मनाङमा भेटेरिनरी अस्पताल र कृषि ज्ञान केन्द्रको कार्यालय उदघाटन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, March 20, 2021

मनाङमा भेटेरिनरी अस्पताल र कृषि ज्ञान केन्द्रको कार्यालय उदघाटन

अन्तरङ्ग संवाददाता

चामे– हिमाल पारीको जिल्ला उपमा पाएको मनाङमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रको कार्यालय उदघाटन गरिएको छ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि मन्त्री लेखबहादुर थापाले ती कार्यालयको चैत ६ गते उद्घाटन गर्नभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुर्गम जिल्लाका किसानका लागि जिल्लामा कार्यालय नहुदा खेप्नु परेको दुःख हटाउनका लागि यी कार्यालयको स्थापना गरिएको बताउनु भयो । उहाँले दुवै कार्यालयबाट जिल्लाबासीले धेरै भन्दा धेरै सेवा लिनुपर्ने बताउनुभयो । किसानको हितका लागि दुवै कार्यालयले तल्लीन भएर लाग्नुपर्नेमा जोडदिदै उहाँले कार्यालयबाट किसानलाई छिटो, छरितो रुपमा सेवा दिन कर्मचारीहरूलाई दिर्नेशन दिनु भयो ।

सो अवसरमा जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञ घलेले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले किसानमुखी कार्यक्रम गरी कृषकले अपनत्व लिन सक्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । दुवै कार्यालय स्थापना भएपछि किसानले सहज रुपमा सेवा पाउन सक्ने अपेक्षा गर्र्दै उहाँले खासगरी साना गरिब किसानहरूलाई सम्बाधेन हुन सक्ने खालको काम हुनुपर्नेमा जोड दिनुभयो । 

ती कार्यालयको उदघाटनका अवसरमा जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखहरु, मन्त्रालयका कर्मचारीहरू, व्यवसायिक कृषकहरूको सहागिता थियो । 

सो अवसरमा कृषकको प्रतिनिधित्व शुरेस थकालीले कार्यालय स्थानपाले जिल्लाका किसानालाई खुशी बनाएको भन्दै अब मनाङवासी किसानले विगतमा जस्तो कार्यक्रमबाट ठगिनु स्थिति नहुने विश्वास व्यक्त गर्नुभयो । 

जिल्ला समन्वय समिति मनाङका समन्वय प्रमुख यज्ञ घलेको अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र मनाङका प्रमुख वालकृष्ण अधिकारीले स्वागत  तथा कार्यक्रमको सञ्चालन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कुसुमले गर्नुभएको थियो । 

सोही मौकामा, ‘जिल्लाका किसानहरूसंग कृषि मन्त्री कार्यक्रम’ विषयक अन्तरक्रिया तथा जिल्लाका स्याउ व्यवसायीका बीचमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।


No comments:

Post a Comment