सदरमुकामकै अधिकांश पसल दर्ता बिना सञ्चालन, खाद्य र अखाद्यवस्तु छासमिस, मासुपसलमा समेत सरसफाई मापदण्ड पालन भएको देखिएन : अनुगमन टोली - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, November 12, 2020

सदरमुकामकै अधिकांश पसल दर्ता बिना सञ्चालन, खाद्य र अखाद्यवस्तु छासमिस, मासुपसलमा समेत सरसफाई मापदण्ड पालन भएको देखिएन : अनुगमन टोली

अन्तरङ्ग संवाददाता

लमजुङ– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर बजारमा सञ्चालन गरिएका अधिकांश पसल दर्ता बिनाका भेटिएका छन् भने खाद्य र अखाद्यवस्तु छासमिस राखिएको, मासु पसलमा समेत सरसफाई मापदण्ड पालन भएको नदेखिएको अनुगमन टोलीले बताएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय लमजुङको अगुवाईमा गरिएको बजार अनुगमनका क्रममा कार्तिक २७ गते त्यस्तो स्थिति फेला परेको हो । 

उपभोक्ताको हित र स्वास्थ्य सुरक्षाका लागि सदरमुकाम बेसीशहर स्थित सहजी बजार, मनाङे चौतारा र पुरानो बैंकचोकदेखि घलेगाउँ चोकसम्मका किराना पसल, मासु पसल, फेन्सी र कास्मेटिक पसलहरूको अनुगमनका क्रममा अधिकांश पसल दर्ता बिना सञ्चालन गरिएको भेटिएको हो । अनुमगमनका क्रममा अधिकांश पसलहरू दर्ता बिना संचालन गरिएको, नगरपालिका सूचिकृत नभएको, साइन बोर्ड नराखिएको, दर्ता गरेका पसलहरू पनि नवीकरण नगरिएको फेला परेको अनुगमन समितिका संयोजक एवं घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख तोपलाल भुसालले बताउनु भयो । उहाँका अनुसार पसलहरूमा मूल्य सूचि टाँस नगरिएको, खाद्य तथा अखाद्य वस्तु छुट्टाछुट्टै व्यवस्थापन नगरिएको, म्याद गुज्रिएका सामानहरू भेटिएको, मासु पसलमा हुनुपर्ने सरसफाईको नभएको पाइयो । उहाँले भन्नुभयो, ‘मदिराजन्य पदार्थ इजाजत बिना बिक्रि बितरण गरिएको, फेन्सी पसलमा गुणस्तरीय सामग्री र गुणस्तरहीन सामग्रीको व्यवस्थापन नगरिएको, खरिद बिल नभेटिएको, कास्मेटिक पसलमा फेन्सी सामग्री राखिएको, यसअघि गरिएका अनुगमनका क्रममा निर्देशनको पालना नगरेको पाइयो ।’

अनुमगमनका क्रममा अधिकांश पसलहरू दर्ता बिना संचालन गरिएको, नगरपालिका सूचिकृत नभएको, साइन बोर्ड नराखिएको, दर्ता गरेका पसलहरू पनि नवीकरण नगरिएको फेला परेको अनुगमन समितिका संयोजक एवं घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख तोपलाल भुसालले बताउनु भयो । उहाँका अनुसार पसलहरूमा मूल्य सूचि टाँस नगरिएको, खाद्य तथा अखाद्य वस्तु छुट्टाछुट्टै व्यवस्थापन नगरिएको, म्याद गुज्रिएका सामानहरू भेटिएको, मासु पसलमा हुनुपर्ने सरसफाईको नभएको पाइयो ।

दर्ता गरिएका पसलमा पनि जुन सामग्री विक्रीका लागि भनेर दर्ता गरिएको हो त्योभन्दा फरक सामग्री बिक्री गरिएको, पसलमा उद्देश्य तथा प्रकृचि थप गर्न, दर्ता नगरिएको भए दर्ता गर्न र साइनबोर्ड राख्ने काम मंसिर ८ गते भित्र गरिसक्न निर्देशन दिइएको अनुगमन समितिका संयोजक एवं घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख भुसालले बताउनु भयो । उहाँका अनुसार दुई दिनसम्म गरिएको बजार अनुगमन क्रममा फेन्सी, कास्मेटिक, किसाना र मासु पसल गरी २० वटा पसलहरु अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकांश पसलहरूमा म्याद गुज्रेको सामान भेटिएकोले त्यसलाई तुरुन्त हटाउन निर्देशन गरीएको बेसीशहर नगरपालिकाका नायव सुब्बा गोबिन्द राउतले बताउनुभयो । उहाँले भन्नुभयो, साथै दर्ता नभएका पसलहरुलाई दर्ता गरेर पसल संचालन गर्न अनुरोध गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख तोपलाल भुसालको नेतृत्वमा गरिएको अनुमगन टोलीमा भेटेरिनरी तथा पशु सेवा बिज्ञ केन्द्रका टिकाबहादुर नेपाली, जिल्ला प्रशासन कार्यालयका हरिभक्त बिक र देबेन्द्र पोखरेल सहभागी हुनुहुन्थ्यो । अनुगमन टोलीका अन्य सदस्यमा बेसीशहर नगरपालिकाका गोबिन्द राउत, घरेलु तथा साना उद्योग कार्यालयका मिना लामा, जिल्ला प्रहरी कार्यालयका प्रेम घर्ती मगर र तुलाराम शर्मा तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कृष्ण आले सहित सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरू रहनु भएको थियो । 

नोट– फोटो सौजन्य : स्वतन्त्र शक्ति साप्ताहिकका कार्यकारी सम्पादक कृष्ण आलेबाट । 

No comments:

Post a Comment