बिष्णुकुमार श्रेष्ठ, व्यूरोप्रमुख/अन्तरङ्ग
सुन्दरबजार– लमजुङमा ८८ प्रतिशत कोरोना संक्रमितले कोरोना जित्न सफल भएका छन् । स्वाव परीक्षणपछि आइसोलेसनमा रहेका उनीहरु निको भई घरमा फर्किएको जिल्ला प्रशासन कार्यालयले मंसिर २१ गते जनाएको छ ।
लमजुङमा कोरोना सन्क्रमितको संख्या ७०२ पुगेको छ । कोरोना संक्रमण पुष्टि भएकाहरू मध्ये ६१६ जनाको कोरोना निको भएको छ । लमजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ८६ जना रहेको जिल्ला प्रसासन कार्यलय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी एबम सुचना अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार लमजुङको सुन्दरबजार नगरपालिकामा ३१ जना, बेसीशहर नगरपालिकामा २७ जना, मध्यनेपाल नगरपालिकामा १४ जना, आइसोलेसनमा रहेका छन् । त्यस्तै, राइनास नगरपालिकामा ५ जना, दुधपोखरी गाउँपालिकामा ३ जना, दोर्दी गाउँपालिकामा २ जना तथा मस्र्याङ्दी गाउँपालिका र क्ब्होलासोथार गाउँपालिकामा १÷१ जना छन् । त्यसैगरी जिल्ला बाहिरका २ जना गरी ८६ जना सक्रिय संक्रमितरहेका जिल्ला प्रसासन कार्यलय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी एबम सुचना अधिकारी काजीमान सुनारले जानकारी दिनु भयो ।
लमजुङमा हालसम्म १ जना महिला र ६ जना पुरुष गरी ७ जनाको कोरोना संक्रमितको मृत्यु हुन गएको छ ।

No comments:
Post a Comment