साहित्यिक चटनी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, October 9, 2020

साहित्यिक चटनी

साहित्यिक चटनी

दिमागमा सल्बलाएका कुराहरू- २

- प्रशान्ती

यो उत्तर आधुनिक जमानामा कुनै पनि कुरा अन्तिम सत्य हैन र हुन्न पनि तर दिमागले सत्य र तथ्य खुट्याउन र छुट्याउन नसक्दा आफै भुटिएको पाउँछु । अघिल्लो अंकमा जस्तै यस अंकमा पनि केही यस्ता प्रश्न सल्बलाईरहेका छन् । खै उत्तर नपाएर निकै हैरान छु म त । 


कुर्ची भाँचाई र भोट- केही दिन अगाडि यौटा प्रदेशसभाको बैठकमा लोकतान्त्रिक भनिने पार्टीका माननीयले जोडका साथ कुर्सी उचालेर माईक फुटाले अनि तोडफोड पनि गरे । प्रदेश राजधानीको बिषयमा केन्द्रित त्यो बिवादले बिभिन्न समाचार माध्यम ततायो । बिचरा तिनै माननिय थिए जस्ले फेरी प्रदेश राजधानीको लागि खुरुखुरु गएर सरकारी निणर्यमा नै भोट हालेछन् । पार्टीको ह्वि नमानेर सत्तारुढ दलको एजेण्डमा समर्थन पो जनाएछन् । आखिर कुर्सी फुटालेर के नै फाईदा भयो र ? उनको कुर्सी उचाल्ने कारण र भोट फेरी सत्तारुढ दलको एजेण्डासँग मिल्नु पर्दा मेरो मथिंगल निकै रिँगायो । कतै सामदाम त चलेन त्यहाँ ?


जोकर प्रधानमन्त्री- कतै हाँस्ने रहर छ भने तपाईहरूलाई प्रधानमन्त्री निवास गए पुग्छ । उनले तपाईलाई मजाले हसाउँछन् । हाँसोको थेरापीले कुनै रोग सन्चो पार्ने भयो भने प्रधानमन्त्रिलई थेरापिष्ट बनाउँदा फरक पर्दैन होला । हरेक भाषणमा विकासको कुरा पाउन नसकेपनि हाँसोको दुई टुक्रा पाउन सकिने उन्का भाषणले कति दिन छलछाम गर्ने हो खै ? मानिस विकासको भोको भएको राणाकालबाट नै हो तर जति ब्यवस्था भए पनि ति ब्यबस्थाले कि वेवास्ता गर्छन् हँ ? आखिर देशको सर्बोच्च पदमा किन जोकर बसेको छन् ? मलाई दिमागमा यहि प्रश्न सल्बलाएर आउँछ । 


अनि उनीहरूलाई कोरोना लाग्दैन-  अझै पनि समुहमा हिँड्न डर नै छ । तर जिल्लाका सिडियो साप रमेश प्रसाई र कृष्ण कँडेलका साथ हुल बाँधेर दुरी कायम नगरि गाउँ जाँदा कोरोना नसर्ने हो र ? हुन त ठूला बडाले गरेको काममा हामीले प्रश्न उठाउन हुँदैन तर पनि जिल्लाका माननीय गाउँ पस्दा कोरोना लाग्दैन हो ? मुख्य मन्त्री गाउँ आउँदा कोरोना लाग्दैन हो ? विदेशबाट स्वदेश आउँदा क्वारेन्टाईनमा बस्न पर्छ तर जिल्ला भित्रदा क्वारेन्टाईन बस्न किन पर्दैन हैन ?


कोरोना टेस्ट- राज्यले खै कति रकम कोरोनाको परीक्षणमा खर्चं गर्यो त्यो आफ्नो ठाउँमा छ, तर जिल्लाका एक जना गन्य मान्य व्यक्तिले भने आजका मिति सम्म आई पुग्दा एक दर्जन पटक कोरोना जाँच भएको भनेर आफ्नो सामाजिक संजालमा लेख्न समेत भ्याए । बिचरा सर्वसाधरणहरू जसलाई कोरोनाको परीक्षणको लागि पहुँच नहुन सक्छ तर ती ठूलाबडा मानिसको लागि भने राज्यले किन पटक पटक कोरोना परीक्षण गरिरहन्छ ? अझ कोरोनाको स्वाव दिए पछि त घरमा गँुड लगाएर रिपोर्ट नआउन्जेल बस्नु नि ¤ छाती फुलाएर बजार बजार लुखुर लुखुर हिँडनेहरूलाई के भन्न सकिन्छ र खै ?


बेसार पानी र बालुवाटार- बालुवाटारबाट नै बेसार पानीको सल्लाह आयो तर प्रधानमन्त्रीको आडमा प्रचण्ड तातो भएका सूर्यलाई पनि कोरोनाले समातेछ, हाच्छिउँ साच्छिउँ गरेर कोरोना जान्छ भन्थे ती बुढाले । मैले मिल्ने भए यि सबै अराजक नेतालाई हाच्छिउँ गरेरै हटाउँथे । मैले त मिल्ने भए यी सब मान खोज्ने, जनताको काम नगर्ने, जनताको पसिनाको करबाट तलब खाने सबैलाई कोरोनाले यमराजको घर पुर्‍याईदिओस् भन्थे । यति भए त, नयाँ पुस्ताले राजनीति सम्हाल्थ्यो अनि केही हुन्थ्यो कि? तारेमाम् ¤

No comments:

Post a Comment