अन्तरङ्ग संवाददाता
लमजुङ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको संगठन विस्तार गरिएको छ । गोविन्दप्रसाद अधिकारीको नेतृत्वमा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको बेसीशहर नगरपालिकास्तरीय समिति चैत १४ गते गठन गरिएको हो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीको प्रमुख आतिथ्यतामा उदिपुर अधिकारी कुलदेवता मन्दिर परिसरमा आयोजित भेलाले उक्त समिति गठन गरेको हो । उक्त भेलामा जिल्ला सल्लाहकार संयोजक विश्वप्रसाद अधिकारी र जिल्ला समिति सदस्य निलकण्ठ अधिकारी अतिथि हुनुहुन्थ्यो । सो भेला प्रतिष्ठानका जिल्ला सचिव तथा बेसीशहर नगर समिति गठन प्रयोजनका लागि संयोजक गोविन्दप्रसाद अधिकारीको अध्यक्षतामा भएको हो ।
सो अवसरमा जिल्ला अध्यक्ष अधिकारीले हाम्रो आचरण संस्कार रीतिरिवाज साथै प्रतिष्ठानको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो । जिल्ला सल्लाहकार संयोजक विश्वप्रसाद अधिकारीले लमजुङ जिल्लामा प्रतिष्ठानको स्थापनाकालदेखि हालसम्म भए गरेृका गतिविधबारेमा संक्षिप्त जानकारी दिनु भएको थियो । जिल्ला सदस्य निलकण्ठ अधिकारीले प्रतिष्ठानको उद्धेश्यबारे आफ्नो धारण राख्नुभएको थियो ।
उक्त भेलाले सर्व सम्मत रुपमा नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बेसीशहर नगर समिति गठन गरेको हो । समितिको उपाध्यक्ष रोशन अधिकारी उदिपुर, सचिव केशव अधिकारी, उदिपुर, कोषाध्यक्ष सम्झना अधिकारी, उदिपुर, सहसचिव नाराणप्रसाद अधिकारी किरिञ्चे चयन हुनुभएको छ । यसैगरी, सदस्यहरूमा श्यामप्रसाद अधिकारी नयाँगाउँ, बिमला अधिकारी बेसीशहर, श्याम अधिकारी चिती, कृष्णमाया अधिकारी उदिपुर र जिल्ला प्रतिनिधी तिर्थराज अधिकारी उदिपुर चयन हुनुभएको प्रतिष्ठानका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

No comments:
Post a Comment