बेसीशहर- पोखराको विजयपुर स्थित स्पर्श लघुवित्त वित्तीय संस्था लि. र यहाँ स्थित ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.का बीचमा प्राप्ति (एक्विजिसन) सम्झौता भएको छ । ती दुबै संस्थाका बीचमा असोज २० गते सम्झौता भएको हो ।
त्यस लघुवित्त संस्थाका अख्तियार प्राप्त अध्यक्ष बुद्धि अकेला र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका अख्तियार प्राप्त अध्यक्ष प्रा.डा. सुशीलभक्त माथेमाका बीचमा लिखित सम्झौता भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.का कम्पनी सचिव एवम् प्रमुख कार्यकारी अधिकृत किरण कँुवरले बताउनु भयो । उहाँका अनुुसार असोज २० गते बसेको सञ्चालक समितिको ११८औं वैठकबाट पोखरा महानगरपालिका- २६ विजयपुर अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था लि.बाट प्राप्ति (एक्विजिसन) गर्नका लागि प्रस्ताव भै आए वमोजिम स्विकृत गरेको हो ।
उहाँले बताउनु भयो ‘ॅबैठकले उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गई व्यवसाय कारोवार वृद्धि गर्न सकिने, ग्राहकहरूलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहँुचका साथ स्तरीय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने विश्लेषणका आधारमा प्राप्ति (एक्विजिसन) गर्ने निणर्य भई दुवै पक्ष बीच प्राप्ती सम्वन्धि सहमति पत्र (Memorandum of Understanding- MOU)
मा हस्ताक्षर सम्पन्न भएको हो ।’
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ११०४५५/२०६९/७० फाल्गुण २४ गते विधिवत दर्ता भै नेपाल राष्ट्र बैंकवाट मिति २०७० जेष्ठ १ गते घ वर्गको इजाजत पत्र प्राप्त गरी मिति २०७० जेष्ठ ५ गतेबाट ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट काम गरी आएको कम्पनी सचिव/प्रमुख कार्यकारी अधिकृत किरण कँुवरले बताउनु भयो ।
उहाँका अनुसार पोखरा महानगरपालिका- २६ विजयपुरमा केन्द्रीय कार्यालय रही आएको स्पर्श लघुवित्त वित्तीय संस्था लि. पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७४ असार २३ गते घ वर्गको इजाजत पत्र प्राप्त गरी २०७४/०३/२९ गते देखि कारोवार सञ्चालन गरेको हो ।
दुवै पित्तीय संस्थाको आर्थिक पक्ष सबल रहेको हुँदा यो सम्झौताले झनै उचाई प्राप्त सक्ने आधार तयार भएको विश्लेषण गरिएको छ ।
No comments:
Post a Comment