पत्रकार महासंघ निर्वाचन : स्वतन्त्रका पौडेल र शर्मा केन्द्रीय सदस्यका प्रत्यासी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, March 30, 2021

पत्रकार महासंघ निर्वाचन : स्वतन्त्रका पौडेल र शर्मा केन्द्रीय सदस्यका प्रत्यासी

अन्तरङ्ग संवाददाता

पोखरा– नेपाल पत्रकार महासंघको निर्वाचन सरगर्मी शुरु भएको छ । यही चैत २५ गते हुने मतदानले पत्रकारका नेताहरूको चयन हुने भएको छ । त्यसका लागि पाँच जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र पत्रकार संघ नेपालका दुई जना सदस्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । लमजुङ शाखाका निवर्तमान अध्यक्ष चन्द्रकान्त पौडेल र संघको दाङ शाखाका संस्थापक सदस्य एवम् राष्ट्रिय पार्षद वंशीकुमार शर्माले उम्मेदवारी दिनु भएको हो ।


  महासंघलाई दलीयताको संकीर्ण घेराभन्दा बाहिर राख्नु पर्छ भन्ने आवाज पनि मुखरित हुन थालेका छन् ।‘‘दलीय सिण्डिकेन्टका विरुद्ध’ भन्दै गजेन्द्र बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । उहाँलाई स्वतन्त्र पत्रकार संघ नेपालले समर्थन  गर्न सक्ने आधार तय भएका छन् । दुई पक्षका बीचमा पहिलो चरणको वार्ता भएको र दोस्रो चरणमा निष्कर्ष निष्कने स्वतन्त्र पत्रकार संघका निवर्तमान महासचिव नवराज पहाडीले बताउनु भएको छ । 

यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपालका दुई जना सदस्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । लमजुङ शाखाका निवर्तमान अध्यक्ष चन्द्रकान्त पौडेलले अपाङ्गतातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । यसैगरी, संघको दाङ शाखाका संस्थापक सदस्य एवम् राष्ट्रिय पार्षद वंशीकुमार शर्माले खुल्ला तर्फको सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । 

लमजुङ कर्मथलो भएका पौडेल २०५८ सालदेखि पत्रकारितामा लाग्नु भएको हो । लमजुङमा जेलको कष्टपूर्ण अनुभव गर्ने दुई जनमा मात्र पत्रकारमा पौडेल एक हुनुहुन्छ ।  उहाँ लमजुङमा अपाङ्गताका क्षेत्रमा काम गर्ने क्रियाशील एकमात्र गैसस अपाङ्ग संरक्षण समाजको संस्थापक अध्यक्ष(२०६३)  देखि हालसम्म हुनुका साथै अपाङ्ग महासंघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।  लमजुङको जेठो पत्रिका अन्तरङ्गबाट पत्रकारिताको यात्रा शुरु गर्नु भएका पौडेल आजमा मितिसम्म सोही साप्ताहिकमा कार्यरत हुनुहुन्छ । स्वतन्त्र पत्रकार संघको राष्ट्रि पार्षद समेत रहनु भएका पौडेल संवाददाता, वरिष्ठ संवाददाता हुँदै हाल उक्त साप्ताहिकको सहसम्पादक हुनुहुन्छ । अन्तरङ्ग स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार एवम् निवर्तमान महासचिव नवराज पहाडीको सम्पादनमा प्रकाशन हुँदै आएको छ । 

यसैगरी, दाङ कर्मथलो हुनुभएका शर्माले १६ वर्ष अघि सीमारेखाबाट पत्रकारिता शुरु गर्नु भएको हो । उहाँले आफ्नै जिल्लामा विगत ११ वर्षदेखि सूचनापत्र साप्ताहिकको सम्पादक÷प्रकाशक रहिआउनु भएको छ । समसामयिक विषयमा लेख समेत लेख्नु हुने उहाँ स्तम्भकार समाजको पनि केन्द्रीय सदस्य हुनुहुन्छ । 

No comments:

Post a Comment