जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, October 22, 2020

जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह

अन्तरङ्ग संवाददाता

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वराजा ज्ञानेन्द शाहले कोरोनाभाइरसको महामारीमा नागरिक जीवन सहज र सुरक्षित बनाउन राजनीतिक दलहरु असफल भएको दावी गर्नु भएको छ । वडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको कार्तिक ६ गते जारी शुभकामना विज्ञप्तिमा उल्लेख छ । 

सो विज्ञप्तिामा विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताउँदै ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ ।’ भनिएको छ । 

रोजगारीका लागि विदेश गएकाहरू संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उल्लेख गर्दै राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरूलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा भनिएको छ ।

सबैले बढ्दो आशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहेका छन् भन्दै शाहले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्,’ पूर्वराजाबाट जारी शुभकामना विज्ञप्तिमा उल्लेख छ ।

सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको सो विज्ञप्तिमा उल्लेख छ ।

‘दैनिक जीविकाको अत्यावश्यक वस्तुको मुल्य बृद्धि अभाव र गुणस्तरीयतामा हास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुत्ति चाहिरहेका छन् ।’

विज्ञप्तिको पूणर् विवरण-

No comments:

Post a Comment