काजी बस्नेत
बेसीशहर– बेसीशहर नगरपालिका– २ साबिक गाउँशहर ७ र ८को संयुक्त मरनघाट मर्स्याङ्दी नदी किनारसम्म जाने मोटरबाटो निर्माण भएको छ । लामो समयको प्रतिक्षापछि उक्त सडक निर्माण कार्य गरिएको हो ।
निकै लामो समयदेखि मरनघाटसम्म मोटर बाटो बनाउन पहल भइरहेको तर सहमती जुट्न नसकेर पछि परेको सो बाटो निर्माणमा पछिल्लो पटक सहमति जुटेको हुनाले ट्रयाक खोल्न सफल भएको वाटो निर्माण समितिका अध्यक्ष राजाराम थापाले बताउनुभयो । उहाँका अनुसार पहिला बाटोनै साँघुरो उफडबाफड र घुम्ति अनि भिरालो खोला खोल्सा भएकोले वर्षा याममा होस या अरु समयमा पनि लास लिएर जान निकै सास्ति हुन्थ्यो ।
अन्य विषयवस्तुले पहुँच पुगे पनि मरनघाटको बाटो मोटरेवल नहुँदा पछाडि परेको थियो । सो घाटका भकुण्डे, धुवीचौर, जफती, डाँडाथोक मनकामना टोल, गैरी कुनाखेत, हटिया तथा नरुवाल पाखाथोक बासीहरूको समेत संयुक्तघाट हो ।
उक्त बाटोमा मोटर जाने सुविधा युक्त भएपछि आगामी दिनमा ठूलै राहात हुने स्थानीयबासीको विश्वास छ । उक्त सडकको आसपासका जग्गाहरूमा खेतीपाति र कामकाज गर्नका लागि सहज हुने भएको उक्त सडक निर्माण समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । ।

No comments:
Post a Comment