नवराज पहाडी
बर्धन गाउँ(लमजुङ)– लमजुङको बर्धन गाउँमा लोपोन्मुख ठाडोभाकाको छायांकन गरिएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १० को बर्धन गाउँ ठाडोभाकाका सर्जन देउबहादुर दुराको जन्म गाउँ हो । उक्त ऐतिहासिक थलो र व्यक्तित्वको स्मरण एवम् सम्मानमा उक्त गीतको छायांकन कार्य मंसिर १९ गते रात्री गरिएको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’को पहलमा सो कार्य गरिएको हो । बर्धन गाउँ धम्पुको ससुराली गाउँ पनि हो । देउबहादुर दुराले आजभन्दा एक सय वर्ष अघि ठाडोभाका गीतको सिर्जना गरेको बुढा पाकाको भनाई छ । बर्धन गाउँ र तुर्लुङकोटको लेकमा गोठालो, खेलातो हुन जाँदा र साँझ विहानको समयमा गुनगुनाउँदै देउबहादुर दुराले ठाडोभाकाको सिर्जना गर्नु भएको थियो । दोहोरीको रुपमा उक्त गीतको सिर्जना गरी सकेपछि ती दिनमा आजको जस्तो पुरुष र महिलाका बीचमा गाउँने प्रचलन नभएको हुँदा देउबहादुरले आफू पुरुष र आफ्ना दौतरी पञ्चैसुब्बा गुरुङलाई महिलाको भूमिकाबाट उक्त गीत गाउन लगाउने गरेको बताइन्छ ।
त्यसको केही वर्षपछि दुवैतर्फ पुरुषले गाउदा गीतबाट सिर्जिनु पर्ने मौलिकपन र रौनक आउन नसकेको ठान्दै देउबहादुर दुराले आफ्ना चेलीबेटीलाई उक्त गीत सिकाउनु भएर गाउँ समाजमा फैलिएको पाइन्छ । खासगरी शिवरात्रीको मेलामा बर्धन गाउँको निकट रहेको करापुटार महादेवको २ दिने मेलामा उक्त गीत गाउन थाले पछि यस गीतको प्रचार हुन थालेको हो । करापुटारको मेला दुई दिन मात्र लागे पनि देउबहादुर र पञ्चैसुब्बाको जोडीले सात दिन सात रातसम्म ठाडोभाका गाउने गरेको बुढापाकाबाट आज पनि सुन्न पाइन्छ । ठाडोभाकाका गायक समेत रहेका स्थानीय ७३ वर्षीय जितसुब्बा दुराले भन्नुभयो, ‘ठाडोभाका अत्यन्तै रसलेपूर्ण भएको गीत हो, यसमा मायापिरतीका कुरा, धर्म संस्कृति, रामायण, महाभारतदेखि वर्तमानको विकृति विसंगतिका बारेमा पनि गीतमै गाउन सकिन्छ ।’ ठाडोभाकाका सर्जक देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले सात दिन सात रातसम्म यो गीत गाएको आफूले केटाकेटी छदा सुनेको उहाँले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘ऐले त म बुढो भयो तर पनि एक रात र दिन त म अझै गाउन सक्छु जस्तो लाग्छ ।’ यसरी ठाडोभाकामा दोहोरी गाउँदै गर्दा पछि दोहोरी गीत गाउन शुरु भएको हो भन्ने भनाई पनि छ ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले ऐतिहासिक थलो बर्धन गाउँमा ठाडोभाकाको छायांकन हुनु आफैमा गौरवको कार्य भएको र ठाडोभाका संरक्षणका लागि यो कार्य कोशेढुंगा हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठाडोभाकाको संरक्षण र प्रवर्धनका लागि हरेक वर्ष कम्तिमा यौटा प्रतियोगिता सञ्चालन गर्ने र यस वर्षको प्रतियोगिता यहि थलोमा गर्ने भएका छौं ।’
सो वडाका अध्यक्ष रामचन्द्र भण्डारीले भन्नुभयो, ‘ठाडोभाकाको उत्थानका लागि प्रतिष्ठानबाट गरिने ठाडोभाकाको प्रतियोगिता सहित यो थालोलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा चिनाउने लगायतका कार्यक्रमलाई नगरपालिकाको तर्फबाट आफू सहयोगका लागि सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्दछु ।’
नमस्को युनिट पोखराद्वारा छायांकन गरिएको उक्त ठाडोभाका गीतमा बुद्धिमान दुरा धम्पु र उनका गायन जोडी सीता दुराले संयुक्त लेखन एवम् मुख्य स्वर दिनु भएको छ भने छवि सुवेदीको निर्देशन रहेको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’को पहलमा सो कार्य गरिएको हो । प्रेम गुरुङको फोटोग्राफी रहेको उक्त गीतको नृत्यमा धम्पु दुरा आफ्नै भूमिका छ । संगीतमा आवश्यक पर्ने तीन तत्व बागिना, बाध्यबादन, गीत र नाच तीनै विधा हत्तपत्त जो कसैलाई आउदैन तर ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा धम्पुमा तीनवटै प्रतिभा उत्तिकै देख्न सकिन्छ ।
छायांकनको समापन कार्यक्रममा उक्त गीतमा बारेमा दुराभाषा अभियन्ता एवम् भाषा विज्ञ मुक्तिनाथ घिमिरेले संक्षिप्त समीक्षा गर्नु भएको थियो । उहाँले गीतमार्फत धर्तीलाई ढोग्ने, दशैंतिहार राम्रोसँग मान्न नपाएको दुखेसो, माया पिरतीका कुरा, राष्ट्रप्रेम, चेलीबेटी बेचविखनदेखि हास्यव्यङ्ग्य, उखान हास्यरस र नैरास्यता पनि समेटिएको आफूले पाएको बताउनु भयो । ठाडोभाका मनको बिहर वा भावना फुकाउने गीत हो तर आजको गायनमा कतै कतै गफ गरेको जस्तो पनि देखियो, यो कमजोर पक्ष हो अन्य सबै राम्रो छ उहाँले उल्लेख गर्नु भयो ।
हाल बुर्नाईमा रहेका बर्धन गाउँका हिमानसिंह दुरा (धम्पुका साला)ले आफ्नो गाउँको इतिहासलाई बाहिर ल्याउनु प¥यो, तपाई त्यस्तो ठूलो गायक भएर पनि आफ्नो ससुराली गाउँका लागि केही गर्नु भएन, गर्नु हुन्न ? भन्ने गुनासो र अनुरोधमा ठाडोभाकाको यो छायांकनको काम गरिएको धम्पु दुराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हिमानसिंहको कुराले साह्रै मन छोयो र हामीले तीन दिनमै यो गीत तयार गरेर छायांकनको प्रवन्ध गरेका हौं ।’
नमस्को युनिट पोखराद्वारा छायांकन गरिएको उक्त ठाडोभाका गीतमा बुद्धिमान दुरा धम्पु र उनका गायन जोडी सीता दुराले संयुक्त लेखन एवम् मुख्य स्वर दिनु भएको छ भने छवि सुवेदीको निर्देशन रहेको छ । उहाँहरूलाई गायनमा साथ दिनेमा पुरुषतर्फ जितसुब्बा दुरा, लालसुब्बा दुरा र हरिबहादुर दुरा हुनुहुन्छ । यसैगरी, महिलातर्फ सहायक स्वर दिनेहरूमा उमा गुरुङ, हस्तमाया दुरा, प्रतिमा गुरुङ र राधा भण्डारी हुनुहुन्छ । बाध्यबादनको कार्य पुरुष गायकबाट भएको थियो । प्रेम गुरुङको फोटोग्राफी रहेको उक्त गीतको नृत्यमा धम्पु दुरा आफ्नै भूमिका छ । संगीतमा आवश्यक पर्ने तीन तत्व बागिना, बाध्यबादन, गीत र नाच तीनै विधा हत्तपत्त जो कसैलाई आउदैन तर ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा धम्पुमा तीनवटै प्रतिभा उत्तिकै देख्न सकिन्छ ।
छायांकन समारोहको थालनीमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले ठाडोभाकाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा प्रतिष्ठानले गरिआएका प्रयासका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले ऐतिहासिक थलो बर्धन गाउँमा ठाडोभाकाको छायांकन हुनु आफैमा गौरवको कार्य भएको र ठाडोभाका संरक्षणका लागि यो कार्य कोशेढुंगा हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठाडोभाकाको संरक्षण र प्रवर्धनका लागि हरेक वर्ष कम्तिमा यौटा प्रतियोगिता सञ्चालन गर्ने र यस वर्षको प्रतियोगिता यहि थलोमा गर्ने भएका छौं ।’
सोही वडाका अध्यक्ष रामचन्द्र भण्डारीले लमजुङको पहिचान र गौरवको रुपमा रहेको ठाडोभाकाको संरक्षणका लागि त्यसका सर्जकका नाउँमा स्मृति भवन मात्र नगरपालिकासँग मिलेर निर्माण गरिएको तर धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठाडोभाकाको उत्थानका लागि प्रतिष्ठानबाट गरिने ठाडोभाकाको प्रतियोगिता सहित यो थालोलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा चिनाउने लगायतका कार्यक्रमलाई नगरपालिकाको तर्फबाट आफू सहयोगका लागि सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्दछु ।’
स्थानीय युवा लालजंग दुराले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । लमजुङ पानी आमा समूहका अध्यक्ष विविमाया दुराले स्वागत गर्नु भएको थियो ।
छायांकनको समापन कार्यक्रममा उक्त गीतमा बारेमा दुराभाषा अभियन्ता एवम् भाषा विज्ञ मुक्तिनाथ घिमिरेले संक्षिप्त समीक्षा गर्नु भएको थियो । उहाँले गीतमार्फत धर्तीलाई ढोग्ने, दशैंतिहार राम्रोसँग मान्न नपाएको दुखेसो, माया पिरतीका कुरा, राष्ट्रप्रेम, चेलीबेटी बेचविखनदेखि हास्यव्यङ्ग्य, उखान हास्यरस र नैरास्यता पनि समेटिएको आफूले पाएको बताउनु भयो । ठाडोभाका मनको बिहर वा भावना फुकाउने गीत हो तर आजको गायनमा कतै कतै गफ गरेको जस्तो पनि देखियो, यो कमजोर पक्ष हो अन्य सबै राम्रो छ उहाँले उल्लेख गर्नु भयो ।
एक घण्टा ३५ मिनेटको हुने उक्त गीतमा निर्देशन छवि सुवेदी र छायांकनको मुख्य भूमिका नमस्ते रेकर्डिङ सेन्टर पोखराले गरेको छ । एक महिना भित्रै उक्त गीतलाई सार्वजनिक गरिने छायांकन कार्यको संयोजन गर्ने धम्पु दुराले जानकारी दिनुभयो ।
उक्त अवसरमा स्थानीय लमजुङे पानी आमा समूहका पदाधिकारीहरूले धम्पु दुरा र सीता दुरालाई सम्मान गरेका थिए ।

No comments:
Post a Comment