अन्तरङ्ग संवाददाता
काठमाडौं– कोरोना भाइरस(कोभिड– १९)को त्रास नेपालमा फेरि बढेको छ । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेका कारण नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ गते अनुरोध गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक विज्ञप्ति सार्वजनिक गर्दै छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गर्नु भएको हो । उहाँले जारी गर्नु भएको विज्ञप्तिमा सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गर्नु भएको छ । उहाँले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ ।
सो अनुसार स्थानीय तहका स्वास्थ्य संस्थाहरूलाई समेत त्यस्तो निर्देशन दिएको उहाँको भनाई छ । पछिल्लो २४ घण्टामा मुलुकभर ७७ जना कोरोना संक्रमित पुष्टि भएको छ । आजका मितिसम्म ९६७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्मरणीय छ, भारतमा चैत ८ गते एकै दिन ४४ हजारमा कोरोना संक्रमित पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रलयाले जनाएको छ ।
No comments:
Post a Comment