अन्तरङ्ग संवाददाता
बेसीशहर– जन कल्याण साकोसले आफ्ना सेयर सदस्य महिलाहरूका दुई दिने कौशीखेती तालिम दिएको छ । यहाँको बजार क्षेत्रमा रहनु भएका महिलाका लागि रोजगारी, व्यावसायिकता र आत्मनिर्भरताका लागि कौशीखेती भन्र्दै जनकाल्याण साकोसले दुई चरणमा ५० जना महिला सदस्यलाई सो तालिम दिएको हो ।
बेसीशहर नगरपालिकाका उपमेयर लक्ष्मीदेवी अधिकारीले उक्त कौशीखेती तालिमको उदघाटन गर्नु भएको हो । उहाँले नगरपालिका महिलाहरुलाई रोजगारी दिन र आत्मनिर्भर बनाउन सहकारी तथा आमा समूहसँग नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
जनकल्याण कासोसका अध्यक्ष ताराराज घलेले तालिमको उद्देश्य तथा स्वरुप बारेमा प्रकाश पार्नु हुँदै आफ्नो फुर्सदको समयको सदुपयोग गरी कौशीखेती गर्नका लागि सहभागीहरूलाई अनुरोध गर्नु भयो । उहाँले दुई चरणमा २५÷२५ जनालाई यो तालिम दुई दिनसम्म दिने योजना रहेको बताउनु भयो । उहाँले तालिम पछि तालिमा सिकेको सीपलाई आ– आफ्नो घरमा गएर यो खेतीलाई निरन्तरता दिन आग्रह गर्नु हुँदै आमा समूहका प्रतिनिधिहरूले अन्य सदस्यलाई पनि सिकाउन अनुरोध गर्नु भयो ।
जनकल्याण साकोसको महिला परिचालन उपसमितिको संयोजक मनमाया गुरुङको अध्यक्षतामा उक्त तालिमको उदघाटन कार्यक्रम भएको थियो । उहाँले तत्कालका लागि आफ्नो घरमा मात्र आवश्यक तरकारी मात्र उत्पादन गर्न सक्दा पनि उपलब्धीपूर्ण हुने भन्दै सहभागी महिलाहरूलाई उत्प्रेरित गर्नु भएको थियो ।
बेसीशहर नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा सोही नगरपालिकाका कृषि विज्ञ जीवनजंग थापाले प्रशिक्षण दिनु भएको थियो ।
No comments:
Post a Comment