पोखरा । कास्कीको रूपा गाउँपालिका-६, तालबेसीस्थित रूपाज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा देगेन्द्र गुरुङ चयन भएका छन् ।
विद्यालयमा आयोजित अभिभावक भेलाबाट समितिका सदस्यहरूमा
लोकबहादुर गुरुङ (विनोद), इन्दिरा अधिकारी, लक्ष्मी थापा, पूर्णबहादुर भुजेल,
अम्बिका परियार चयन भएका छन् । यस्तै पदेन सदस्यमा वडा सदस्य सखुर्दिन मिया,
शिक्षक प्रतिनिधि कृष्णराज सुवेदी र सदस्य सचिवमा प्रधानाध्यापक मनिराम कडेल रहेका
छन् ।
भेलामा रूपा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्दिप
पौडेलले रूपाज्योतिले क्रमशः लिएको गति प्रशंसनीय रहेको बताए । रूपामा
रूपाज्योतिले गौरव गर्ने मौका दिँदै आएको भन्दै उनले नयाँ व्यवस्थापन समितिले
विद्यालयलाई थप उचाइमा पुर्याउने आशा व्यक्त गरे ।
सोही भेलाले विष्णु गुरुङको अध्यक्षतामा शिक्षक-अभिभावक
सङ्घसमेत गठन गरेको छ । सङ्घका सदस्यहरूमा जयबहादुर थापा, तिलमाया गुरुङ, सोविता
सुवेदी, प्रमिला सुवेदी, कृष्णमाया दाहाल, लक्ष्मी नेपाली रहेकी छिन् ।
No comments:
Post a Comment