कवि भरतमणि भट्टराईको कविता- कर्मको फल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, October 6, 2020

कवि भरतमणि भट्टराईको कविता- कर्मको फल

कविता

कर्मको फल                  

                             भरतमणि भट्टराई

राम्रो र आकर्षक वस्तु

प्रिय र लाभप्रद वस्तु

दुर्लभ र महत्वपूर्ण जन्तु

अनि

दुःखको बेला साथ दिने असल मित्र

बेसहारा बनिरहेका बेलाकी पत्नी

वर्षाको बेला ओत लगाउने झुपडी

पाउनका निम्ति

निकै कठिन हुन्छ ।

 

मह कति मिठो हुन्छ

तर घारबाट झिक्न कठिन हुन्छ ।

कमल राम्रो हुन्छ तर टिप्दा हिलो हुन्छ ।

सयौं रोगको अचुक औषधी टिमुर,

काँडाभित्र लुकेको हुन्छ ।

अमूल्य महत्वपूर्ण बिना,

कस्तुरीमा नै लुकेको हुन्छ ।

विश्वलाई हाँक्ने तागत,

मानिसभित्र नै छिपेको हुन्छ ।

देख्दा सारङ्गी केवल कहतारो मात्र

हेर्दा श्रीखण्ड केवल काठ मात्र

मानव सबै उस्तै छन् तर सुवास फरक

एउटा सधैँको साधु छ तर अर्को नरक

सोचौं सबैले स्वच्छता कहाँ छ ?

 

अठोट गरौं सत्कर्म महान् छ ।

मिलेर भोगौं सारा उपभोग्य वस्तु

उदाउँदो सूर्य झुपडीको पास

कर्ममा लुकेछ मिठासको आस । 

                                

                          श्री रामकोट माध्यमिक विद्यालय

                                 रुपा–७, कास्की ।


No comments:

Post a Comment