अन्तरङ्ग संवाददाता
लमजुङ । लमजुङको बेसीशहर नगरपालिका– ६ मा नेपाली काँग्रेस वडा समितिको सक्रियतामा सो वडास्तरीय तरुण दल गठन गरिएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सदस्य नारायणबहादुर रिमालको प्रमुख आतिथ्यतामा मंगलबार सो समिति गठन गरिएको हो ।
तरुण दल वडा समितिको अध्यक्षमा नारायण आले चयन हुनुभएको छ । यसैगरी, उपाध्यक्ष द्वयमा मधुराम रिमाल र सुजन राउत, सचिवमा सगन रिमाल र कोषाध्यक्ष किरण रिमाल चयन हुनुभएको छ । समितिको सदस्यमा मिनबहादुर रिमाल, संशेर रिमाल लगायत रहनु भएको नेपाली काँग्रेसको वडा समितिका सदस्य इन्द्र सुयलले बताउनु भयो । उहाँका अनुसार सो भेलामा नेपाली काँग्रेसका क्षेत्रीय आमन्त्रित सदस्य मोहन खत्री, काँग्रेसका वडा सदस्यहरू कृष्णबहादुर बस्नेत, मित्रबहादुर रिमालको सहभागिता थियो ।
तरुण दलका पूर्ववडाध्यक्ष राजकुमार राउतको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन नारायण आलेले गर्नु भएको थियो ।
No comments:
Post a Comment