अन्तरङ्गका सम्पादक पहाडी सहित विभिन्न व्यक्तित्व जनमत सम्मानका लागि छनौट - अन्तरङ्ग
1620215557

Tuesday, March 23, 2021

demo-image

अन्तरङ्गका सम्पादक पहाडी सहित विभिन्न व्यक्तित्व जनमत सम्मानका लागि छनौट

अन्तरङ्ग संवाददाता

बनेपा(काभ्रे)– अन्तरङ्गका सम्पादक एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका अध्यक्ष नवराज पहाडी जनमत– जनक प्रधान सेवा सम्मान– २०७६ का लागि छनौट हुनुभएको छ । यहाँ स्थित जनमत वाङ्मय प्रतिष्ठानद्वारा चैत ९ गते सो घोषणा गरिएको हो । 

jm

उक्त प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जारी गर्नु भएको विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो । उहाँका अनुसार जनमत प्रकाशनको ३७औं वार्षिकोत्सवका अवसरमा २०७७ चैत्र २८ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छ । 

उक्त विज्ञप्तिमा भनिएको छ– जनमत सम्मान २०७६ का दागि छनौट हुनुहुनेमा दीपा–जनमत सम्मान ठाकुर बेलवासे (अर्घाखाँची)लाई, गणेश÷खिलकुमारी दुवाल – जनमत सम्मान सुरेश किरण (काठमाडौं)लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान हरिराम जोशी (ललितपुर)लाई, जनमत–जनक प्रधान सेवा सम्मान – नवराज पहाडी लमजुङ)लाई प्रदान गरिनेछ । 

त्यसैगरी, केवलपुरे – जनमत सम्मान प्रा.डा. उषा ठाकुर (काठमाडौं) लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान सरोजा खड्गी (झापा)लाई, कमला सैंजू – जनमत सम्मान सुलोचना मानन्धर धिताल (काठमाडौं)लाई, जनमत – राजभाई सहयात्री सम्मान रीता पहारी (कास्की)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सावित्री श्रेष्ठ (काठमाडौं)लाई प्रदान गरिनेछ । जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान – छायादत्त न्यौपाने बगर (पर्वत)लाई, जनमत–सिचिधर्म÷संस्कृति सम्मान – प्रा.डा. रमेशचन्द्र अधिकारी (धादिङ)लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – डा. गोविन्दराज भट्टराई (ताप्लेजुङ)लाई तथा जनमत – दीपक वैद्य स्वास्थ्य सम्मान – डा. सुमनराज ताम्राकार (काभ्रे)लाई प्रदान गरिने भएको छ । 

हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । 

यसैगरी, २०७५ सालको दीपा–जनमत सम्मान रविकिरण निर्जीव (चितवन)लाई, गणेश÷खिलकुमारी दुवाल– जनमत सम्मानराजा शाक्य(काठमाडौं)लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान शेषराज शिवाकोटी (दोलखा)लाई, जनमत–जनक प्रधान सेवा सम्मान– टङ्क उप्रेती (झापा)लाई प्रदान गरिनेछ । त्यसैगरी केवलपुरे – जनमत सम्मान भागिरथी श्रेष्ठ (गुल्मी) लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान ठाकुरप्रसाद मैनाली (काभ्रे)लाई, कमला सैंजू– जनमत सम्मान रीता ताम्राकार (सुनसरी)लाई, जनमत – राजभाई सहयात्री सम्मान सोमकाजी शाक्य(काभ्रे)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – लक्ष्मी भट्टराई (काठमाडौं)लाई प्रदान गरिनेछ । जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान – यशु श्रेष्ठ (रौतहट)लाई, जनमत–सिचिधर्म÷संस्कृति सम्मान – मुकुन्दप्रसाद उपाध्याय (सिन्धुली)लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – रामबहादुर पहाडी (पाल्पा)लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. राजेन्द्र कोँजू (काभ्रे)लाई प्रदान गरिने भएको विज्ञप्तिमा उल्लेख छ ।

दुवै सम्मान एकै समारोहमा वितरण गरिने जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष दुवालले जानकारी दिनु भएको छ । 


No comments:

Post a Comment

Pages