विविसी
लन्डन– कोरोना भाइरस विरुद्धको यो पहिलो खोपले ९० प्रतिशत सुरक्षा दिलाउन सक्ने हालैको नयाँ अध्ययनले देखाएको छ । खोप निर्माणकर्ता ‘फाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको कार्तिक २४ गते घोषणा गरेका हुन् ।
अहिले विश्वभर एक दर्जन भन्दा बढी कम्पनीहरू परीक्षणको अन्तिम चरणमा छन् । तर ती मध्येमा पनि फाइजर नतिजा सार्वजानिक गर्ने पहिलो कम्पनी बनेको छ । फाइजरका प्रमुख डाक्टर अल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरका मानिसहरुलाई यो विश्वव्यापी स्वास्थ्य संकटबाट निकाल्नको केबल एक कदम पछि छौँ ।’ बायोएनटेक कम्पनीका संस्थापकले पनि यो उपलब्धीलाई मानव इतिहासकै कोसेढुङ्गा बताएका छन् ।
अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरूमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको देखिएको हो । फाइजरका अनुसार यसले यो वर्षको अन्त्य सम्ममै ५ करोड डोज आपूर्ति गर्न सक्छ भने २०२१ को अन्त्यतिर १.३ अर्ब भन्दा बढी उपलब्ध गराउन सक्ने बताएको छ ।
उनीहरूले निर्माण गरेको खोप छ वटा देशमा ४३ हजार बढी मानिसहरूमा परीक्षण गरिएको थियो र सुरक्षा सम्बन्धी कतै केही समस्या देखिएको छैन । यस्तोमा कम्पनीले यही महिनाको अन्त्यमै आपत्कालीन प्रयोगका लागि स्वीकृति माग्न निवेदन दिने बताएको छ । खोपसहित उचित उपचार विधि नै विश्वभरका सबै मानिसहरूलाई हालका बन्देजबाट बाहिर निकाली सामान्य जीवनमा फर्काउने सबै भन्दा उत्तम तरिका भएको स्वास्थयविद्हरूले बताउँदै आएका छन् ।
यसले अन्य खोप भन्दा भिन्दै किसिमको अनुसन्धानात्मक विधि अपनाएको छ जसमा भाइरसको ‘जेनेटिक कोड’ को केही हिस्सा व्यक्तिलाई सुइ लगाएपछि त्यसै मार्फत शरीरको प्रतिरोधात्मक प्रणालीले यससँग लड्ने अभ्यास गरिरहनेछ । तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरूमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको देखिएको हो ।
फाइजरका अनुसार यसले यो वर्षको अन्त्य सम्ममै ५ करोड डोज आपूर्ति गर्न सक्छ भने २०२१ को अन्त्यतिर १.३ अर्ब भन्दा बढी उपलब्ध गराउन सक्ने बताएको छ । तर यसमा एक मात्र ठूलो चुनौति के छ भने सो खोपलाई ‘माइनस ८० डिग्री’ भन्दा कम तापमानको अधिक चिसोमा स्टोर गरि राख्नुपर्ने हुन्छ । त्यसैगरी यसबाट प्राप्त इम्युनिटी कतिन्जेलसम्म रहन सक्छ भन्ने प्रश्न पनि रहेको बताइन्छ ।
बेलायतले यो खोपको ३ करोड डोज पहिले नै अर्डर गरिसकेको छ ।

No comments:
Post a Comment