पोखरा । कास्कीको रूपा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगताको उपाधि कालिका माध्यमिक विद्यालय, स्यास्त्रीले जितेको छ ।
शनिबार सम्पन्न
प्रतियोगितामा कालिकाले ५ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित उपाधि कब्जा गरेको हो ।
कालिकाले छात्रा भलिबल, छात्रा त्रिपल जम्प, १००, २०० र ४०० मिटर छात्रा दौडमा
स्वर्ण पदक जितेको थियो । प्रतियोगितामा शिवालय माध्यमिक विद्यालय, थुम्कीले ३ स्वर्ण,
३ रजत र ३ कास्य पदकसहित दोस्रो स्थान हात पारेको छ । शिवालयले छात्रा रिले दौड,
४०० मिटर छात्र दौड र छात्र त्रिपल जम्पमा
स्वर्ण पदक जितेको थियो ।
त्यसै गरी, तेस्रो स्थान जटेश्व मावि, बाह्रपिर्केले हासिल गरेको छ । उसले ३ स्वर्ण, ३ रजत र १ कास्यसहित तेस्रो स्थान प्राप्त गरेको हो । स्मरण रहोस्- पहिलो, दोस्रो र तेस्रो हुने ३ ओटै विद्यालय साविकको थुम्की गाविसका हुन् ।
सो अवसरमा आयोजित छात्र
भलिबलको उपाधि भने रूपाज्योति माविले जितेको छ । साविकको रनिङ शिल्ड विजेता विश्वशान्ति
माविले भलिबलमा दोस्रो स्थान हासिल गर्यो । प्रतियोगितमा रूपाज्योतिका प्रीतम गुरुङ
उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
जम्मा १८ स्वर्णका लागि रूपा गाउँपालिकाभित्रका १० ओटा माध्यमिक विद्यालयहरूले भाग लिएका थिए । प्रतियोगिताका विजेताहरूलाई गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानालगायतले नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
अध्यक्ष ओझाले पुरस्कृत विद्यार्थीहरूलाई बधाई दिँदै खेल क्षेत्रको विकासका लागि विद्यालयहरूले थप पहल गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने कास्कीको पहिलो स्थानीय तह रूपा भएको भन्दै उनले जिल्ला स्तरमा पनि रूपाका खेलाडीहरूले प्रभावकारी खेल खेल्ने विश्वास व्यक्त गरे ।
सामाजिक विकास समितिका संयोजक रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलको सञ्चालन र गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङको स्वागतमा भएको थियो ।
पदक तालिकाः

No comments:
Post a Comment