा सम्पन्न भयो । 

उक्त कार्यक्रममा मेची, महाकालीका साहित्यका मर्मज्ञहरूको जमघट रह्यो । सो अवसरमा चितवन तथा नवलपुरका अतिरिक्त झापा, मोरङ, सुनसरी, रौतहट, मकवानपुर, काभ्रे, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, धादिङ, गोरखा, लमजुङ, तनहूँ, कास्की(पोखरा), नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकम, दाङ, सल्यान, बाँकेबाट १६० भन्दा बढी विज्ञ र दिग्गज स्रष्टाहरूको सहभागिता थियो ।

पल्लव साहित्य पल्लवका अध्यक्ष तथा सभाध्यक्ष गोर्खे साहिंलोले सरसपूर्ण मन्तव्यका साथ सधन्यवाद व्यक्त गर्दै समापनको घोषणा गर्नुभएको थियो । साहित्यकार रामहरि शर्मा ‘शराह’ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन रेडियो कर्मीसमेत रहनु भएकी साहित्यकार रुकुमेली चेली सिर्जना शर्मा गौतमले शिष्ट, सभ्य एवम् शालीन शैलीमा गर्नुभएको थियो ।

No comments:

Post a Comment