राइनासको बिरौटागाउँलाई दलित नमुनावस्ती बनाउन अर्न्तक्रिया, सो कार्यका लागि डिपिआर तयार गरिने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, December 5, 2020

राइनासको बिरौटागाउँलाई दलित नमुनावस्ती बनाउन अर्न्तक्रिया, सो कार्यका लागि डिपिआर तयार गरिने

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङको बिरौटागाउँलाई दलित नमुनावस्ती बनाउन अर्न्तक्रिया गरिएको छ । राइनास नगरपालिका– ५ तिनपिप्ले स्थित दलित समुदायको वाहुल्य रहेको बिरौटा गाउँलाई नमुनावस्तीका रुपमा विकास गरिने भएको हो । 

त्यस कार्यलाई सार्थक बनाउन स्थानीय अगुवा र विभिन्न क्षेत्रमा क्रियाशील दलित समुदायका वुद्धिजीवीका वीचमा मंसिर १८ गते अर्न्तक्रिया गरिएको हो । कार्यक्रममा राइनास नगरपालिकाका शिक्षा शाखाप्रमुख समेत रहेका स्थानीय अगुवा पूर्ण नेपालीले वस्ती विकास, व्यवस्थापन र दलित मैत्री भवन निर्माणका क्रममा गरिएका अभ्यास र गाउँवस्तीको भौगोलिक अवस्थितिसँगै वस्तुस्थितिको कार्यपत्र कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यपत्रमा वडा दलितमहिला सदस्य सान्नानी उपरकोटी, राइनास दलित सञ्जालका अध्यक्ष शंकर नेपालीले टिप्पणी गर्नु भएको थियो । 

यसैगरी, स्थानीय अगुवाहरु राजेन्द्र सिर्मल, रामशाली नेपाली, राम सिर्मल, सुमन विक, प्रकाश विक, चन्द्र विक, सन्दीप परियार, राजु उपरकोटी लगायतले पनि गाउँमा भएका सकरात्मक प्रयास र अभ्यासका बारेमा जानकारी दिनु भएको थियो । 

सो वस्तीलाई गण्डकी प्रदेशकै नुमनावस्तीका रुपमा विकास गराउँदै समयानुकूल वस्ती व्यवस्थापन गराउने उद्देश्यले सरोकारवालाहरुसँग अन्र्र्तक्रिया गरिएको दलितमैत्री भवन तथा वस्ती व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर उपरकोटीले बताउनु भयो । उहाँका अनुसार नमुनावस्ती निर्माणका अभ्यास, भावी योजनाका बारेमा जानकारी गराउनुका साथै क्षेत्रगत अध्ययन र अनुभवका आधारमा आवश्यक राय, सुझाव र परामर्श आदानप्रदान गर्न  अर्न्तक्रिया गरिएको हो । उहाँले भन्नुभयो, ‘दलितमैत्री भवन तथा वस्ती व्यवस्थापनका लागि दुई दिनसम्म भएको चरणवद्ध  अर्न्तक्रियामा जनप्रतिनिधि, निजामति सेवा, गैह्रसरकारी सेवा, शिक्षण सेवा, मानव अधिकारकर्मी, व्यापार–व्यवसाय, नेतृत्व विकास तथा पत्रकारिता क्षत्रेमा आवद्ध विषयविज्ञ, क्षेत्रगत अनुभवी व्यक्तिको सहभागिता थियो ।’ 

सहभागीहरुबाट आ–आफ्नो विषयविज्ञता, अध्ययन केन्द्रित विद्वता र क्षेत्रगत कार्यअनुभवका आधारमा राय, सुझाव सल्लाह प्राप्त भएको र कार्यक्रम उपलब्धीपूर्ण रहेको उहाँको भनाई छ । उहाँका अनुसार नमुनावस्तीको योजनालाई स्मार्टभिलेजको अवधारणासँग जोडेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने कामलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने सुझाव दिईएको राइनास 


नगरपालिकाका शिक्षा शाखाप्रमुख एवं स्थानीय अगुवा पूर्ण नेपालीले बताउनु भयो । उहाँका अनुसार, वस्ती भित्र मापदण्ड अनुरुप मुख्य सडकदेखि पहुँचमार्ग, आन्तरिक सडक, पैदलमार्ग तथा उचित स्थानमा घर, गोठ, शौचालय र स्नानगृह लगायतका आवश्यक संरचना निर्माण गर्नुपर्ने सुझाव पनि सहभागीले दिए । उहाँले भन्नुभयो, ‘वस्तीको समग्र विकास र व्यवस्थापनको लागि सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, पर्यवरणीय पक्ष सँगै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, सूचना प्रविधि, रोजगारी, स्वरोजगारी, आयआर्जन, व्यवसायिक सीप जस्ता विषयमा मेलखाने गरी मिहिन अध्ययनका साथ योजना निर्माणको आवश्यक रहेको हुँदा ती विषयलाई डिपिआरमा समेटिने छ ।’

औपचारिक शिक्षासँगै अनौपचारिक रुपमा सचेतनामूलक, व्यवसायमुलक, नेतृत्व विकास, योजना निर्माण, समुह निर्माण र सामुहिक कार्य जस्ता विषयमा स्थानीयलाई चनाखो, दक्ष, क्षमतावान र सीपयुक्त बनाउन सके प्रभावकारी ढंगले अघि बढ्न सकिने सुझाव समेत सहभागीबाट प्राप्त भएको राइनास दलित सञ्जालका अध्यक्ष शंकर नेपालीले बताउनु भयो ।  उहाँका अनुसार राजनीतिक क्षेत्रमा दलित समुदायको बुझाई, खबरदारी र पहुँच नपुगेका कारण समुदायमा आवश्यकतानुरुप बजेट विनियोजन हुन नसक्ने संभावना हुने हुँदा समुदायमा साझा र पूर्वाग्रह रहित राजनैतिक बुझाई कायम गराउनु आवश्यक रहेको सुझाव समेत प्राप्त भएको छ ।         

सो अवसरमा बेसीशहर, सुन्दरबजार, मध्यनेपाल र राइनास नगरपालिका, दोर्दी र  मर्स्याङ्दी गाउँपालिकाका विभिन्न वस्तीबाट सहभागिता थियो । कार्यक्रममा बेसीशहर नगर कार्यपालिका सदस्य एवं प्रवक्ता अजय मजाकोटी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसान संगीत नेपाली, शान्ति मावि कुन्छाका सहायक प्रधानाध्यपक उत्तम बसेल, च्वाईस ह्युमेनेटेरियन नेपालका जिल्ला संयोजक सुकराम दुलाल, दलित सेवा संघ लमजुङका अध्यक्ष एवं मानवअधिकारकर्मी डिवि मजाकोटी, पूर्वाधार कार्यालयका लेखा अधिकृत बलबहादुर अछामी, मिजार समाज नेपालका केन्द्रीय संयोजक एवं युवा व्यवसायी राज रम्तेल, जातीय अधिकारकर्मी एवं युनिभर्सल बोर्डिङ स्कुल बेसीशहरका सहायक प्रधानाध्यपक प्रेम रम्तेल, शान्ति माविका शिक्षक भरत बसेल, शारदा माविका शिक्षक राजेन्द्र बसेल, जातीय अधिकारकर्मी रोनिश परियार, व्यवसायिक कृषि अभियान्त एवं वातावरण विज्ञानकी अध्ययेता गोमा जिनी नेपाली लगायत सहभागिता थियो । 

दलित मैत्री भवन तथा वस्ती व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर उपरकोटीको अध्यक्षतामा भएको कार्यक्रममा राइनास नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक समेत रहनु भएका स्थानीय युवा रामकुमार नेपालीले सहजीकरण गर्नु भएको थियो । 

No comments:

Post a Comment