अन्तरङ्ग संवाददाता
लमजुङ– देशभर संगठन विस्तार अभियानमा जुटेको विवेकशील साझा पार्टीद्वारा लमजुङ जिल्ला समिति गठन गरेको छ । सो पार्टीका सचिवालय सदस्य एवं संगठन प्रमुख निर्देश सिलवाल र गण्डकी प्रदेश संयोजक महेश भण्डारीको उपस्थितिमा चैत ७ गते समिति गठन गरिएको हो ।
जिल्ला समिति गठन गर्न सदरमुकाम बेसीशहरमा आयोजित भेलाबाट तुलसी गुरुङको संयोजकत्वमा आठ सदस्यीय जिल्ला समिति गठन गरेको बताइएको छ । समितिको सहसंयोजकमा मुनिन्द्र थापा तथा सदस्यहरूमा डण्ड पाण्डे, तीर्थ गुरुङ, यशोदा दनाई, विदुर अधिकारी, सन्तोष क्षेत्री र संविद गुरुङ रहनु भएको छ ।
नवगठित समितिलाई सो पार्टीका सचिवालय सदस्य एवं संगठन प्रमुख निर्देश सिलवालले वधाई तथा सफलताको शुभकामना व्यक्त दिनु हुँदै संगठन प्रमुख सिलवालले गलत खालका राजनीतिक अभ्यासकै मुलुकले गति लिन नसकेको हुँदा विवेकशील साझाले राजनीतिमा आफ्नो उपस्थिति जनाएको बताउनु भयो । उहाँले अग्रजहरूको अनुभव र मार्गनिर्देशन अनि युवाहरूको जोश, जाँगर र गतिशीलताबाट पार्टीलाई अघि बढाउने संकल्पका साथ आफूहरू अघि बढेको बताउनु भयो । उहाँले कुनैपनि व्यक्तिगत स्वार्थ नराखी उत्साहका साथ पार्टीमा लाग्ने युवाहरूको संख्या पार्टीमा बढ्दै गएको जानकारी दिँदै मुलुकको राजनीतिमा अबका दिनमा आफ्नो पार्टीको बलियो पक्कड रहने दावी गर्नु भयो ।
उक्त कार्यक्रममा नवगडित समितिका पदाधिकारीहरूलाई गण्डकी प्रदेश संयोजक महेश भण्डारीले वधाई तथा सफलताको शुभकामना व्यक्त दिनु भएको थियो ।
यसैबीच, तनहुँ जिल्लामा पनि सागर घिमिरे संयोजक र नगेन्द्र ढुंगाना सहसंयोजक रहेको १४ सदस्यीय समिति चयन गरिएको संगठन प्रमुख सिलवालले उल्लेख गर्नु भयो ।
विवेकशील साझा गण्डकी प्रदेश सदस्य भोला शर्माले सहजीकरण गरेको कार्यक्रम पार्टीका सदस्य रमेश चिलुवालले समापन गर्नु भएको थियो । उहाँका अनुसार पार्टीले सञ्चालन गरेका कार्यक्रमहरूमा अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि बनाउने व्यवस्था गर्ने गरिएको छैन ।
No comments:
Post a Comment