नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्रका अध्यक्ष र उपाध्यक्ष विजयी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, April 11, 2021

नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्रका अध्यक्ष र उपाध्यक्ष विजयी

अन्तरङ्ग संवाददाता

झापा– नेपाल पत्रकार महासंघ झापा जिल्ला शाखाको २६औं अधिवशेनका क्रममा भएको निर्वाचनमा अध्यक्ष पदमा स्वतन्त्रका एकराज गिरी र उपाध्यक्षमा पनि स्वतन्त्रकै केशव भट्टराई निर्वाचित हुनु भएको छ । सो निर्वाचनमा २५६ मत खसेको थियो ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १ सय ५५ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा गिरी अर्थात स्वतन्त्रका केशब भट्टराईले १ सय ३१ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । 

सो निर्वाचनमा प्रधानमन्त्री केपी ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेद्वार विशाल नेम्माङले ७४ मत तथा माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेम्वाङ प्यानलबाट उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गर्नुभयो । त्यस्तै, महिला उपाध्यक्षमा गिरी प्यानलकी सुशीला संग्रौलाले १ सय ४० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । सो पदमा नेम्वाङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १ सय ७ मत प्राप्त गर्नुभयो । यसैगरी, सचिवमा गिरी प्यानलका डिकेश लामाले १ सय २८ मत प्राप्त गरी विजयी हुनुभएएको छ भने सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत पाउनु भयो । सो पदका अर्का प्रत्यासी प्रेमकुमार आचार्यले २५ मत प्राप्त गर्नुभयो ।

खुल्ला सह–सचिव पदमा गिरी प्यानलका राजु पाठक १ सय ५५ मत सहित निर्वाचित हुनुभयो । सो पदमा नेम्वाङ प्यानलका बिनोद सापकोटाले ९२ मत मात्रै प्राप्त गर्नुभएको छ । समावेसी सह–सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १ सय ७२ मत ल्याई बिजयी हुनुभएको छ । यसपटकको निर्वाचनमा सर्वाधिक अर्थात पपुलर मत ल्यबाउनेमा उहाँनै हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्व नेम्वाङ प्यानलका देशराज नेम्माङले ७३ मत मात्रै पाउनु भएको छ । कोषाध्यक्षमा गिरी प्यानलका रञ्जीत प्रसाईं १ सय ३३ मतका साथ विजयी हुनुभएको छ भने नेम्वाङ प्यानलका रमेश तिवारीले १ सय १५ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, सदस्यहरूमा समेत अधिकांश गिरी प्यानलबाट निर्वाचित हुन सफल बन्नु भएको छ । गिरी प्यानलकी मनिषा चौलागाईँले सर्वाधिक १ सय ५१ मत, विनोद पाण्डे कमलले १ सय ४७ मत, चिरञ्जिवी घिमिरे १ सय ३३, सुष्मा राजवंशी १ सय ३३, होमप्रकाश अधिकारी १ सय २२, द्रोण अधिकारी १ सय ७ मतका साथ विजयी हुनुभएको छ । सदस्य पदमा नेम्वाङ प्यानलका सुनिरा मैनाली १ सय २१ मत, अच्युतराज सुवेदी १ सय ७, अनिल वाग्ले १ सय ५ मतका साथ विजयी भएका छन् । पराजित उम्मेद्वार डम्वर बराल १ सय ४, तिलक तामाङ्ग योञ्जन १ सय १, विष्णुप्रसाद पौडेल, शिशिर चौलागाईँ ९३÷९३, सुदिप अधिकारी र्सजन घिमिरे ८५ मत, रामप्रसाद निरोला ७४, देविप्रसाद गौतम ६४, भुमिराज पराजुली ६० र जसोदा राजवंशी ३२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार आदिवासी तथा जनजाति सदस्यमा नेम्वाङ प्यानलका राजन साम्पाङ १ सय २४ मत र दलिततर्फको सदस्यका लागि गिरी पक्षका रणजित परियार १ सय ४० मतका साथ विजयी हुनुभएको छ । सो पदमा क्रमशः पराजित सदस्यमा सेसेहाङ्गले १ सय ९ मत र परियारका प्रतिस्पर्धी माधव पक्षका किशोर उपरकोटीले ९८ मतमात्र ल्याउन सफल हुनु भयो ।

यसैगरी, उक्त निर्वाचनमा भएको केन्द्रीय परिषद सदस्यमा गिरी पक्षका ज्ञानेन्द्र निरौला १ सय ६५ र गिरी पक्षका कृष्ण हुमागाईँ १ सय ४१ मतका साथ विजयी हुनुभएको छ । त्यसैगरी, नेम्बाङ पक्षका गोपाल काफ्ले १ सय ६९ मत प्राप्त गदैं विजयी हुनुभयो । सोहि पक्षका पराजत उम्मेदवार चेतन अधिकारीेले १ सय २६ मत प्राप्त गर्नुभयो । 

सम्पन्न निर्वाचनमा गिरी पक्षबाट प्रेस युनियन र माओवादी निकटको प्रेस संगठनसँग मिलेमतो गरिएको थियो । जिल्लामा पत्रकारको नयाँ नेतृत्व चयनका लागि विर्तामोडमा गरिएको मतदानमा शाखामा रहेका कुल २ सय ६३ सदस्य मध्ये २ सय ५६ जना पत्रकारले मतदान गरेको जानकारीमा आएको छ । सो मतदान चैत २५ गते भएको हो । 



No comments:

Post a Comment