लमजुङमा कोरोना संक्रमितमध्ये ७६ जना मात्र आइसोलेसनमा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, October 22, 2020

लमजुङमा कोरोना संक्रमितमध्ये ७६ जना मात्र आइसोलेसनमा

अन्तरङ्ग संवाददाता

बेसीशहर- लमजुङमा कोरोना संक्रमितमध्ये ७६ जना मात्र आइसोलेसनमा उपचाररत छन् । कार्तिक ६ गतेका दिन थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कुल संक्रमित हुनेहरूको संख्या ५१७ पुगेको छ । 

कार्तिक ६ गतेका दिन थप भएका संक्रमितहरू सबै माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा काम गर्ने भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरू भारत, सुनसरी, रामेछाप र गुल्मीका एक एक जना तथा र लमजुङका २ जना छन् । २० देखि ३५ वर्षका उनीहरू सबै पुरुषहरू हुन् । उनीहरू समेत जिल्लामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कुल संक्रमित हुनेहरूको संख्या ५१७ पुगेको हो । 

यसैगरी, हिजोका दिनमा १२ जना संक्रमितले कोरोना जितेका छन् । उनीहरू सबै दोर्दी आइसोलेसनमा बसेकाहरु भएको प्रशासनको भनाई छ । 

जिल्लाका फेला परेका ५१७ जना संक्रमितमध्ये १२३ जना महिला हुन् भने ३९४ जना पुरुष छन् । यसैगरी कोरोना जित्न सफल हुनेहरूमा ४४१ जना मध्ये ९८ जना महिला र ३४३ जना पुरुष छन् । आइसोलेसनमा रहेकामध्ये २५ जना महिला र ५१ जना पुरुष छन् ।

No comments:

Post a Comment