अन्तरङ्ग संवाददाता
लमजुङ– स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार एवम् निवर्तमान महासचिव नवराज पहाडीले दलीय छायामुक्त पत्रकारिता स्वतन्त्र पत्रकार संघको अभिभारा भएको बताउनु भएको छ । उहाँले संघको लमजुङ जिल्ला शाखाको पाँचौ जिल्ला अधिवेशनको उघाटन गर्दै चैत १९ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले नेपालमा राजनीतिक दलले आम जन अपेक्षा अनुसार राम्रो संस्कार संस्कृतिको जग बसाउन र विकास गर्न नसकेका कारण पत्रकारिता पनि त्यसबाट प्रभावित भएको बताउनु भयो । उहाँले त्यस्ता दलको छायाबाट मुक्त पत्रकारिताका लागि स्वतन्त्र पत्रकार संघको आवश्यकता रहेको र दलीय छात्राबाट पत्रकारितालाई मुक्त गर्नु स्वतन्त्रको अभिभारा भएको औल्याउनु भयो । उहाँले भन्नुभयो, ‘दलहरूको छत्रछायामा गरिने पत्रकारितामा आफू निकटको दलको गल्ती नदेख्ने, देख्दा पनि लेख्न नसक्ने र लेखी हालेमा त्यसबाट उत्पन्न हुने दबाब थेग्न नसक्ने भएको अनुभव सुनाउँदै स्वतन्त्र पत्रकारले मात्र सत्य तथ्यमा आधारित पत्रकारिताका गर्न सक्छन् ।’
उक्त कार्यक्रममा संघका निवर्तमान राष्ट्रिय सदस्य सुशील विक, राष्ट्रिय पार्षद चन्द्रकान्त पौडेल, प्रदेश पार्षद शर्मिला अधिकारी, जिल्ला सदस्यहरू खुशीमाया गुरुङ, प्रमोद अधिकारी, सिर्जना मौरती लगायतले शुभकामना सहित आ– आफ्ना धारणा राख्नु भएको थियो ।
संघका जिल्ला अध्यक्ष कुमारी तामाङको अध्यक्षतामा भएको अधिवेशनमा सचिव कुमार पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सीमादेवी ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएका थियो । कार्र्यक्रममा उपाध्यक्ष बेलबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उदघाटनपछि भएको निर्वाचन सत्रमा खुशीमाया गुरुङ निर्विरोध अध्यक्ष चयन हुनु भएको छ । रेडियो चौतारीबाट पत्रकारिता शुरु गर्नु भएकी गुरुङ लमजुङ रत्न साप्ताहिकको वरिष्ठ संवाददाता हुनुका साथै रेडियो मस्र्याङ्दीमा गुरुङ समाचार लेखन र वाचन गर्नु हुन्छ ।
यसैगरी, समितिको उपाध्यक्षमा संघको संस्थापक जिल्ला उपाध्यक्ष बेलबहादुर थापा पुनः चयन हुनु भएको छ । त्यस्तै, सचिव प्रमोद अधिकारी चयन हुनु भएको छ । कोषाध्ष्गमा स्वतन्त्र शक्तिका संवाददाता वासुदेव सेढाईँ निर्वाचित हुनुभएको छ । सदस्यहरूमा अञ्जना पौडेल, नरमाया शाही र सृजना मौरती चयन भएको जानकारीमा आएको छ ।
अधिवेशनले संघका निवर्तमान राष्ट्रिय सदस्य सुशील विकको संयोजकत्व ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यमा कुमारी तामाङ, रुद्रनिधि तिवारी, तीर्थराज पराजुली र डम्बर आले रहनु भएको छ ।
त्यसैगरी, प्रदेश पार्षदमा निवर्तमान सचिव कुमार पौडेल, विष्णुकुमार श्रेष्ठ, चन्द्र मिश्र, सूर्यबहादुर विक र काजी बस्नेत चयन हुनु भएको छ ।
राष्ट्रिय पार्षदमा चयन हुनेहरूमा निवर्तमान महासचिव नवराज पहाडी, पूर्वजिल्ला अध्यक्षद्वय कृष्ण आले र चन्द्रकान्त पौडेल, सीमादेवी ढकाल र शर्मिला अधिकारी हुनुहुन्छ ।


No comments:
Post a Comment