लमजुङमा कोरोना अपडेट संक्रमित छ सय नजिक, कोरोना जितेर घरमा फर्किनेहरूको संख्या ५२५ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, November 12, 2020

लमजुङमा कोरोना अपडेट संक्रमित छ सय नजिक, कोरोना जितेर घरमा फर्किनेहरूको संख्या ५२५

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङ जिल्लामा कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमण हुने कुल संख्या छ सय नजिक पुगेको छ । कार्तिक २७ गतेका दिन ९ जना संक्रमित थप भएसँगै संक्रमितको संख्या ५९४ पुगेको हो । नयाँ थप भएका संक्रमितमध्ये तीन जना महिला र छ जना पुरुष छन् । उनीहरू सबै कन्ट्याक टे«सिङका आधारमा संक्रमित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


जिल्लामा आजसम्म कोरोनाबाट संक्रमित भएकाहरू मध्ये १४२ जना महिला र ४५२ जना पुरुष गरी ५९४ संख्या पुगेको हो । यसैगरी, कोरोना जितेर घरमा फर्किनेहरूको संख्या ५२५ रहेको छ । तीमध्ये १२४ जना महिला र ४०१ जना पुरुषहरूले कोरोना जित्न सफल भएका छन् । यतिबेला आइसोलेसनमा बस्नेहरूको संख्या ५९ रहेको छ तीमध्ये महिला १८ र पुरुष ५१ जना छन् ।

संक्रमितहरू बेसीशहर नगरपालिकाका ६ जना र सुन्दरबजार नगरपालिकाका ३ जना रहेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बेसीशहर– ३ का ५२ वर्षीय महिला, सोही नगरपालिका– ३, ५, ७, ८ र ९ का एक एक जना पुरुष छन् । उनीहरूको उमेर क्रमशः २७, ३७, ५६, ५६ र ७१ रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, सुन्दरबजार नगरपालिका– ८ का ३८ र ३९ वर्षीय महिला र सोही नगरपालिका– १ का ५८ वर्षीय पुरुष रहेका छन् । 

जिल्लामा आजसम्म कोरोनाबाट संक्रमित भएकाहरू मध्ये १४२ जना महिला र ४५२ जना पुरुष गरी ५९४ संख्या पुगेको हो । यसैगरी, कोरोना जितेर घरमा फर्किनेहरूको संख्या ५२५ रहेको छ । तीमध्ये १२४ जना महिला र ४०१ जना पुरुषहरूले कोरोना जित्न सफल भएका छन् । 

यतिबेला आइसोलेसनमा बस्नेहरूको संख्या ५९ रहेको छ तीमध्ये महिला १८ र पुरुष ५१ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले दस्तखत गर्नु भएको उक्त विज्ञप्तिमा संक्रमितको अवस्था सामान्य रहेको उल्लेख छ । 

No comments:

Post a Comment