अन्तरङ्गको वर्ष– २९, अंक– ११, कार्तिक १३ गते, २०७७ मा प्रकाशित
भकुण्डे(लमजुङ)– बेसीशहर नगरपालिका– २ भकुण्डेमा ‘भकुण्डे एकीकृत कृषि फर्म’मार्फत १६ रोपनीमा केरा खेती गरिएको छ । पाँच लाख रुपैयाँ लगानी गरी एक यूवाले व्यवसायिक केराखेती शुरु गरेका हुन् ।
लकडाउनको समयको सदुपयोग गर्दै व्यवसायिक केराखेती गरेको ‘भकुण्डे एकीकृत कृषि फर्म’का प्रोपाइटर गोविन्द खड्काले बताउनु भयो । उहाँका अनुसार छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएको हुँदा केराखेती उपयुक्त लागेको हुँ । उहाँले भन्नुभयो, ‘आफू र आफ्नो परिवारले बेसीशहर– २को भकुण्डेमा रहेको १६ रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा ‘जी नाईन’ केराखेती लगाएका छौं ।’
अहिलेसम्मको लक्षणले उत्साहित नै बनाएको छ । यसले आउँदो फागुनबाट पसाउन थाल्ने र यो केराखेतीबाट ३/४ बर्षमा २० लाख आम्दानी हुने अपेक्षा गरिएको खड्काले बताउनु भयो । उहाँले भन्नुभयो ‘केराको बजार राम्रो छ, स्थानीय क्षेत्रमा नै खपत हुन्छ । त्यसैले परिवारनै उत्साह पूर्वक लागेका छौ ।’
परम्परागत खेतीले निर्वाह मात्र हुने र आम्दानी लिन नसक्ने भएको हुँदा आफ्नो सिंगो परिवार नै केराखेतीमा जुटेको गोविन्द खड्काले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘करिब ३/४ महिना अघिदेखि तयारी गरिएको जमिनमा वीरगञ्जबाट ढुवानीसहितप्रति विरुवा करिब ६० रुपैयाका दरले २ हजार केराका विरुवा ल्याएर रोप्ने काम गरेका हौं ।’
अहिलेसम्मको लक्षणले उत्साहित नै बनाएको छ । यसले आउँदो फागुनबाट पसाउन थाल्ने र यो केराखेतीबाट ३/४ बर्षमा २० लाख आम्दानी हुने अपेक्षा गरिएको खड्काले बताउनु भयो । उहाँले भन्नुभयो ‘केराको बजार राम्रो छ, स्थानीय क्षेत्रमा नै खपत हुन्छ । त्यसैले परिवारनै उत्साह पूर्वक लागेका छौ ।’ गोविन्दको परिवारमा बुवा– आमा, दाजु, भाउजु, श्रीमती र छोराछोरी हुनुहुन्छ । दाजु डा. श्रीराम खड्का चिकित्सा सेवामा भएर पनि सरसल्लाह दिदै आएको उहाँले उल्लेख गर्नु भयो । उहाँका अनुसार ‘राम्रो आम्दानी हुने अपेक्षा छ, त्यसैले यो फर्ममार्फत आउँदो हिउँदमा पनि थप १०– १२ रोपनीमा केरा खेती थप गर्ने योजना बनाएका छौं, साथमा डेढ सय बोयर जातको बाख्रा पालनका लागि गोठको निर्माण कार्य पनि थालिएको छ ।’
बेसीशहर क्षेत्र पाकेको केराको पनि बजार राम्रो छ । त्यस्तै, काँचो केराबाट मम, खिर, पकौडा, फि·र चिप्स, अचार, चिल्ली, रोटी लगायतका खाद्य परिकार समेत बन्दछन् । नेपालको तराई जिल्लाहरुमा पहिलेदेखि नै केरा खेती गरिदै आएको भएता पनि पछिल्लो समय पहाडी क्षेत्रमा समेत व्यवसायिक रुपमा केरा खेती शुरु भएको छ ।


No comments:
Post a Comment