खोज खवर - ३२७ बुद्धिसागर बराल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, October 9, 2020

खोज खवर - ३२७ बुद्धिसागर बराल

सम्बृद्धि नारामा मात्रै

- बुद्धिसागर बराल

हाल आएर नेपाली मानिसहरूले भन्ने गरेका छन पृथ्वीमा रहेका यावत चिज वा वस्तुहरूमा प्राकृतिक कारणले होस वा कृत्रिम कारणले होस रुप रंग रहन सहन खान पिन, लबाइखबाई, बसाइ र बोलाई तथा गराइमा समेत फेरबदल र परिबर्तन आएको छ । यो समयको चाहना र माग हो । आवश्यकताको परिपुर्ति हो । यसैलाई विकास भनिन्छ । यसैलाई अझ स्पष्टसँग भन्दा कुनै पनि बस्तु वा व्यक्तिको आकार प्रकार स्वभाव र चरित्रमा वा विशेषतामा देखिने परिवर्तन नै विकास हो । विकास हुनका लागि गुणात्मक रुप मै मानिस बस्तु वा परिस्थितिमा नै परिवर्तन हुनु पर्दछ । अझ संक्षिप्त रुपमा भन्दा कुनै पनि चिज वा बस्तुले  साविकमा भइरहेको अवस्थालाई परित्याग गर्दै नयाँ नयाँ अवस्था वा स्वरुपमा प्रस्तुत तथा रुपान्तरण हँुदै जानु नै विकास हो । त्यसैगरी, विकास भन्नु नै संक्रमणको अवस्था हो जसको अन्त्य नै हँुदैन वा यो अन्त्य हिन हुन्छ । विकास अन्तर्गत भौतिक, आर्थिक, राजनैतिक, सामाजिक, मनोबैज्ञानिक, भाषिक र बौद्धिक लगायतका सबै मानवीय मुल्य र मान्यताहरू पर्दछन् ।


ऐले यही विकाससँग व्यापक रुपमा जोडिएर समृद्धि आएको छ । हेर्दा यिनीहरू समानार्थी शब्द जस्तो देखियता पनि यसका पारखीहरू केहि फरक किसिमबाट प्रस्तुत भएका छन् । सम्बृद्धि शब्द  ल्याटिन भाषाको प्रस्चिरस भन्ने शव्दबाट उत्पत्ती भएको हो । जसको अर्थ राम्रो गुणस्तरीय र असल भन्ने हुन्छ । विकासले जब उच्चस्तरीय रुप धारण गरी गुणस्तरीय राम्रो असल र स्थायित्व लिदै जान्छ र दिगोरुपमा  रहन्छ । अनि अभाव रहित किसिमबाट जनतालाई सुख शान्ति, वैभव र सुविधा तथा मनोरञ्जन प्राप्त हँुदै जान्छ, यी सबैमा एकता देखिन्छ । त्यो नै उन्नत, भौतिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, मनोवैज्ञानिक तथा बौद्धिक  सम्बृद्धि  हो भन्ने बिचार तथा धारणाहरू आएका छन । यसरी हेर्दा विकासको पूणर् रुप भन्नु नै सम्बृद्धि रहेछ । यसले विकासका धेरै पाटाहरू समेटेको देखिन्छ । जे होस आन्तरिक रुपमा फरकपना देखियता पनि हामीले सामान्य रुपमा हेर्दा र भन्दा विकास र सम्बृद्धि एक अर्काका परिपुरक देखिन्छन् तर विकासका धेरै चरण वा पाटाहरू पुरा भएपछि मात्र समृद्धि हुन्छ भन्ने कुरा चाहिँ बिर्सनु हुदैन रहेछ ।


हाल आएर त झन नेपाल सरकारको विकास र सम्बृद्धि नै केन्द्रिय नीति बनेको छ र विकास भनेको भौतिक समृद्धि मात्र हो भन्ने गरेको पनि पाइन्छ । अझ बुझ्ने नबुझ्ने सबैले अवस्तुवादी र अव्यवहारिक किसिमले आश्वासन बाड्ने गरी भाषण ठोकी विकास र समृद्धिको परिभाषा दिने गरेका पनि छन् । न वस्तुवादी किसिमले छलफल र बहस चलाउने गरिएको छ न अर्थशास्त्रीय दृष्टिकोणले व्याख्या गर्ने गरिएको छ । न भौगोलिकताको विचार गरिन्छ न ट्राफिक व्यवस्थापनलाई बिचार गरिन्छ । प्रशासक, राजनैतिक नेता र इन्जिनियरले अरु मुलुकमा गएर देखेको भरमा हचुवा किसिमले आठलेनको सडक बनाउने निर्देश गर्दछांै । बास्तवमा चौडा र फराकिलो सडक निश्चित आर्थिक करिडोर अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार उत्पादन तथा आयात र निर्यात  भौगोलिक अवस्था सामाजिक गतिविधि मापन र अध्ययन तथा समग्र आर्थिक पक्षको  बढो सोचविचार गरी बनाउनु पर्नेमा हामीलाई अहिल्यै संरचना निर्माण गर्नै नसकिने स्थानमा ठूलो र फराकिलो तथा चौडा भवन र सडक चाहिएको छ । आयात निर्यातको लागि स्थायित्व र दिगोपनलाई तथा फाइदा र बेफाइदाको बिचारै नगरी कति लामो र कति भार बोक्न सक्ने गाडीको सडक खन्दा कति वन जंगल नष्ट   हुन्छ ? कति पहिरो वा भुक्षय भई उर्वरा हुने जग्गा नष्ट हुन्छ र बाढी पहिरो जान्छ आदि आदिको र अनावश्यक रुपमा फराकिलो बनाउदा हुने खर्चको पनि बिचार गर्दैनांै । खालि गाडिको कच्चा लिग गाँउमा पुगे पछि सबै किसिमको विकास भएको हामी सम्झन्छौं । यस्तो किसिमको विकासले सम्बृद्धि हुन सक्ने देखिदैन ।


मानिस समाज मै  जन्मेर समाजमै हुर्केर त्यही रहने हुदा उसको चरित्र त्यहि समाज मै निर्माण हुन्छ । यदि समाजले एउटा असल र सक्षम नागरिक उत्पादन गर्न सक्यो भने त्यसको उपयोग परिवार समाज र राष्ट्रले समेत गर्न  पाउछ । त्यसैले नागरिकको सामाजिक विकास हुनु पनि सम्बृद्धिको एउटा पाटो हो । त्यसैगरी, नागरिक सुखी हुन र शान्तसँग बस्नको लागि नागरिकमा आर्थिक व्यवस्था उचित हुनु पर्दछ। मानविय श्रम र साधनको उचित उपयोग गरी आर्थिक विकास हुनु तथा बस्तु वा सेवाको उत्पादनमा बृद्धि भै आर्थिक बृद्धि हुनु सम्बृद्धिको दोस्रो पाटो हो । राजनैतिक स्थिरता र परिपक्वता तेस्रो पाटो हो भने सांस्कृतिक लगायतका अन्यलाई चौथो पाटोमा राखिएको छ । यी सबैको समानुपातिक रुपमा विकास भएका मात्र मुलुक सम्बृद्धितर्फ लाग्छ । यसै बिषयलाई लिएर अर्थशास्त्री टोरोडाले भनेका छन ॅविकासको न्युनतम वातावरण निर्माण गर्नका लागि सबै जनताहरूको आधारभुत आवश्यकताको परिपुर्ति, आत्म संमानको अनुभुति, स्वतन्त्रताको प्रत्याभुति गरिनु पर्दछ। अनि मात्र सम्बृद्धितर्फ उकालो लाग्दछ । तर यस्तो नेपालमा हाल हुन सकेको छैन । 


 हामी सबैलाई थाहा छ देशमा जत्ति बढी दक्ष जन शक्तिको उत्पादन हुन्छ त्यति नै बढी उत्पादन हुन्छ । हामी उर्वरा भूमिको क्षेत्रफल बढाउन सक्दैनौं तर जनताले उत्पादन गर्न सक्ने क्षमता र दक्षता बढाउन सक्छांै । जति जति छिटो जनताको असीमित आवश्यकता र दक्षताको पहिचान गरी नीति निर्माण र कार्यक्रमहरू बनाउछौं र कार्यान्वयन गर्न सक्दछौं त्यति त्यति सम्बृद्धितर्फ उन्मुख हुन्छौं । यसो हुनको लागि हामीलाई अर्को कुरा पनि थाहा छ जबसम्म बिज्ञान र प्रविधिमामा आधारित जनशक्ति उत्पादन हुदैन जबसम्म कृषि तथा उत्पादनमा जोड पुर्‍याउने जनशक्ति परिपूणर् हुदैन र भौतिक विकासका पुर्वाधारहरूको निर्माण हँुदैन तबसम्म सम्बृद्धिको कल्पनासम्म पनि गर्न सकिदैन । त्यसैले हाम्रो मुलुकका राजनैतिक नेता तथा सरकारको डाडु पनियो लिएका प्रशासकहरूसँग के अनुरोध छ भने यदि तपाइहरूको मन र वचनमा साच्चिकै नेपाललाई सम्बृद्ध बनाउने चाहना छ र मुलुकबासीलाई खाडीमुलुकको ज्यानमारा गर्मी, जापान र कोरियाको जोखिमपूणर् कार्य, अमेरिकाको अमानवीय क्रियाकलाप, पश्चिमा मुलुकको दवाव प्रभाव र आर्थिक लोलुपता तथा छिमेकी मुलुकहरूको हेपाहा र मिचाह प्रवृतिबाट जोगाउनु छ भने तथा आत्म सम्मानका साथ नेपाली नागरिक बाच्न पाउने चाहना गर्नु हुन्छ र गरिव नेपालीको श्रम र पसिनाबाट तिरेको करको सदुपयोग गर्न तथा धनीले बाटोमा गाडी गुडाउदा गरिवले पनि पैसा तिरेर भने पनि गाडी चढन सक्ने बनाउन, दैनिक रुपमा एक हजार ८ सय जनाभन्दा बढी पैसा कमाउन विदेश जान लाम लागेकालाइ रोकी रोजगारको पहुच बडाउन र विभेदको अन्त्य गर्नको लागि मुलुकका सबै राजनैतिक दलहरूले एक आपसमा सदभाव सहकार्य र मेलमिलापको वातावरण सृजना गरी हातमा हात मिलाई राजनैतिक प्रतिशोधको अन्त्य गरी अघि बढौं । यदि तपाईहरू सच्चा राजनीतिज्ञ हुनुहुन्छ र जनताप्रति समर्पित हुनुहुन्छ भने राजनैतिक स्थिरता कायम गरी आर्थिक सामाजिक र संस्थागत विकासतर्फ लागि तटस्थ प्रतिबद्ध र प्रभावकारी प्रशासनिक संयन्त्रक निर्माण गर्नु होस । तेरो र मेरो नभनी व्यवहारिक र कार्यान्वयनमूलक योजनामात्र छनौट गर्नु होस । जनसहभागिता, समन्वय र जन समर्थन हुने क्रियाकलाप मात्र अघी बढाउनु होस । उपलब्ध साधन र स्रोतको उचित प्रयोग गर्नु होस । भ्रष्टाचारीलाई कडाभन्दा कडा कारवाही गरी भ्रष्टाचारलाई न्युनिकरण गर्नतर्फ लाग्नुहोस । आर्थिक पारदर्सिता र दुरदर्शिताको नमूना बन्नु होस । अनि मात्र नेपाल  विकास हँुदै सम्बृद्धितर्फ उन्मुख होला नत्र सम्बृद्धि नारामा मात्रै सिमित होला । अस्तु ¤

No comments:

Post a Comment