प्रशान्तिको कलमबाट– साहित्यिक चटनी : अंग्रेजीको कमाल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, March 19, 2021

प्रशान्तिको कलमबाट– साहित्यिक चटनी : अंग्रेजीको कमाल

 अन्तरङ्ग  वर्ष– २९, अंक– ३०,  चैत– ५ गते (०७७) प्रकाशित

हुन त अंग्रेजीको कमाल लेख्ने भनियो तर कमाल भन्ने शब्द नेपालीहो हैन भनेर कपाल कन्याएको छु । अंग्रेजी पढ्नुको मज्जा नै बेग्लै हुन्थ्यो कुनै बेला । म पनि बोर्डिङ स्कुल पढेको बेला एकजना हजुर आमा आउनु भयो र भन्नु भो– ए बाबु ! बोर्डिङ स्कुलमा पढेका रहेचौ, अंग्रजीले जीउ गाल्छ रे ! दिनको यौटा अण्डा खानु है । मैले सोचे यो पनि अंग्रेजी भाषाप्रतिको यौटा गाउँले दृष्टिकोण हो । 

कनिकुथि अंग्रेजी पढियो तर अझै पोख्त भइएको छैन । तिलिचो ताल घुम्न जाँदा खाङ्सार गाउँ नजिक बाटो बिराएको एक जना सेतो छालावाला कुईरे पो भेट भयो । बिचरा बाटो मात्र बिराएको रहेनछ उस्ले उचाईको कारण बिरामी भएको रहेछ । सँगै गएका अन्य साथी अंग्रेजीमा त्यति पारंगत नभएको हुँदा आफूले आफैंलाई अंग्रेजी बोल्ने टोपल्ने भएको त उस्लाई नै दिन भर सेवा सुसुर्को गरेर आधा दिन बित्यो । यो पनि अंग्रेजीको कमाल नै हो । त्यतिबेला उसँग खिचेको फोटो यसो फेसबुकमा राखेको मात्र के थिएँ एकजना आफन्त मेरो घरमा आएर भन्नु भो– लौन बाबु तपाईको विदेशीसँग उठबस रहेछ, मेरो छोरोलाई विदेश पठाई दिनु पर्यो ... । म दंग भएँ अंग्रेजी र सेतो छालाको रजाँइको चालामाला देखेर ।

यहाँ हामी चर्पी भन्न, डराउँछौं अझ पाईखाना र शौचालय शब्द शब्दकोषमा सिमित भए तर त्यही चर्पी शब्दको सट्टामा हामी ट्वाइलेट र रेष्टरुम भनेर आधुनिक भएको स्वाङ पार्नुमा हामी बौद्धिकता देख्दछौं । हजुरबाले बाँसका पट्याँस, पात, कोदोको भुस जोरजाम पारेर जाडोको सिजनमा बेलुकीपख आगो बालेको र आगो तापेको मान्छे पनि म नै हुँ तर आजकल मलाई त्यो कार्यलाई आलु नै पोलेर खाए पनि क्याम्पफायर भन्न मन लाग्छ किनकी आधुनिक बन्ने रहर र अंग्रेजीको रवाफ देखाउने रहर सबैलाई हुन्छ ।

यहाँ ग्याँस्ट्रिकलाई राम्रोसँग उच्चारण गर्न नजानेर ग्याँटिस भनिदिन्छन् बुढापाकाहरू । अस्पताल र हस्पिटलको सम्मिश्रणयुक्त शब्द हस्पताल भन्नेहरू पनि एकाथरी मानिसहरू छन् । खुबीलाई अंग्रेजीमा एबिलिटी भन्छन् तर आजकल खुबिलिटी भन्ने शब्द पनि प्रचलनमा आएको धेरै भएको छैन । एक दिन मेरो गाउँले बुढी आमैले नातीलाई पढेन भनेर खुब हप्काउँदै हुनुहुन्थ्यो, त्यति नै बेला म पुगेर उहाँलाई सोधें– आमा तपाई किन रिसाउनु भएको हँ ? उहाँले भन्नु भयो– यो नातीमोरोले पढेन अनि टेन्सनभो बाबु । म त छक्क परें, कपाल फुलेकी चार बिसा काटेकी हजुरआमाको मुखबाट अंग्रेजी शब्दको प्रयोग हुँदा, त्यसैले मैले उत्तिनखेरै उहाँलाई सोधें– हजुरआमा यो छ नि टेन्सन भन्ने शब्दको अर्थ के हो ? उहाँले उत्तर दिँदाअर्को अंग्रेजी शब्दको प्रयोगले त झन् म झसंग भएँ । कारण उहाँको उत्तर यस्तो थियो– ‘खै बाबु यो टेन्सनको मिनिङ नबुझेर मलाई नै टेन्सन भा’को छ । वाह ! उहाँले त झन् मिनिङ भन्ने अर्को शब्दको लर्को लगाई दिनु पनिभयो ।

घरबाट शहर पढ्न निस्केको छोराले बजारमाबुहारी भित्र्यायो भनेर अल्तालिएकीगाउँले एक जनाआमाले मलाई भन्नु भो– ‘हेर्नुस् न ! बाबु छोरालाई बजारमाफोन गरेको जहिले पनि बुहारीले अंग्रेजीमा बोलेर हैरान पार्छिन, के के भन्न खोजेकी हुन् लौन मलाई सुनेर बताई दिनुस्न ।’ मैले तिआमाको कुरालाई शिरोपर गरेर उन्को छोरालाई फोन हानेको त मोबाई स्विच अफ भन्दो रहेछ । ती आमाले त्यही कुरालाई बुहारीले अंग्रेजीमा बोलेकोे भन्ठानि रहिछन् । पछि त गाउँमा झन् मज्जाको हल्ला भो तल्लाघरे सुईदारनीकी बुहारी त कुइरेनी रे ! सासुुसँग अंग्रेजीमा बोल्छे रे ! वाह ! यो पनि अंग्रेजीकै कमाल हो । 

समय बदलिए पछि बिचार बदलिन्छ । जतिजति अंग्रेजी सिक्दै गइयो, त्यतित्यति शब्दकोषको आवश्यकता पर्ने रहेछ । आजकल जुनसुकै घरमा पनि अंग्रेजीको शब्दकोषले डेरा जमाएको पाईन्छ । एक दिन तल्लाघरे जेठाले कुन चाहीँ नेपाली शब्द जानेनछ अनि मलाई भन्यो– ‘अंकल  तपाईं कहाँ नेपाली डिक्सनरी छ ?’ वाह ! उस्ले मलाई अंकल त भन्यो भन्यो, नेपाली शब्दकोष नभनेर डिक्सनरी पनि भन्न भ्यायो । यही हो अंग्रेजीको कमाल । हाम्रा घरमा नेपाली शब्दकोष नभई अंग्रेजी शब्दकोषको किताब हुनु अंग्रेजी भाषाप्रतिको मोह नै त हो ।

आजकल गाउँघरका विद्यालय रित्तिएका छन् । गाउँमा विकास पु¥याए पनि मानिस भने गंगाजल निर्मल उँधै सललभने झैं तल बजार तिरै झरिरहेछन् । श्रीमानको भिषा झरेपछि पोको पुन्तुरो बोकेर बजारमा छोराछोरीलाई अंग्रेजी पढाउने रहरमा बजार झर्नेको प्रतिशत नापेर नापी साध्य नै छैन । 

कि अंग्रेजी बोल्दै नबोल्नु, बोलेपछि मज्जाले शुद्ध बोल्नु नि ! म एक पटक काठमाडौंको एक निजी विद्यालयमा पढाउँदा त्यहाँ कि संस्थापक शिक्षिकाले कनि कुथि अंग्रेजी बोलेको देखेर टिठ लागेर आयो । उन्ले विद्यार्थीलाई छालको जुत्ता लगाएर नआएकोले मज्जाले हपारीरहेकी रहिछन् । छालाका जुत्ता लगाएर आउ भन्नको लागि उनी यसो भन्दै थिईन्– ‘टुमारो कम विथ स्किन सु ।’ यहाँ छालाको जुत्तालाई लेदर भन्नु पर्नेमा उन्ले स्किन सु भनेकी छन् । अझ सुज् भन्नु पर्नेमा यौटा सुज भनेकी छन् ।

गाउँको सन्ते एकाबिहानै बासीभात भुटेर खान लागेको रहेछ । संयोगबस म त्यहाँ पुग्दा के खान लाग्यौ भनेर सोधेको थिएँ उस्ले भन्यो– ‘ए दाई ! म त फ्राई राईस खान लागेको ... । वाह ! हामी बासी भात खाएर फ्राई राइसको धाक लगाई रहेछौं । के छ बासी भातभन्नु र फ्राई राईसको फरक । सोच त हैन ? यहाँ च्याउको झोल भन्न लाज लागेर मसरुम सुप भनेर अंग्रेजी मोह देखाउनु कुनै नौलो भएन । अंग्रेजी नपढ्ने हैन, पढ्नु पर्छ तर अंग्रेजीलाई कत्तिको आत्मसाथ दिनु पर्छ जान्नु पर्छ । महाकवी देवकोटाले पनि अंग्रेजी पढेकै हुन् । तानाशर्माले पनि अंग्रेजी पढेकै हुन् तर उनीहरूले अंग्रेजीमा तानाबाना गरेको सुनिएन तर हामी नयाँ जोगीले घरानी धेरै धस्छ भन्ने उखानलाई प्रमाणित गरिरहेका छौं । 

अंग्रेजीले कतिलाई पढाईको मामलामा पञ्चबर्षीय योजनामा पारिदिएको रहेछ अनि पीडित बनाएको रहेछ । उदाहरणको लागि गाउँको यौटा गुरुङ विद्यार्थी आफ्नो मातृभाषा सिक्न छाडेर नेपालीभाषा सिक्न नपाउँदै उस्लाई अंग्रेजीभाषा सिक्न पुग्दछ । तर उस्लाई अंग्रेजी पढ्न निकै कठिन हुन्छ तर क्याम्पसमा पढाउने माध्यम नेपाली हुन्छ, तर प्रश्न अंग्रेजीमा सोधिन्छ । अनि उ प्रश्नको बीचबाटै तिल्मिलाउँछ अनि बर्षेनी फेल भएर पञ्च बर्षीय योजनामा मात्र उस्ले आफ्नो पढाई पार लगाउँछ । यहाँका आदिबासी जनजाति आफ्नो भाषा बुझ्दैनन् तर अंग्रेजीलाई मुख्य भाषा मानेर क्याम्पस पढेका पनि तपाईले देख्नु भएकै होला नि हैन ?

यहाँ आमालाई ममि भनेर मारिन्छ । ममिको अर्थ जिउँदो भन्ने रहन्न । काकीकाका भन्न नचाहेर भाषामा डाँका लगाइएको छ । पाकघर भन्नु भन्दा किचन भन्दा गर्व गर्ने प्रवृत्ति हाम्रै हो । टाई सुट लाएर अंग्रेजी पन आउँथ्यो भने सबैले टाईका हजुरबा उलगाउँथे होलान अंग्रेजी सिक्नलाई । नेपाली मुलका अंग्रेजी बोल्नेलाई यौटा प्रश्न– के यिनीहरू कुन भाषामा सपना देख्छन् हँ ? तारेमाम् !

No comments:

Post a Comment