अन्तरङ्ग संवाददाता
काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका सालिन नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । मस्तिष्काघात भएर उपचाररत जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ उपाचार खर्च स्वीकार नगर्ने भएको चैत ८ गते बताएको छ ।
फागुन १३ गते राति मष्तिष्कघात भएपछि नेता जोशी नर्भिक अस्पतालमा उपचाररत हुनहुुन्छ । ‘सरकारले अनर ग¥यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ उहाँका स्वकीय सचिव पुष्कर पाण्डेले बताउनु भयो । पाण्डेले भिडियो सन्देशमार्फत उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौँ भन्नु भएको छ । ‘उहाँले भन्नुभयो, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस् र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।’
नेता जोशीको स्वास्थ्य अवस्था अझै जटिलनै रहेको पनि स्वकीय सचिव पाण्डेले बताउनु भएको छ । पाण्डेले भन्नुभयो, ‘‘उहाँको स्वास्थ्य अवस्था जटिल नै छ । डाक्टरले निको हुन्छ, हामी प्रयास गरिरहेका छौं भनेका छन् । तर उनीहरूले हामीलाई ‘क्लियरफिकेसन’ दिएका छैनन् । विरामीको अवस्थाले गर्दा हामीले पनि बाहिर लैजाने स्थिति बनिसकेको छैन ।’
नेता जोशीलाई उपचारका लागि वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो । उहाँको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
नेता जोशीलाई उपचारका लागि मुलुक बाहिर लैजाने तयारी पूरा गरिएको भए पनि अस्पतालले बाहिर लैजाने अनुमति नदिएका कारण सम्भव नभएको पाण्डेले बताउनु भएको छ ।
चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नु भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको जनाकारी दिनु भएको थियो ।
नेता जोशीको परिवारको यस्तो सदासयता पूर्ण निर्णयको कति नेताहरूले अवम्बन गर्लान् ?
स्मरणीय छ, यसअघि केही सञ्चारमाध्यम र व्यक्तिले नेता जोशीको निधन भएको भन्ने कपोलकल्पित समाचार समेत प्रशारण प्रकाशन गरेका थिए । त्यसका बारेमा नेपाल पे्रस काउन्सिलले कारवाही गर्ने भन्दै विज्ञप्ति जारी गरेपछि भने ती समाचार डिलिट गरिएको थियो ।
No comments:
Post a Comment