अन्तरङ्ग संवाददाता
लमजुङ । लमजुङमा जुवाको खालबाट साढे एघार लाख रुपैयाँ नगद सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीमा रहेको एक कृषि फर्मबाट ती जुवाडेहरूर नगद तथा तासका गद्दी समेत बरामद गरेको कार्तिक २५ गते प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने जुवाडेहरू लमजुङका आठ जना, तनहूँ,का तीन जना, गोरखाका दुई जना र कास्कीका एक जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरूमा लमजुङको सुन्दरबजार– ४ बस्ने ३९ वर्षीय देवदोङ, सोही नगरपालिका– ९ बस्ने ५० वर्षीय रामबहादुर गुरुङ, सोही नगरपालिका– ७ को ५० वर्षीय कृष्णबहादुर अधिकारी, ३० वर्षीय गोरबहादुर गुरुङ र ६० वर्षीय कुलबहादुर गुरुङ छन् । यसैगरी, अन्य पक्राउ पर्नेमा सोही वडाको ४५ वर्षीय रामचन्द्र घर्ती र ३५ वर्षीय योगेन्द्र श्रेष्ठ र मध्यनेपाल– ३ बस्ने ३१ वर्षीय सन्देश थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताउनु भयो ।
जुवाडेहरू खेलिरहेको उक्त फर्मलाई प्रहरीले घेराबन्दी गरी जुवा तास खेल्ने निम्न स्थानमा फेला परेका जुवाडे मानिसहरूलाई नियन्त्रणमा लिई नियमानुसार खानतलासी गर्ने क्रममा जुवाको खालबाट नगद ११ लाख ४७ हजार ८४२ रुपैयाँसहित सिल प्याक तास ३ गड्डी र खुल्ला तास ३१५ पत्ति बरामद गरिएको छ । पक्राउ परेकाहरू उपर जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याई जुवा सम्बन्धि कानुन अन्तरगत सोही कसुरमा मुद्दा चलाउन अनुसन्धान कार्य शुरु भएको छ ।
उहाँका अनुसार पक्राउ पर्ने अन्यमा तनहूँ जिल्लाको आबुखैरेनी गाउँपालिका– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, तनहूँकै भानु नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा र तनहूँकै ब्यास नगरपालिका– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारी छन् । उहाँले भन्नुभयो, ‘गोरखा जिल्लाको गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षकाद्वय नरेन्द्र तामाङ र आकाश तामाङ तथा कास्की जिल्लाको रुपा गाउँपालिका– ७ बस्ने रामबावु भट्टराई रहेका छन् ।’
मध्यनेपाल नगरपालिका– १ सरेदीमा सुदिप थापाले सञ्चालन गरेको कृषि फर्ममा हारजितको बाजी राखि जुवा तास खेलाएको छ भन्ने बिशेष सूचना९सुराकी०को आधारमा यस कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश पुनले बताउनु भयो । उहाँका अनुसार जुवाडेहरू खेलिरहेको उक्त फर्मलाई प्रहरीले घेराबन्दी गरी जुवा तास खेल्ने निम्न स्थानमा फेला परेका जुवाडे मानिसहरूलाई नियन्त्रणमा लिई नियमानुसार खानतलासी गर्ने क्रममा जुवाको खालबाट नगद ११ लाख ४७ हजार ८४२ रुपैयाँसहित सिल प्याक तास ३ गड्डी र खुल्ला तास ३१५ पत्ति बरामद गरिएको छ । उहाँले भन्नुभयो, ‘पक्राउ परेकाहरू उपर जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याई जुवा सम्बन्धि कानुन अन्तरगत सोही कसुरमा मुद्दा चलाउन अनुसन्धान कार्य शुरु भएको छ ।’

No comments:
Post a Comment