ट्रम्पले हार स्विकार गरेनन्, वाइडेनद्वारा सपथको तयारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, November 12, 2020

ट्रम्पले हार स्विकार गरेनन्, वाइडेनद्वारा सपथको तयारी

अन्तरङ्गको वर्ष–  २९, अंक– १३, कार्तिक २७ गते, २०७७ मा प्रकाशित  

न्यूयोर्क– अमेरिकाको ४६औं राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन् । बाइडेन राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । तर वर्तमान राष्ट्रपनि रोनाल्ड ट्रम्पले कार्तिक २६ गते साझ यो समाचार तयार गर्दासम्म आफ्नो हार स्विकार गरिसकेका छैनन्् ।

महसुर प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै डेमोक्रेटिक पार्टीका ७७ वर्षीय उम्मेदवार जो बाइडेनलाई सबैभन्दा अघि सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको २२ गतेनै घोषणा गरेको हो । उसले आफ्नो समाचारमा राष्ट्रपतिका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको जनाएको हो । तर ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर गर्नुका साथै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत नदिएको समाचार आएका छन् ।

ट्रम्पभन्दा बाइडन ४ वर्ष जेठा हुन् । आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरूले मतदान गरेपछि बाइडन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ । र, जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् । 

यसैबीच, अन्तर्राष्ट्रिय पर्यवेक्षकले अमेरिकी चुनावमा धाँधली भएको छैन भनेका छन् । उनीहरूको यो भनाईले ट्रम्पलाई अर्काे धक्का लागेको आम बुझाई छ । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका हुन् । 

३ नोभेम्बर अर्थात कार्तिक १८ गते सम्पन्न भएको निर्वाचनमा बाइडेनले २९३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी ट्रम्पले २१४ इलेक्टोरल कलेज मत पाएका छन् । सन् २०२० को निर्वाचनमा बाइडेन विजयी भएसँगै सन् १९९० पछि एक कार्यकाल मात्र अमेरिकी राष्ट्रपति बन्रुने ट्रम्प पहिलो व्यक्ति बनेका छन् । बाइडेनले सात करोड ३० लाख मत प्राप्त गरेका छन् । यो अमेरिकी इतिहासकै सबैभन्दा दोस्रो ठूलो मत हो । यस वर्ष सन् १९०० पछि पहिलो पटक अमेरिकामा सबैभन्दा बढी मत खसेका थिए । 

यसअघि मत गणना जारी रहँदै राष्ट्रपति उमेदवार ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए । उनले धाँधली भएको भन्ने कुनै पनि प्रमाण पेश गर्न नसकेता पनि मतगणनामा समेत अनियमितता भएको दावी गर्दै आएका छन् । ट्रम्पको अभियानले विभिन्न राज्यहरूमा धाँधली भएको भन्दै कानुनी उपचारको खोज्दै उजुरी दिएबाट उनले हार स्किार नगरेको पुष्टि हुन आएको हो ।

बाइडेन १९७२ मा डेलावेरबाट अमेरिकी सिनेटका रुपमा निर्वाचित हुँदा अमेरिकी इतिहासकै छैठौँ सबैभन्दा कम उमेरका सिनेटर बनेका थिए ।  यतिबेला भने उनी राष्ट्रपति भएमा अमेरिकी इतिहासकै सबैभन्दा बढी उमेरका राष्ट्रप्रमुख हुने भएका छन् ।  

जो बाइडेन राष्ट्रपतिमा विजयी भएसँगै उनले ओबामाको बिरासत थाम्नेछन् भन्ने विश्वास गरिएको छ । बाइडेनले भनेका छन्, ‘यदि हामीले डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आठवर्ष रहन दियौँ भने उनले यो देशको छवि अनि हामी आज जे छौँ त्यसलाई सधैँका लागि बदलिदिनेछन्, र म कदापी त्यस्तो भएको हेरेर बस्न सक्दिन ।’ 

डेमाक्रेट पार्टीका जो बाइडेन अमेरिकाका ४६औँ उपराष्ट्रपति निर्वाचित भएसँगै तेस्रोपटक ह्वाइट हाउस प्रवेश भाग्यशाली व्यक्ति पनि बनेका छन् । २००८ मा पनि बाइडेन डमोक्रेटिक उमेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए र पछि मात्र त्यस अभियानबाट बाहिरिँदै ओबामाको साथ दिएका हुन् । 

ओबामाको ८ वर्ष लामो कार्यकालमा बाइडेन प्रायः उनको साथैमा देखा पर्दथे जसकारण पनि ‘अफोर्डेबल ‘केयर एक्ट’ अनि आर्थिक मन्दीको प्रतिक्रियामा ‘स्टिमुलस प्याकेज’ लगायत ओबामाले शुरु गरेका सुधारगत् कार्यक्रमको विरासत थाम्न उनलाई सबैभन्दा योग्य मानिएको छ ।  बाइडेनले आधा शताब्दी भन्दा लामो समय सार्वजनिक सेवा क्षेत्रमा बिताइसकेका छन् जुन अनुभव ओबामा प्रशासनमा अधिक उपयोगी साबित भएको थियो । 

बाइडेनलाई सत्ताको सुख जस्तो व्यक्तिगत जीवनमा भने सफलता मिलेको छैन मध्यम वर्गीय परिवारबाट माथि उठेका उनको जीवनमा धेरै दुःखद् घटनाहरू घटेका छन् । चुनाव प्रचार अभियानका क्रममा समेत आफ्ना व्यक्तिगत जीवनका घटनाहरू उनले धेरैपटक बताइसकेका छन् । उनकी पहिलो पत्नी र सानी छोरीको कार दुर्घटनामा १९७२ मा सिनेटको दौडमा पहिलो जित हासिल गरेको केही दिनमै परि मृत्यु भएको थियो । जसपछि उनले दुर्घटनाबाट बचेका आफ्ना दुई साना छोराहरू लिएर अस्पतालबाटै शपथ ग्रहण गरेका थिए ।  उक्त घटनाले त्यसबेला देशव्यापी ध्यानाकर्षण गराएको थियो । तर ती मध्येका कान्छा छोराको पनि २०१५ मा ब्रेन क्यान्सर भइ मृत्यु भएको हो ।  जसकै कारण बाइडेनले सुलभ स्वास्थ्य सेवालाई सबैभन्दा प्राथमिकतामा राख्दै आएको बताउने गरेका छन् । 

यी र यस्तै अनुभवले बाइडेनलाई आज उदार, संयम र पारिवारिक व्यक्तिको छबि दिलाएको छ । महामारीले बाइडेनको धैर्यताको झन बढी परीक्षा लिएको देखिन्छ । तर पनि उनले सुरुवातदेखि नै अत्यन्तै सावधानीपूर्वक चुनाव प्रचार अभियान सञ्चालन गर्दै आए जुन ट्रम्पका ठुल्ठुला ¥याली भन्दा ठीक विपरीत शैली थियो । यही रणनीतिले बाइडेनलाई जिम्मेवार राजनीतिज्ञको छवि दिलाउँदै मतदाताहरूलाई प्रभावित गर्न पनि सफल भएको देखिन्छ । 

ट्रम्पभन्दा बाइडन ४ वर्ष जेठा हुन् । आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरूले मतदान गरेपछि बाइडन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ । र, जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।

यसैगरी, उपराष्ट्रपति दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिलाका रुपमा निर्वाचित भएकी छिन् । जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी उनी पनि डेमोक्रेट पार्टीकै उम्मेदबार हुन् । यसअघि १९८४ मा डेमोक्रेटिकले गिरालडिन फेरारो र २००८ मा रिपब्लिकनले सारा पोलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । उनीहरू दुुबै जीत हासिल गर्न सकेका थिएनन् । 

क्यार्लिफोनियाको ओकल्यान्डमा जन्मिएकी उनले होवार्ड विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । उनले क्यालिफोर्नियाको अटर्नी जनरलको पद सम्हालिसकेकी छिन् । ह्यारिसले अब २० जनवरीबाट आफ्नो कार्यकाल सम्हाल्नेछिन् । क्यालिफोर्नियाकी सिनेटरको यो ऐतिहासिक विजयले अफ्रिकी–दक्षिण एशियाली समूहका दशौं लाख महिलाहरूको पनि प्रतिनिधित्व गर्नेछ, जसलाई अमेरिकामा प्राय प्रणालीगत रुपमा नजरअन्दाज र उपेक्षा गरिएको छ । 

यसैबीच, अन्तर्राष्ट्रिय पर्यवेक्षकले अमेरिकी चुनावमा धाँधली भएको छैन भनेका छन् । उनीहरूको यो भनाईले ट्रम्पलाई अर्काे धक्का लागेको आम बुझाई छ । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका हुन् ।

उक्त निर्वाचनको पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी भएको जनाइएको छ । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ । ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित रहेको उल्लेख छ । पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजूरी दिन सक्ने पनि ओएएसले जनाएको छ । एजेन्सीको सहयोगमा । 

No comments:

Post a Comment