होमस्टेको व्यापार ठप्प भएपछि गृहिणीहरू व्यवसायिक गोलभेडा खेतीमा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, November 10, 2020

होमस्टेको व्यापार ठप्प भएपछि गृहिणीहरू व्यवसायिक गोलभेडा खेतीमा

 खानीगाँउ(घेर्मु)– लमजुङमा कोरोना भाइरसका संक्रमणका कारणले लकडाउन र निशेषधाज्ञाका कारणले होमस्टेको व्यापार ठप्प भएपछि गृहिणीहरू व्यवसायिक गोलभेडा खेतीमा जुटेका छन् । मस्र्याङ्दी गाउँपालिका– ५ को खानी गाउँ स्थित रक गार्डेन होमस्टेका महिलाहरू गोलभेडा खेतीमा जुटेका हुन् । 

लकडाउनले पर्यटकको आवागमन बन्द भएको डेढ महिनापछि वैकल्पिक आम्दानी बढाउने सोचका साथ खानी गाउँमा रक गार्डेन अर्थात चट्टानको बगैंचा होमस्टे सञ्चालन गरेका महिलाहरू गोलभेडा खेतीमा जुटेका हुन् । उनीहरूले ‘दिदी बहिनी मोडेल फर्म’का स्थापना गरी ६ वटा टनेलमा लोगभेडा खेती गरेको फर्मका प्रोपाइटर सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार पाँच रोपनी जग्गामा दिदी बहिनीहरू मिलेर पाँच लाख रुपयाँ लगानी गरी उक्त काम गरिएको हो ।

सो कार्यका लागि कृषि ज्ञान केन्द्र लमजुङले गत आर्थिक वर्षमा साढे दुईलाख अनुदान दिएको र त्यसले टनेल बनाउने काम गरेको सीता गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘अनुदान लिने बेलामा त नमूना फर्म बनाउने भनेर लियौं, हुन्छ कि हुन्न होला ¤ पैसा र मेहनत मात्र खेर जाने हो कि ? भन्ने डर थियो तर ऐले त्यसका फल सोचे भन्दा राम्रो फलेको छ ।’ संरचना बनाउन सरकारी सहयोग पाएपछि हामीलाई हौसला मिलेको छ तरकारी खेतीमा जुटेकी अर्की महिला मैतकाशी गुरुङले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘‘मौकामै यो काम थालेर राम्रो गरछौं भन्ने लागेको छ, अब भोलिका दिनमा परिस्थिति सहज भएर गाउँमा आउने पाहुनाका लागि पनि बाहिरबाट तरकारी किनेर ल्याउनु पर्दैन ।’ उनीहरूले उत्पादन गर्ने तरकारी बसै अर्गानिक हो । टनेलको बनोट  ६ गुणा १२ मिटर लम्बाई तथा साढे सात र साढे १० फिट उचाईको रहेका छन् । यो त ५० फलामको ट्रष्ट भएको हुँदा ५०÷५२ वर्ष टिक्ट  । प्लाष्टिक ३÷३ वर्षमा फेर्नु पर्छ भन्ने कुरा छ रक गार्डेनका सल्लाहकार एवम् गोलभेडा खेतीका हसयोगी कामसार्की गुरुङले बताउनु भयो । उहाँका अनुसार एउटा टनेलमा एक सय ६० गोटा गोलभेडाका विरुवा लगाएको छ । उनले भने ‘गोलभेडाको विरुवा आफैले नर्सरीमा तयार गरेको हो, त्यसका लागि दुई हजार जति खर्च भएको थियो ।’

खानी गाउँ मुलुककै चर्चित उत्कृष्ठ १० पदमार्गमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ । तर यतिबेला पर्यटन आवागमन बन्द हुँदा व्यवसाय ठप्प छ । आम्दानीको स्रोत सुकेपछि बैकल्पिक पेशाका रुपमा टनेलमा गोलभेडा खेती गरेको स्थानीय पर्यटन व्यवसायी बृषराज गुरुङले बताउनु भयो । 

उनीहरूलाई संरचना निर्माणका लागि अनुदान सहयोग गरेको कृषि ज्ञान केन्द्र लमजुङले पनि शुरुका दिनमा त महिलाहरूले काम गर्छन् होला र ? भन्ने लागेको थियो तर उनीहरुले पुरुषको भन्दा राम्रो गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रोहिणीराज घिमिरेले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘‘यति राम्रो काम गर्ने फर्मलाई थप सहयोग गर्न हामीलाई कुनै आपत्ती हुँदैन, यो वर्ष उनीहरूलाई गत वर्षभन्दा थप अनुदान दिने सोचमा हामी छौं ।’

बजार सम्बन्धि जिज्ञासामा ‘‘बजारको समस्या छैन, गाउँघरमा पनि बिक्ने गरेको छ, प्रतिकेजी ८० रुपैयाँमा बारीबाटै बिक्ने गरेको छ ।’ सीताले भनिन् ‘‘केही बढी पाकेको बेलामा मनाङ पनि जान्छ ।’ उहाँका अनुसार ऐलेसम्म ६ क्विन्टल गोलभेडा मनाङ गइसकेको छ । 

आफ्नो बारीबाट एक केजी गोलभेडाको ८० रुपैयाँ लिन पाउँदा तरकारी खेतीमा जुटेका महिला दिदी बहिनीहरूमा यतिबेला निकै खुशी र उत्साहित भएका छन् र यो कामलाई पनि भोलिका दिनमा निरन्तरता दिने सल्लाह भएको छ भन्नुहुन्छ तरकारी खेतीमा महिलाहरूलाई सहयोग गर्दै आएका स्थानीय गंगामिलन माविका शिक्षक समेत रहेका कामसार्की गुरुङ । 

No comments:

Post a Comment