सामयिक कृष्ण अधिकारी
कोरोनाभाइरस महामारीका कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी बन्न पुगेको छ । कोरोनाभाइरस नियन्त्रण गर्न नेपालको सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको र त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि पर्यटन व्यवसाय ठप्प छ । सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले वर्षको शुरुदेखि नै कोरोना भाइरस संक्रमणका कारण क्षति बेहोर्नु परेको छ । यसबाट पर्यटनलाई राष्ट्रिय आय बनाएको मुलुकहरू नराम्ररी प्रभावित भएका छन् ।
विश्व पर्यटन संगठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ६० देखि ८० प्रतिशतले घट्ने जनाएको छ । विश्वभर करिब नौदेखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने संगठनको भनाइ छ । धराशायी पर्यटनलाई उठाउने क्रममा सबभन्दा पहिले आन्तरिक पर्यटनलाई बढावा दिनु एकमात्र विकल्प देखिन्छ । गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउन आन्तरिक पर्यटकको भूमिका महत्वपूणर् रहेको छर । यसका लागि आन्तरिक पर्यटन बढाउन देशदर्शन जस्ता यात्रा प्याकेज ल्याउन सकिन्छ । अब पर्यटकलाई गाउँसम्म पुर्याउने अभियान प्रारम्भ हुनुपर्छर । गाउँमा पर्यटक पुर्याउन सामूहिक पहलको आवश्यकता छर ।
नेपालीहरूमा विस्तारै देशभित्रै घुमफिर गर्ने क्रम विस्तारै बढ्न थालेको छ । यद्यपि अहिले कोरोनाको बढ्दो संक्रमणले निरुत्साहित बनाएको छ । पछिल्लो समय शहरी क्षेत्रमा यसको असर बढी भएपनि ग्रामीण क्षेत्रमा खासैै परेको छैन । सुरक्षा मापदण्ड पालना गर्दै देशका पर्यटकीय गाउँहरूको अवलोकन भ्रमणलाई प्रोत्साहन गराउन सरकार र व्यवसायीहरूले ध्यान दिनु पर्दछ । ग्रामीण पर्यटनको सन्दर्भमा प्रशस्त सम्भावना बोकेर पनि नेपालले त्यसको उचित लाभ लिन सकेको छैन ।
नेपालमा समुदायको तर्फबाट गाउँ पर्यटनको विषयमा धेरै पहिलेबाट नै पहल गर्दै आइरहेको नै थियो । नेपालमा गाउँ पर्यटनको अवधारणा सन् १९८० तिर आएपनि सन् १९९५ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक गाउँ पर्यटनको अवधारणालाई पर्यटन नीतिमा समावेश गरेको थियो । नयाँ योजनामार्फत नमूना पर्यटकीय गाउँको अवधारणा शुरु भएको हो । सोही अनुसार धान्द्रुक(कास्की), सिरुवारी(स्याङ्जा), घलेगाउँ(लमजुङ)ले ग्रामीण पर्यटनको गन्तव्यको रुपमा विकास भएका हुन् । गाउँ पर्यटनको विषयलाई डा. सुरेन्द्रभक्त प्रधानाङले शुरुदेखि नै वकालत गर्दै आउनु भएको थियो । ग्रामीण पर्यटनलाई गरिवी निवारणसँग जोड्ने गरी नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमलगायत विभिन्न दातृ निकायको सहयोगमा सन् २००१ मा ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम(टिआरपिएपी) पनि नमूनाको रुपमा छ जिल्लामा कार्यान्वयन भएको थियो । गाउँ पर्यटनमा रहेका समस्याहरुलाई समाधान होमस्टे सञ्चालन कार्यविधि २०६७ ल्याएको छ भने पर्यटन नीति २०६५ मा नेपालमा सहर केन्द्रित भएको पर्यटनलाई गाउँतर्फ उन्मुख गराउन खोजिएको छ ।
देशभरका सम्भावित पर्यटकीय क्षेत्रलाई समेट्ने गरी सरकारले पर्यटन गाउँको विकास गर्ने योजना अगाडि सारेको छ । पर्यटनको लाभ स्थानीय तहसम्म पुर्याउने उद्देश्यसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गाउँ छनोट, विकास तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७७ समेत जारी गरेको छ । पर्यटकीय सम्भावना बोकेका र पर्यटक आकर्षण गर्न सक्ने गाउँलाई छनोट र प्रवद्र्धन गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको यस कार्यविधिका आधारमा मापदण्ड पूरा भएका क्षेत्रलाई पर्यटन गाउँका रूपमा विकास गर्ने सरकारको योजना छ ।
पर्यटन गाउँको विकासका लागि सरकारी निकायले पूर्वाधार विकासमा लगानी गर्नुपर्छर । देशैभरका सम्भावना बोकेका क्षेत्रलाई प्राकृतिक, सांस्कृतिक, मानव निर्मित र मिश्रितका आधारमा पर्यटन गाउँ बनाइनेछ । त्यसको प्रवद्र्धन तथा पूर्वाधार विकासको जिम्मा स्थानीय र संघीय सरकारले लिने गरी ‘ॅपर्यटन गाउँ छनोट मापदण्ड’ तय भएको छ । गाउँको विशिष्ट पर्यटकीय आकर्षण, स्थानीय सामाजिक र सांस्कृतिक जीवन, मनोरञ्जनात्मक स्थल, साहसिक गतिविधिलगायत पर्यटक आकर्षित गर्नसक्ने विशेषतालाई पर्यटक गाउँ छनोटको आधार बनाएको छ ।
कार्यविधि अनुसार प्राकृतिक, सांस्कृतिक, मानव निर्मित र मिश्रित गरी चार प्रकारका पर्यटन गाउँ बनाइने छ । पर्यटकीय सम्भावना र महत्व भएका सबै स्थानीय तहबाट आएका गाउँलाई कुनै न कुनै आधारमा छनोट गर्ने र सोही अनुसार प्रवद्र्धन गर्ने उद्देश्यले कार्यविधि आएको छ । कार्यविधिले तोकिएको सर्त पूरा गरी आउने गाउँलाई छनोट गरेर आवश्यक पूर्वाधार विकासदेखि प्रवद्र्धनसम्मको काम संघ तथा स्थानीय तहको साझेदारीमा हुनेछ ।
No comments:
Post a Comment