अन्तरङ्ग संवाददाता
लमजुङ । नेपाली राजनीतिका शिर्ष नेता, युग पुरुष विपी कोइरालाको लमजुङमा रहेको पुख्र्यौली थलोमा धार्मिक पर्यटक विकास गरिने भएको छ । त्यसको गुरुयोजना सार्वजनिक गरिएको छ । सम्बन्धित वडा र नगरपालिकाको पहलमा सो थलोमा पार्क बनाइने भएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका– १० को नेटा थान्सिङकोटमा रहेको मालिकामाई मन्दिर र सो क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुरुयोजना तयार गरिएको हो । कोइरालाहरूको पैतृक स्थलमा रहेको ख्याति प्राप्त मालिका मन्दिर क्षेत्रको विकासमा करिब चार करोडको गुरुयोजना सार्वजनिक गरिएको छ । मालिकालाई कोइराला परिवारको कुलदेवता समेतका रुपमा चिनिन्छ । उक्त थलो नेपाली राजनीतिका युग पुरुष नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समेत पुख्यौैली थलो भएको हुँदा यसको विशेष महत्व रहेको र यो क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि गुरु योजना निर्माण गरिएको सो वडाका अध्यक्ष रामचन्द्र भण्डारीले बताउनु भयो । उहाँका अनुसार त्यसैले वडा समिति र नगरपालिकाको संयुक्त पहलमा यो क्षेत्रलाई बिपी(विश्वेश्वरप्रसाद कोईराला) पार्क निर्माण गर्ने योजनाका साथ गुरु योजनामा समावेश गरिएको छ । उहाँले भन्नुभयो ‘विपी पार्का सहित मन्दिरको भौतिक संरचनासँगै आसपासका अन्य धार्मिक, पुरातात्विक, पर्यवरणीय र पर्यटकीय महत्वका संरचना निर्माण गरी त्यस क्षेत्रलाई सुव्यवस्थित बनाउने उद्देश्यले गुरुयोजना निर्माण गरिएको हो ।’मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले एक कार्यक्रम बीच उक्त गुरुयोजना सार्वजनिक गर्दै मध्यनेपाल धार्मिक महत्वले निकै अगाडि रहेको बताउनु भयो । उहाँले यो वडामा रहेको मालिका मन्दिरले जिल्लाकै गौरव बढाउने काम गरेको यसलाई क्षेत्रलाई जननायक विपी पार्कको रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न लागिएको बताउनु भयो । उहाँले मालिकामाई क्षेत्रको विकासको लागि गुरुयोजना अनुरुप काम नगरपालिकाले वडासँग मिलेर गर्ने र सम्बन्धित् कार्यालय वा निकायमा पनि यसको निर्माणका लागि पहल गर्ने बताउँदै बिजुली, खानेपानी र तत्काल आवश्यक पर्ने संरचना सहित पार्क निर्माणका कामहरू प्राविधिक अध्ययन गरी छिट्टै थालिनेमा प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले यसै नगरपालिका– ७ को करापुटारमा रहेको इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिर, तान्द्राङकोट स्थित नागभैरव थान, टक्सारमा रहेका देवीथान, शिवालय पाञ्चायन मन्दिर र थान्सिङकोट स्थित मालिकामाई मन्दिर देवालयहरूका स्थानले नगरपालिको धार्मिक महत्व र संभावना निकै उँचो रहेको स्मरण गर्नु भयो । उहाँले भन्नुभयो, ‘यी आस्था र विश्वासका धरोहर र निधिहरूलाई व्यवस्थित बनाई धार्मिक घुम्ति पदयात्राको विकास गर्नुका साथै आवश्यक प्रचारप्रसार गरेर देशविदेशबाट ठूलो संख्यामा श्रद्धालुभक्तजन र धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ नगरपालिका अघि बढेको छ ।’
मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले एक कार्यक्रम बीच उक्त गुरुयोजना सार्वजनिक गर्दै मध्यनेपाल धार्मिक महत्वले निकै अगाडि रहेको बताउनु भयो । उहाँले यो वडामा रहेको मालिका मन्दिरले जिल्लाकै गौरव बढाउने काम गरेको यसलाई क्षेत्रलाई जननायक विपी पार्कको रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न लागिएको बताउनु भयो । उहाँले मालिकामाई क्षेत्रको विकासको लागि गुरुयोजना अनुरुप काम नगरपालिकाले वडासँग मिलेर गर्ने र सम्बन्धित् कार्यालय वा निकायमा पनि यसको निर्माणका लागि पहल गर्ने बताउँदै बिजुली, खानेपानी र तत्काल आवश्यक पर्ने संरचना सहित पार्क निर्माणका कामहरू प्राविधिक अध्ययन गरी छिट्टै थालिनेमा प्रतिवद्धता व्यक्त गर्नु भयो ।
वडाध्यक्ष रामचन्द्र भण्डारीले समग्र वडाको विकासका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गराउने लक्ष्यका साथ ४ लाख रुपैयाँको लागतमा मालिकामाई क्षेत्र विकासको गुरुयोजना निर्माण गरिएको बताउनु भयो । उहाँले वडाको विकासका काम गर्ने क्रममा थुप्रै वाधा, अवरोध खेपेरै पनि वडाको चौतर्फी विकासमा आफूहरू लागि परेको उल्लेख गर्नु भयो । मालिका मन्दिर संरक्षण समितिका अध्यक्ष बिरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयअगुवा रणबहादुर गुरुङ लगायतले शुभकामना तथा वडा सदस्य गुनामाया थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा स्थानीय मालिका चण्डी आमा समुहले अतिथिहरूलाई टीका र मालाद्वारा विशेष स्वागत गरेका थिए ।
उक्त मन्दिरमा बाख्राका स–साना पाठी र परेवा बली चढाई पूजा गर्ने र पुजाको प्रसाद घरमा नलगि मन्दिर परिसरमै पकाएर खाने प्रचलन रहेको उनीहरूको भनाई छ । उक्त मन्दिरमा पुजा गर्न लमजुङका अतिरिक्त तनहूँ, गोर्खा, कास्की, चितवन, काठमाडौलगायतका विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू मन्दिरमा पूजाआज तथा दर्शनका लागि आउने गरेको अर्का पुजारी रामकृष्ण कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा पुजारीद्वय हरिश्चन्द्र कोइरालाले मन्दिरको पुजा विधिको प्रकाश पार्दै मन्दिरसँग सम्बन्धित अन्य गतिविधिलाई व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार मालिका मन्दिरमा पुजाआजा गर्दा स्थानीयबासीमा आफूले चाहेको मनोकाक्ष पुरा हुने, घरपरिवारको सुखशान्ति र कल्याण गर्ने, खेतीबाली र पशुपंक्षीको रक्षा गर्ने धार्मिक विश्वास रहेको छ ।
झण्डै २५ रोपनी क्षेत्रफलमा रहेको उक्त मन्दिरको गुरुयोजना चार लाख रुपैयाँ रहेको र त्यस अन्तरगत मालिकाको मुख्य मन्दिर, गणेश मन्दिर, पुजारी घर, चौतारो, पोखरीका संरचना निर्माण गरिने इञ्जिनीय विदुर घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार पार्कलाई तारबार गरिने कार्यक्रम समेत गुरुयोजनामा रहेको छ ।
उक्त गुरुयोजनाको विस्तृत नक्शाङ्कन सर्वे र डिजाइनको काम आइफिल इञ्जिनिरिङ कन्सल्टेन्सी प्रालिले गरेको नगरपालिकाका इञ्जिनियर ठाकुर घिमिरले जानकारी गराउनु भएको थियो ।


No comments:
Post a Comment