अन्तरङ्गको वर्ष– २९, अंक– २१, माघ १ गते, २०७७ मा प्रकाशित
बेसीशहर– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुन्छ, संसदीय दल छलेर ६४ प्रतिशत बहुमत रहेको प्रधानमन्त्रीका विरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याउनुको तुक नहुने र वर्तमानमा नेकपामा देखिएको समस्याको जडत त्यही भएको बताउनु भएको छ । उहाँले यहाँ स्थित हिमाल सूचना तथा सञ्चार सहकारी संस्थाको १०औं वार्षिकोत्सवको यहाँ उदघाटन गर्दै पुस २९ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले नेकपाको केन्द्रमा देखिएको किचलोतर्फ संकेत गर्दै त्यस्तो धारणा व्यक्त गर्नु भएको हो । नेकपाको स्थायी कमिटि सदस्य समेत रहनु भएका नेता गुरुङले वर्तमान किचलोलाई कुकुरलाई घ्यूँ नपचेको संज्ञा दिनु हुँदै झण्डै एक घण्टा लामो उदघाटन मन्तव्यका क्रममा उहाँले काँग्रेससहितका विपक्षी दललाई खासै छुनु भएन तर पार्टीका वरिष्ठ नेता माधव नेपाल र कावा अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा चालेका कदमको भने निकै कडा आलोचना गर्नु भयो ।
उहाँले हाम्रो देशले अंगिकार गरेको व्यवस्था चीन वा अमेरिकाको जस्तो नभएको भन्दै चीनमा पार्टीले सरकार चलाउँछ, अमेरिकामा राष्ट्रपतिले चलाउँछन् । नेपालमा संसदीय दलको नेता प्रधानमन्त्री हुने भन्ने पद्दति छ । संवैधानिक परिषदको वैठक बस्न र विभिन्न आयोगहरू रित्तो बनाएर काम गर्न नदिएको बताउँदै केपी ओलीले गरेका राम्रा कामबाट आत्तिएर प्रचण्ड– माधवले आफू सिद्धिने भयौं भन्ने भयका कारणले आफ्नो जिम्मेवारी बिर्सेर पार्टी संगठन तथा महाअधिवेशनको तयारी नगरी बखेडा गरेको बताउनु भयो । विकासको व र समृद्धिको स पनि उच्चारण गर्न नजान्ने नेताहरुको डाहाका कारण प्रधानमन्त्रीले केपी शर्मा ओलीले काम गर्न नसेकको र संसद विघटन गर्न बाध्य भएको गुरुङले बताउनुभयो । पार्टी एकता हुँदा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सहमतिको आधारमा एजेण्डा तय गर्ने र सहमतिको आधारमा तय गरेको एजेण्डाको बैठक बारे महासचिवलाई खबर गर्ने, महासचिवले बैठक बोलाएर सञ्चालन भनिएको थियो । छलफलबाट दुई अध्यक्षले सहमतिमै निष्कर्ष निकाल्ने भनेपनि त्यो लागु नभएको बताउनुभयो । सत्ता मोहका कारण एउटालाई अध्यक्ष र अर्कोलाई प्रधानमन्त्री बन्ने रहरका कारण अर्का नेतालाई उस्कादै हिँडेको बताउनुभयो । ओलीलाई केन्द्रीय कमिटी र स्थायी कमिटी र अध्यक्षबाट हटाउने, राष्ट्रपतिलाई महाअभियोग लगाउँदै सरकारलाई धेराबन्दी लगाउने काम गरेको बताउनुभयो । विधि र पद्धतीको कुरा गर्नेहरू नै छापामार शैलीमा चोरबाटो लागेको आरोप लगाउनुभएको छ । संसदीय दलको बैठक बसेर अध्यक्षबाट हटाउनुपर्नेमा दलमा बहुमत नभएका कारण, कुनै औकात, सामर्थ र हिम्मत नभएका कारण चोर बाटो अंगालेको उहाँले बताउनुभयो । उहाँले केपिले महाअधिवेशन छिटो गरौं, म अध्यक्ष हुन्न । आफू निर्वाचनबाट अध्यक्ष भएका कारण अर्को निर्वाचित अध्यक्षलाई पार्टीको जिम्मेवारी सुम्पन्छु, अबको निर्वाचन पछि प्रधानमन्त्री पनि हुन्न भन्नुभएकै थियो । महाअधिवेशनको वातावरण तयार नगर्ने, अनि पराजित व्यक्तिले अध्यक्ष हुने चाहना राख्ने ? त्यो कहाँको विधि हो ? भन्नुभयो ।
उहाँले कुनै पनि निर्णय सहमतिमा गर्ने भन्ने भए पछि माओवादी एमाले एकताका अवसरमा ६०– ४० को रेसियो राखेको र माघव नेपालसँग ३० प्रतिशत, प्रचण्डसँग ४० प्रतिशत र आफूसँग ३० प्रतिशत राखेर कमजोर भएको जान्दाजान्दै पनि पार्टीलाई दरिलो बनाउन केपिले कुनै पनि निर्णय सहमतिमा गर्ने भन्दै समहत भई त्याग गरेको उल्लेख गर्नु भयो । उहाँले चुनावमा जानु अस्थिरता होइन तर संविधान विपरितका खेल खेल्नु अस्थिरता निम्त्याउनु हो भन्नुभयो । नेता गुरुङले प्रधानमन्त्री फेर्ने काम संसदीय दलबाट गर्नु पर्नेमा संसदमा अविश्वास प्रस्ताव लगेर केपिलाई फाल्ने गलत काम गरेको, केपिलाई फाल्न सहज भएता पनि प्रचण्ड प्रधानमन्त्री बन्न सजिलो थिएन । देउवा र भट्राईले त्यो गर्न दिन्छन् ? भन्ने प्रश्न गर्दै कसरी सम्भव छ ? भन्नु भयो ? उहाँले फुटपरस्तलाई जनताले साथ नदिएको बताउँदै सिपि, चित्रबहादुर केसी, एमाले, काँग्रेस, राप्रपा फुटको स्मरण गर्दै आफूहरूनै मूलधार रहेको र रहने दावी गर्नु भयो । उहाँले भन्नुभयो, ‘त्यसैले हामी जनताको बीचमा जान लागेका हौं ।’
उहाँले देशमा आएको संकटको जिम्मेवार नेकपाका नेता माधवकुमार नेपाल र प्रचण्ड रहेको बताउनुभयो । विकासको व र समृद्धिको स पनि उच्चारण गर्न नजान्ने नेताहरुको डाहाका कारण प्रधानमन्त्रीले केपी शर्मा ओलीले काम गर्न नसेकको र संसद विघटन गर्न बाध्य भएको गुरुङले बताउनुभयो । उहाँले पार्टी एकता हुँदा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सहमतिको आधारमा एजेण्डा तय गर्ने र सहमतिको आधारमा तय गरेको एजेण्डाको बैठक बारे महासचिवलाई खबर गर्ने, महासचिवले बैठक बोलाएर सञ्चालन भनिएको थियो । छलफलबाट दुई अध्यक्षले सहमतिमै निष्कर्ष निकाल्ने भनेपनि त्यो लागु नभएको बताउनुभयो । दुई दल एक हुँदा ६०÷४० प्रतिशतको आधारमा हुने, २ बर्ष भित्र महाधिबेशन गर्ने भनिएको र कार्यकारी अधिकार, संगठनको जिम्मा दिएका अध्यक्षले एकीकरणको प्रक्रिया पूरा गर्न नसकेको आरोप लगाउनुभयो । कार्यकारी जिम्मेवारी लिएका प्रचण्डले ढलेको लोटा समेत नउठाएको र एउटा सिन्को समेत भाँच्न नसकेको दावी गर्नुभयो ।
विधि र पद्धतीको कुरा गर्नेहरू नै छापामार शैलीमा चोरबाटो लागेको बताउँदै बहुमत नभएका कारण, कुनै औकात, सामर्थ र हिम्मत नभएका कारण चोर बाटो अंगालेको उल्लेख गर्नुभयो । उहाँले अब हामी फेरि केपि ओलीलाई प्रधानमन्त्री बनाएर समृद्धिको यात्रालाई अघि बढाउन चाहन्छौं भन्दै जनताका बीचमा जानु व्यवस्था बचाउनु हो भन्नु भयो । उहाँले पार्टी नफुटेको बताउँदै पार्टीको चिन्ह र झण्डा आफूहरूकै साथमा रहने हुँदा अन्यत्र नलाग्न, भ्रममा नपर्न र प्रष्ट हुन आग्रह गर्नु भयो ।
देश समृद्धितर्फ उन्मुख भएको बताउँदै उहाँले अहिले ठुलाठुला काम भएको र यसअघि कसैले गर्न नसकेको काम प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व भएको बताउनुभयो । राष्ट्रिय गौरबका योजना मध्यपहाडी लोकमार्ग, पोखरा विमानस्थल, ठूला सिंचाई योजनाको काम भएको बताउनुभयो ।
उहाँले केपी ओली राष्ट्रवादी भएको बताउँदै कम्युनिष्टका ६ जना प्रधानमन्त्री भएका मध्ये कस्ले राष्ट्रियताको मुद्दा उठाएको छ ? मनमोहन अल्पमतमा हुनुहुन्थ्यो तर पनि उहाँले भतरमा गएर नेपाल र भारतका बीचमा धेरै असमान सन्धि छन् तिनको पुनरावलोकन हुनुपर्छ भनेर पत्रकार सम्मेलनमा भन्दा नेपालमा १० रेक्टरको भूइँचालो गएको स्मरण गर्नुभयो । कालापानी लिम्पिया धुराको समस्या आजको हो ? त्यो माधव र प्रचण्डले प्रधानमन्त्री हुँदा किन देख्नु भएन ? त्यसैले राष्ट्रघातका पछि नलागौं भन्ने आव्हन गर्नुभयो ।

No comments:
Post a Comment