अन्तरङ्ग वर्ष २९, अंक– ३०, चैत ५ गते (२०७७) प्रकाशित
बेसीशहर– लमजुङमा नेपाली काँग्रेसका ८ हजार ३६४ जना क्रियाशील सदस्य रहेका छन् । सो दलको १४औं महाधिवेशन प्रयोजनका लागि उक्त संख्या एकिन भएको हो ।
नेपाली काँग्रेसको जिल्लामा अधिवेशन प्रयोजनका लागि उक्त सदस्य संस्था निर्धारण गरिएको सो दलका जिल्ला सचिवले बताउनु भयो । उहाँका अनुसार जिल्लामा क्रियाशील सदस्यता आठ हजार ३६४ कायम भएको छ । तीमध्ये दुई हजार ३२७ महिला र छ हजार ३७ पुरुष रहेका छन् ।
सबैभन्दा धेरै क्रियाशील सदस्यता संख्या सुन्दरबजार नगरपालिकामा एक हजार ७४५ जना छन् । त्यस्तै सबैभन्दा कम क्ब्होलासोंथर गाउँपालिकामा ३५७ जना मात्र रहेका छन् । ती पालिकामा क्रमशः पुरुष र महिला संख्या एक हजार २२४ र ५२१ तथा २५७ र ८२ रहेको छ । महिला क्रियाशील सदस्यता बढी र कम रहेको पालिकामा पनि ती दुवै रहेका छन् ।
जिल्ला सदरमुकाम रहेको बसीशहर नगरपालिकामा कुल संख्या एक हजार ६५९ जना छन् । तीमध्ये महिला ४५५ जना रहेको बरालले जानकारी दिनुभयो । अन्य पालिकाहरूको स्थिति यस प्रकार रहेको छ । मध्यनेपाल नगरपालिका– एक हजार ४३७ जना तीमध्ये पुरुष एक हजार १८ र महिला ४१९ जना छन् । यसैगरी, राइनास नगरपालिकामा एक हजार २६४ जना रहेकोमा ८८८ पुरुष र २७६ जना महिला छन् ।
गाउँपालिकामा मस्र्याङ्दी बलियो देखिएको छ । त्यसमा ७०२ जना कुल क्रियाशील रहेकोमा ५४२ जना पुरुष र १६० महिला छन् । त्यस्तै, दोर्दीमा कुल ६८२ जनामध्ये ५१४ जना पुरुष र १६८ जना महिला छन् भने दूधपोखरी गाउँपालिकामा कुल ५१८ मध्ये ३७२ पुरुष र १४६ जना महिला छन् ।
घोषित तालिका अनुसार असार ५ गते वडास्तर ७ गते पालिकास्तर, साउन १ गते प्रदेशस्तर र ३ गते जिल्ला अधिवेशन हुने भएको सचिव बरालले बताउनु भएको छ ।

No comments:
Post a Comment