सम्पादकीय___प्रहरीको इमान्दारीमा प्रश्न आज पनि द्वैध रुप - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, October 9, 2020

सम्पादकीय___प्रहरीको इमान्दारीमा प्रश्न आज पनि द्वैध रुप

सम्पादकीय______________________________________

नेपाल प्रहरी सत्ता वा शक्तिको इसारामा बहकिन्छ भन्ने फेरि  सिद्ध भएको छ । प्रहरी गर्ने गरेका मुचुल्काका शब्द गलत भएका कारण पीडकहरूले उन्मुक्ति पाए भने यसको कलंक अवश्य पनि नेपाल प्रहरी माथि लाग्ने हुन्छ । कुनै पनि संघसंगठनमा त्यसको नेतृत्वमा रहने व्यक्तिको आचारण तथा व्यवहारले संगठनको छवि बिग्रने वा सप्रने गरिआएको विषयमा हामी भुक्तभोगी नै छौं । यसैले व्यक्तिका दुर्गुणका लागि सिंगो संस्थालाई दोष दिनु वा बदनाम गर्नु सायद मनासिव हुँदैन । तर पटक पटक त्यस्ता गल्ती दोहोरिन्छ भने त्यसमा व्यक्तिको नभई सिंगो संस्थाको नियतमा शंका गर्नु पर्ने हुन्छ । 

संघसंस्थामा नेतृत्व लिने व्यक्तिको आचरण पनि संघसंगठनले दिने  तालिम र दीक्षामा निर्भर गर्ने गर्दछ धेरै हदसम्म । नेपाल प्रहरी पछिल्लो पटक फेरि चिप्लिएको एक घट्ना उजागर भएको छ । यो खबर कणर्ालीको हुम्लाबाट आएको हो । जुन समाचार निकै निराशाजनक छ । 

हुम्लाको सिमकोट- ७ की एक महिलालाई परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाएर केही दिन पहिले गाउँलेहरूले कुटपिट गर्नुका साथै कपाल खौरेर उनलाई मानव मलमूत्र खुवाएको खबर सार्वजनिक भयो । त्योसँगै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर पीडित महिलाको उद्धार गर्‍यो । घटनाका सम्बन्धमा अनुसन्धान गरी कारबाही चलाउन प्रहरी टोली सम्बन्धित गाउँमा गयो । तर गाउँलेहरूले अमानवीय अपराध गरेको  प्रकृति मुचुल्का तयार गर्दा ती महिलामाथि गरिएको अमानवीय अत्याचारको विवरण प्रहरीले उल्लेख नै गरेन । 

गाउँका मै ठालु व्यक्तिहरू तथा स्थानीय प्रतिनिधिकोे दबाबमा प्रहरीले गलत मुचुल्का बनाएको आम बुझाई छ । प्राप्त जानकारी अनुसार मुचुल्कामा ॅस्थानीयले ‘दिसा खुवाएको’ भन्ने उल्लेख गर्न नदिएको प्रहरी भनाई छ । महिलालाई मानव मलमूत्र खुवाउनेजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूले दिएको दबाबका भरमा प्रहरीले गलत मुचुल्का बनाउनु पक्कै पनि शोभनीय नभई निन्दनीय कार्य हो ।

ॅसत्य सेवा सुरक्षा’को नारा नीति र कार्यक्रम आत्मसात गरेको बताउने  नेपाल प्रहरीका जवान र अधिकृतले पीडकहरूको प्रभाव वा प्रलोभनमा परेर अपराधी जोगिने गरी गलत मुचुल्का तयार गर्नुले ॅन्याय’को स्थिति के होला ? हुम्लाका प्रहरीले स्थानीयले ‘ॅदबाब’ दिएको र ‘ॅझडप’ हुनसक्ने भन्दै मुचुल्काबाट मानव मलमूत्र खुवाएको अपराध लुकाउन गरिएको कुकर्मको औचित्य किमार्थ पुष्टि हुन सक्दैन । यसमा प्रहरीलाई दबाबभन्दा लोभले बढी प्रभावित पारेको आंकलन गर्न कठिन छैन । यसप्रकार मुचुल्कामै मूल विषय  छुटाइएपछि मुद्दा स्वतः कमजोर हुने र न्याय पाखा पर्ने हुन्छ । 

एक वयस्क महिला र पुरुषबीच स्वेच्छाले भएको यौन सम्बन्ध दण्डनीय अपराध मानिन सक्तैन । त्यस्तो घटनामा पनि महिलालाई कपाल खौरेर मानव मलमूत्र खुवाएर गाउँ घुमाउनु मध्ययुगीन बर्बरता हो । यस्तो बर्बर कार्यमा जनप्रतिनिधिहरू आफै अपराधमा संलग्न हुने र प्रहरीले तिनलाई उन्मुक्ति दिने गरी मुद्दा कमजोर बनाउनु थप चिन्ता एवम् घोर आपत्तिको विषय हो । 

नेपाल प्रहरीको केन्द्रले हस्तक्षेप गरेर भए पनि हुम्ला प्रहरीको त्यो गलत हरकत सच्याउने काम होओस् । मुचुल्का कमजोर बनाइएकै कारण पीडित महिलाले न्याय पाइनन् वा पीडकहरूले उन्मुक्ति पाउने काम भएमा त्यसको कलंक नेपाल प्रहरीमाथि लाग्नेछ । मानव अधिकारको रक्षामा नेपाल प्रहरीले सबैतिर समान व्यवहारका साथ खरो रुपमा उत्रनुपर्छ ।

No comments:

Post a Comment