नेपाल भारत संघको पदाधिकारीमा हानाथाप : विहान ९ बजेबाट मतदान शुरु हुँदै - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, March 20, 2021

नेपाल भारत संघको पदाधिकारीमा हानाथाप : विहान ९ बजेबाट मतदान शुरु हुँदै

अन्तरङ्ग समाचारदाता 

नेपालगञ्ज– नेपाल भारत मैत्रीसंघको यहाँ चालिरहेको ७औं केन्द्रीय मैत्री सभा तथा अधिवेशनमा मुख्य पद हत्याउनका लागि हानाथाप चलिरहेको छ । दुई समूहका बीचमा पदाधिकारी बीच निर्वाचनका लागि चैत ८ गते विहान ९ बजेबाट मतदान शुरु हुने भएको छ । 

उक्त अधिवेशनमा मुलुकभरका ४७ जिल्लाबाट भेलाभएका छ सय पाँच जना प्रतिनिधिले भाग लिएका छन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा दुई समूहका बीचमा निर्वाचन हुने भएको हो । अध्यक्ष पदमा वर्तमान सभापति राजकुमार सिङ्धी र पूर्वअध्यक्ष ओम सरावगी लड्दै हुनुुहुन्छ । सिङ्धीको पक्षबाट वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद सापकोटा र महासचिवमा टीका ढकाल प्रत्यासी हुनुहुन्छ । यसैगरी, सरावगीको पक्षबाट वरिष्ठ उपाध्यक्षमा सैलेन्द्रमोहन झा र महासचिवमा बोधकृष्ण सुवेदी मैदानमा उत्रनु भएको छ । 

तीन वर्ष कार्यकार रहेको यो समितिमा यस पटक भने गत वर्षका कोरोना कहरका कारणले अधिवेशन हुन सकेको थिएन । नेपाल भारत मैत्रीसंघको केन्द्रीय समितिमा प्रत्येक प्रदेशबाट ३÷३ जना सदस्य चयन हुने प्रावधान रहेको र प्रदेशबाट निर्वाचित हुने सदस्यका लागि निर्विरोधको पहल भई सफल भएको कार्यक्रम स्थलबाट हाम्रा प्रतिनिधि युवराज घिमिरेले बताउनु भएको छ । सो समितिमा कोषाध्यक्ष र सचिव पदमा निर्वाचित अध्यक्षले मनोनित गर्ने साथै ८ जना सदस्य समेत अध्यक्षले मनोनित गर्ने प्रवन्ध विधानमा गरिएको जानकारीमा आएको छ । 

चैत ७ गते शुरु भएको उक्त अधिवेशनको उदघाटन प्रदेश सांसद सञ्जयकुमार गौतमले गर्नु भएको हो । 

No comments:

Post a Comment