वर्ष २९, अंक १२, मिति २०७७ कार्तिक २० गतेको अन्तरङ्गमा प्रकाशित
यूयोर्क– अमेरिकी राष्ट्रपतिको चुनावमा संसारभरको चासो छ । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहन्छन् कि जो बाइडेन आउँछन् भन्ने टुंगो लागेको सुन्न संसारभरका मानिसहरू आतुर छन् । आज कार्तिक १९ गते भएको मतदानको परिणामको टुंगो लाग्न अझै केही दिन वा हप्ता कुर्नुपर्ने हुन सक्ने स्थिति उत्पन्न भएको छ ।
सन् २०२०को अमेरिकी राष्ट्रपतीय निर्वाचन एक विशेष परिस्थितिमा भइरहेको छ । कोरोनाभाइरस महामारीका बीच विश्वकै शक्तिशाली मुलुक अमेरिकामा चुनाव भएको हो । मतदानस्थलमा भौतिक दूरी कायम गर्न कठिन हुने भएकाले यो पटक मानिसहरूले हुलाकबाट भोट हालेका छन् । महामारीमा भएको चुनावमा भने उल्लेख्य मात्रामा अमेरिकीहरूले मतदान गरेका छन् । तीमध्ये पनि यो चुनावमा हुलाकबाट भोट हाल्ने मानिसहरूको संख्या ह्वात्तै बढेको छ ।
यसपालि पनि ट्रम्प वा बाइडेन ठूलो अन्तरले अगाडि भएको भए आजै कसले जित्छ भन्ने निष्कर्ष निकाल्न सकिन्थ्यो तर उनीहरूबीच कडा टक्कर भइरहेको छ । यसअघिका चुनावमा अमेरिकी मिडिया प्रायः मतदान भएको मध्यरातसम्म कसले चुनाव जित्यो भन्ने लेख्न सक्थे । उनीहरूले विभिन्न डाटाहरूको आधारमा त्यस्तो गर्न सक्थे । तर यसपालि भने उनीहरूले त्यस्तो गर्न सक्ने सम्भावना कम छ ।
यसअघि हुलाकबाट भोट गणना बाँकी हुँदा पनि इलेक्ट्रोनिक भोट गणना सकिदा कसले जित्छ भन्ने प्रष्ट तस्बिर देखिन्थ्यो । हुलाकबाट भोट हाल्नेको संख्या अधिक भएका कारण परिणाम प्रभावित भएको हो । पेन्सिलभेनिया, विस्कन्सिन र मिसिगनलगायत राज्यमा अन्तिम परिणाम आउन केही दिन लाग्न सक्छ ।
मतगणना जारी रहेका बेला दुबै उम्मेदवारले सार्वजनिक प्रतिक्रिया दिदै आफूले जित्ने दावी गरेका छन् । बाइडेनले समर्थकहरूलाई सम्बोधन गरेका छन् भने ट्रम्पले ट्विटबाट धारणा सार्वजनिक गर्दै आफूले जितेको दावी गरेका छन् ।
यसपालि पनि ट्रम्प वा बाइडेन ठूलो अन्तरले अगाडि भएको भए आजै कसले जित्छ भन्ने निष्कर्ष निकाल्न सकिन्थ्यो तर उनीहरूबीच कडा टक्कर भइरहेको छ । यसअघिका चुनावमा अमेरिकी मिडिया प्रायः मतदान भएको मध्यरातसम्म कसले चुनाव जित्यो भन्ने लेख्न सक्थे । उनीहरूले विभिन्न डाटाहरूको आधारमा त्यस्तो गर्न सक्थे । तर यसपालि भने उनीहरूले त्यस्तो गर्न सक्ने सम्भावना कम छ ।
यसअघि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा केही राज्यहरूले हुलाकबाट भोट हाल्ने अभ्यास गरेका थिए । त्यतिबेला त्यसरी गरिएको मतदानको मतगणना भएर अन्तिम नतिजा आउन औसतमा ६.४ दिन लागेको थियो ।
फ्लोरिडाबाहेक अरू राज्यहरूमा हिजो १८ गते मतदान सकिएपछि मात्र हुलाकबाट आएका मतको गणना शुरू गरिएको थियो ।
दुई उम्मेद्वार बीच नतिजाबारे विवाद भएमा यो विषय अमेरिकाको सर्वोच्च अदालतसम्म जान सक्ने कानुनी प्रवन्ध छ । राष्ट्रपति ट्रम्पले आजै आफू सर्वोच्च जाने बताइसकेका छन् । त्यसो हुँदा चुनावको मतपरिणाम आउन हप्तौं लाग्न सक्ने देखिएको छ ।
डेमोक्रेटस्ले धाँधली ग¥यो भन्दै गलत दाबी गरेपछि ट्रम्पलाई ट्विटरले चेतावनी दिएको छ । अमेरिकी सञ्चारमाध्यम फक्स न्युजले एरिजोनामा बाइडेनले जित हात पारेको भन्ने घोषणा गर्नेबित्तिकै राष्ट्रपति डोनाल्ड ट्रम्पले, डेमोक्रेट्सहरूलाई चुनावमा धाँधली गरेको र मत चोरेको भन्ने आधारहीन दाबी गरेका थिए । योसँगै ट्विटरले उनको पोस्टलाई चेतावनी दिँदै लेबल लगाइदिएको छ ।
उक्त पोस्टमा ट्रम्पले निर्वाचनको आधिकारिक नतिजा नआउँदै आफूले जितिसकेको भन्ने दाबीसमेत गरेका छन् । अमेरिकी समयअनुसार गए राति ट्रम्पले आफूले ‘‘ठूलो जित हात पारेको’ घोषणा गरेका थिए र यसबारे आफूले सम्बोधन गर्नेसमेत जनाएका हुन् ।
यस्तोमा ट्विटरले उनका पोस्टमा लगाई दिएको चेतावनीपूर्ण लेबलमा चुनावको गणना अझै नसकिएकाले राष्ट्रपतिको दौडमा रहेकाहरू विजयी घोषित भइसकेको छैन भनेर व्याख्या गरिएको छ । सो लेबलमा एउटा लिङ्रुक पनि जोडिदिइएको छ जसले प्रयोगकर्तालाई ‘‘भोटिङ इन्फरमेसन सेन्टर’को पेजमा पु¥याउनेछ । यसमार्फत प्रयोगकर्ताहरूले निर्वाचनसम्बन्धी सही जानकारी प्राप्त गर्न सक्नेछन् ।
ट्रम्पले फेसबुक र ट्विटर दुवै सन्जालमा त्यस किसिमका गलत दाबी गरेका हुन् । ट्विटरको लेबलमा उनले लेखेको कुरा गलत र विवादास्पद भएको भनेर चेतावनी दिइएको छ । ट्विटरका प्रवक्ताले यसबारे भनेका छन्, “यो हाम्रो नीतिविपरीत कार्य हो त्यसैले हामीले त्यसमा चेतावनी दिनुका साथै सो ट्विटमा अन्य प्रयोगकर्तालाई संलग्न हुनमा पनि कडाइ गरिदिनेछौँ ।” फेसबुकले भने हाल यसबारे कुनै प्रतिक्रिया दिएको छैन । ट्विटरले यसअघि पनि धेरैपटक ट्रम्पका विवादास्पद पोस्टहरूमा लेबल लगाइसकेको छ तर फेसबुकका लागि यो पहिलो पटक हो ।
अमेरिकामा राष्ट्रपतिको चुनावको मतपरिणाम कति समयमा आइसक्नु पर्छ भन्नेमा स्पष्ट कानुनी व्यवस्था छैन । तर जनवरी २० मा नयाँ राष्ट्रपतिले सपथ लिने दिन भएकाले त्यतिबेलासम्म भने राष्ट्रपति को हुने छिनोफानो गरिसक्नु पर्छ ।
४३ राज्यमा मतगणना सकिदा अमेरिकन डेमोक्रेटिक उमेदवार जो बाइडेन २९ मतले अघि छन् । उनले १४३ मत(सिट) पाएका छन् ।
अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ ।
– एजेन्सीको सहयोगमा ।

No comments:
Post a Comment