कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको मध्य नेपाल नगर समिति गठन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, March 21, 2021

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको मध्य नेपाल नगर समिति गठन

अन्तरङ्ग संवाददाता

दुईपिप्ले(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको संगठन विस्तार भएको छ । गत फागुन २९ गते मध्य नेपाल नगर समिति गठन गरी संगठन विस्तार गरिएको हो । 

उक्त नगरपालिकामा बसोबास गरिआएका कश्यप गोत्रीय अधिकारीहरूको भेलाबाट सात सदस्यीय कार्य समिति, एक जना जिल्ला समिति र तीन जना रहेको सल्लाहकार समिति गठन गरिएको प्रतिष्ठानका जिल्ला सदस्य कमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार नवगठित समितिको अध्यक्षमा पोषकराज अधिकारी चयन हुनुभएको छ । 

यसैगरी, सचिवमा शिवराम अधिकारी चयन हुनुभएको छ भने कोषाध्यक्षमा चिनिमाया अधिकारी चयन हुनुभएको छ । समितिको सदस्यहरूमा कृष्णकान्त अधिकारी, सरोज अधिकारी, शर्मिला अधिकारी र कर्णबहादुर अधिकारी रहनु भएको छ । 

त्यस्तै, जिल्ला प्रतिनिधि रामप्रसाद अधिकारी चयन हुनुभएको छ भने केन्द्रीय प्रतिनिधिमा प्रकाशचन्द्र अधिकारी हुनुहुन्छ । 

सल्लाहकार समितिको संयोजकमा जीवनाथ अधिकारी चयन हुनुभएको छ । सल्लाहकार समितिको सदस्य द्वयमा  तोयराज अधिकारी र धु्रवराज अधिकारी हुनुहुन्छ । 

उक्त कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपमेयर राजकुमार श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ठ अतिथिमा वडानं– ४ का वडा अध्यक्ष निर्मल गौतम, यस प्रतिष्ठानको जिल्ला अध्यक्ष तुलसीविकास अधिकारी तथा अतिथिमा जिल्ला सदस्य कमल अधिकारी हुनुहुन्थ्यो । भेलामा स्वागत मन्तव्य तोयराज अधिकारीले राख्नु भएको थियो । 

No comments:

Post a Comment