बेसीशहर- लमजुङमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या चार सय नाघेको छ । असोज २० गते १३ जना संक्रमित थप भएसँगै संक्रमितको संख्या ४१२ पुगेको छ । त्यसैगरी, संक्रमितमध्ये ३४९ निको भएका छन् । निको हुने आज ८ जना थप भएसँगै उक्त संख्या पुगेको हो ।
आज थप १३ जना संक्रमितमध्ये ७ जना महिला रहेका छन् । उनीहरु ११ जना सुन्दरबजार नगरपालिकाका रहेको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार सुन्दरबजार- ६ का २९ र ४८ वर्षीय महिला, सोही नपा- ७ कि ३० वर्षीय महिला, वडानं ९ का २७, ३२ र ३५ वर्षीय महिला, भानु- १० तनहूँकी ३० वर्षीय र वीरगञ्जकी ४० वर्षीय महिला रहेका छन् ।
त्यस्तै आजै संक्रमण पुष्टि भएका पुरुषहरूमा सुन्दरबजार नगरपालिका- ६ का ३५ र ४९ वर्षीय पुरुष, ७ का ४० वर्षीय पुरुष र वडानं ९ का २८ र ३६ वर्षीय पुरुष रहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, कोरोना जितेर निको हुनेहरुमा आठ जना नै जिल्ला सामुदायिक अस्पतालमा रहेकाहरू छन् । उनीहरूमान सात जना महिला र एक जना ३० वर्षीय पुरुष छन् । निको हुने महिलाहरूमा २८ वर्षका तीन जना, ३५ र ३८ वर्षका एक एक जना र ५० वर्षका दुई जना रहेको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, जिल्लामा कुल संक्रमित हुनेमा ९७ जना महिला र ३१५ जना पुरुष गरी ४१२ जना छ । तीमध्ये ८२ महिला र २६७ जना पुरुष गरी कुल ३४९ ले कोरोना जितेर घरमा फर्किएका छन् । अव आइसोलेसनमा ६३ जना रहेका मध्ये महिला १५ जना रहेका छन् ।
No comments:
Post a Comment