बेसीशहर– वडादशैंको अवधिमा लमजुङ जिल्लामा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण घटेको छ । जिल्लामा यतिबेला आइसोलेसनमा उपचाररतको संख्या १९ जनामात्र भएबाट त्यस्तो पुष्टि भएको हो ।
आज कार्तिक १४ गतेका दिन नयाँ संक्रमित ९ जना थप भएसँगै आइसोलेसनमा रहने संख्या १९ पुगेको हो । आजकै दिन विभिन्न आइसोलेसनबाट ६० जनाले कोरोनालाई जितेर घर फर्किएसँगै आइसोलेसनमा बस्नेको संख्या ९ मा झरेको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्लामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण हुने कुल संख्या ५२९ रहेको छ । जसमा १२५ जना महिला र ४०४ जना पुरुष रहेका छन् । त्यस्तै निको हुनेमा ५१० का एक १८ महिला र ३९२ जना पुरुष छन् । आइसोलेसनमा रहनेमा ७ जना महिला र १२ जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
आज लिवर्टी हाइड्रोपावरको आइसोलेसनमा रहेका ४ महिला समेत २४ जना, सामुदायिक जिल्ला अस्पतालबाट १४ जना महिलासमेत १५ जना, सुन्दरबजार स्थित कृषि क्याम्पसको आइसोलेसनबाट नौ जना पुरुष, सोही स्थानको सामुदायिक नमूना अस्पतालको आइसोलेसनबाट छ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।
यसैगरी, कोरोना भाइरस जित्ने अन्यमा होमआइसोलेसनका तीन जना पुरुष, चितवन मेडिकल कलेजबाट दुई जना महिला र पोखरा स्वास्थ्य प्रतिष्ठानबाट एक जना महिला भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, नयाँ संक्रमितहरूमा नौ जना रहेका छन् । तीमध्ये राइनास नगरपालिका– १, ३ र ५ का क्रमशः १४, ३३ र ३९ वर्षका पुरुष, बेसीशहर नगरपालिका– ८ र १० का क्रमशः २७ र ३३ वर्षका पुरुष, सोही नगरपालिका– ११ का ३० वर्षकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित अन्यमा सुन्दरबजार नगरपालिका– ६ का २० वर्षीय पुरुष, मध्यनेपाल नगरपाकिला– १ का ५५ वर्षीय महिला र मस्र्याङ्दी गाउँपालिका– ३ का ५८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म जिल्लामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण हुने कुल संख्या ५२९ रहेको छ । जसमा १२५ जना महिला र ४०४ जना पुरुष रहेका छन् । त्यस्तै निको हुनेमा ५१० का एक १८ महिला र ३९२ जना पुरुष छन् ।
यसैगरी, आइसोलेसनमा रहनेमा ७ जना महिला र १२ जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । उहाँका अनुसार आइसोलेसनमा रहेका मध्ये ८ जना होमआइसोलेसनमा रहनु भएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No comments:
Post a Comment