तमु ह्युला छोंज धिंको आठै स्थानीय तहमा बन्यो समिति, बेसीशहर नगरसमितिको अध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, March 25, 2021

तमु ह्युला छोंज धिंको आठै स्थानीय तहमा बन्यो समिति, बेसीशहर नगरसमितिको अध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन

अन्तरङ्ग संवाददाता

लमजुङ । तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को जिल्लाका आठ वटै स्थानीय तहमा संगठन निर्माण गरेको छ । सो क्रममा पछिल्लो पटक बेसीशहर नगरपालिकामा २१ सदस्यीय कार्य समिति गठन गरिएको हो । योसँगै परिषदको जिल्लाका आठवटै स्थानीय तहका संगठन विस्तार हुन गएको छ । 

तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समितिले जिल्ला समितिका अध्यक्ष ठाकुर गुरुङको नेतृत्वमा उक्त कार्य भएको हो । उहाँका अनुसार स्थानीय तहमा समिति विस्तार गर्ने क्रममा पछिल्लो पटक बेसीशहरमा नगर कार्य समिति चैत ९ गते गठन गरेको हो । उहाँले भन्नुभयो, ‘अब हाम्रो जिल्लाका सबै पालिकास्तरमा समिति गठन भएको छ ।’ सो अवसरमा बेसीशहरमा समिति गठन कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष धनप्रसाद गुरुङ, कोषाध्यक्ष लालजित गुरुङ, सदस्य हिराजङ गुरुङलगायतको उपस्थिति थियो । उक्त कार्यक्रमको सञ्चालन सचिव जिवराज घलेले गर्नु भएको थियो । 

बेसीशहर नगरपालिका कार्य समितिको अध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन हुनुभएको छ । उपाध्यक्षमा खिमकुमारी गुरुङ, सचिवमा हिरासिंह गुरुङ, संगठन सचिवमा इन्द्रबहादुर गुरुङ, प्रचार सचिवमा धनप्रसाद गुरुङ, कोषाध्यक्षमा माला गुरुङ चयन हुनभएको छ । यसैगरी, समितिको सदस्यहरूमा भोजबहादुर गुरुङ, तिलप्रसाद गुरुङ, हितजंग गुरुङ, बमबहादुर गुरुङ, यमबहादुर गुरुङ, राजकुमार गुरुङ, देवबहादुर गुरुङ, कविन्द्र गुरुङ, रामबहादुर गुरुङ, योग घले, गंगाबहादुर गुरुङ, बमबहादुर गुरुङ, कर्णसिंह गुरुङ, कमला गुरुङ र मिनकुमारी गुरुङ चयन हुनुभएको छ ।

सो अबसरमा जिल्ला अध्यक्ष ठाकुरप्रसाद गुरुङले स्थानीय तहमा भएको समितिले तत्काल खेमा लिपी प्रशिक्षणका साथै जनजणनाको समेत प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिनुभएको छ । 

त्यसैगरी, यही चैत २७ र २८ गते चितवनमा परिषदको चौथो महाधिवेशन हुने भएको छ । त्यसमा भाग लिनका लागि ११ जना जाने तयारी गरिएको समितिका कार्यालयका कार्यालय सचिव नन्दा गुरुङले बताउनुभयो ।

उक्त परिषदको अन्य स्थानीय तहका अध्यक्षहरूमा सुन्दरबजारमा मिनवहादुर गुरुङ, मध्यनेपालमा नरबहादुर गुरुङ, राइनास नगरपालिकामा खड्गबहादुर गुरुङ, दूधपोखरी गाउँपालिकामा टकबहादुर गुरुङ, दोर्दी गाउँपालिकामा सागर गुरुङ, मस्र्याङ्दी गाउँपालिकामा खड्गबहादुर गुरुङ र क्ब्होलासोंथर गाउँपालिकामा गंगाबहादुर घले चयन हुनुभएको छ । 

No comments:

Post a Comment