संरचना नबदले मस्र्याङ्दी बेसी जलविद्युत आयोजना बन्न नदिने प्रतिवद्धता - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, October 16, 2020

संरचना नबदले मस्र्याङ्दी बेसी जलविद्युत आयोजना बन्न नदिने प्रतिवद्धता

अन्तरङ्ग संवाददाता

बेसीशहर- मस्र्याङ्दी नदीमा निर्माण गर्न लागिएको तेस्रो ठूलो जलविद्युत आयोजनाका विरुद्धमा नगरिक समाजका अगुवाहरूले ‘संरचना नबदले मस्र्याङ्दी बेसी आयोजना बन्न नदिन’ भन्दै खुलेर विरोधमा लागेका छन् । त्यसको निर्माण संरचना बदल्न आफ्ना मागहरूलाई तीनै तहका जनप्रतिनिधिहरूले सुनेनन् भने सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने र आवश्यक परेमा अन्तराष्ट्रिय मानवअधिकार आयोगलाई समेत गुहार्ने प्रतिवद्धता अभियन्ताहरूले यहाँ आयोजित भेलामा अभियन्ताहरुले असोज २५ गते व्यक्त गरेका छन् । 

नागरिक समाजकातर्फबाट आयोजना गरिएको बृहद पत्रकार सम्मेलनमा समाज अगुवा एवम् मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको संरचना बदलिनु पर्छ भन्ने अभियानका अग्रज व्यक्तित्व डा. बालकृष्ण बरालले एक अपिल जारी गर्नु भएको छ । अपिलमा सो आयोजनाको प्रवद्र्धक दिव्यज्योती हाइडेपावर कम्पनी लि.ले प्रस्ताव गरेको संरचना स्थानीयको हितमा छैन । यसले परम्परागत मानव सभ्यताको विनास विनास गर्ने हुँदा त्यो काम मानवअधिकारको समेत हनन हो भन्नु हुँदै जुन कुनै पनि अवस्थामा संरचना बदलिनु पर्छ, बदलिएन भने हामी सर्वोच्च अदालत देखि मानवअधिकार आयोग, अन्तराष्ट्यि अदालतसम्म धाउने छौं भन्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

तीन पेज लामो सार्वजनिक अपिल पढेर सुनाउँदै उनले आयोजनाको संरचना धरातल सुहाउँदो योजना बनाउने काम योजना आयोगको हो त्यस आयोगको कमजोरीमा मार आम जनतामाथि पर्न गएको भनिएको छ । सो अपिलमा मस्र्याङ्दी नदी सुकाएर सुरुङमा हाल्ने विद्युत आयोजनाको विरुद्धमा छौं, हामी केबल विरोध मात्र नगरी विकल्प सहितको विरोधमा उत्रेका छौं । रिजर्भभ्वायर सिस्टममा खुल्ला नहर प्रणालीमा जाउँ भन्ने वैज्ञानिक र उपयुक्त विकल्पसहित परियोजनाको रिडिजाइन गर्न सल्लाह दिदै वर्तमानको रन आफ दि रिभर सिस्टमको विरुद्धमा अडिग छौं सो अपिलमा भनिएको छ । त्यस्तै, सो अपिलमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले नै प्रष्टसँग ‘सुरुङ मार्ग निर्माण गरिने माथि रहेको पहाडको बाहिरी सतहमा मानव वस्तीहरु रहेका छन् र सुरुङ निर्माण गर्ने बेलामा गरिने विष्फोटनले सतहको मानववस्तीमा पहिरोको ठूलो जोखिम खडा हुनेछ ।’ भन्ने तथ्यलाई अवज्ञा गर्दै जसरी हुन्छ काम सक्ने, पैसा कमाउने र जनताको जिउज्यान जे सुकै होस् भन्ने गैह्रजिम्मेवारपूणर् कार्यशैलीले देश बन्ने हैन, विनाश हुँदै जाने निश्चित छ भनिएको छ । 

हालै सिन्धुपाल्चोक, इलाम, बाग्लुङ, कालिकोट, डोटी आदि जिल्लामा सयौं जनता पहिरोमा पुरिएर दर्दनाक मृत्यु भएको तथ्यले समेत सरकारको आँखा खुलेन र जबरजस्त रुपमा ‘विद्युत उत्पादन समृद्धिको आधार’ भन्ने एकोहोरो रटान गरिरहेको खण्डमा हामीले यो देशमा कानुनी राज्य छ भन्ने विश्वास भएको हुँदा अदालतको ढोका ढक्ढक्याउने, राष्ट्यि मानवअधिकार आयोग, अन्तरष्ट्यि मानवअधिकार आयोगसम्म पुग्न बाध्य हुनेछौं भन्ने उक्त अपिलमा उल्लेख छ । 

अपिलको अन्त्यमा भनिएको छ, दिव्यज्योती हाइडेपावर कम्पनी लि.ले गरेको जालसाजीपूणर् कार्यको पर्दाफास भइसकेको छ । उसले सम्पूणर् फर्जी कागजात तयार गरेर सार्वजनिक सुनुवाई समेत नगरी, स्थानीय जनाको अधिकारमा खेलवाड गरेको छ र चिनियाँ कम्पनीलाई फसाइएको छ । हामी, चिनियाँ दुतावासमा गएर चिनियाँ कम्पनीलाई रोक्न प्रयास गर्ने र सकारको ध्यानाकर्षण गर्नेछौं । सरकारले सुन्छ, जनप्रतिनिधिहरु जिम्मेवार बन्ने छन् भन्ने हाम्रो विश्वास छ । 

बेसीशहरका युवाहरु राम थापा, विमल श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, जित अधिकारी पत्रकार कमला केसी आदिले परियोजना बन्न दिनै हुन्न भन्ने तर्क प्रस्तुत गरेका थिए ।सो भेलामा जिविसका पूर्वसभापति शंकरकान्त जोशीले विगतका तीतो अनुभव सुनाउँदै यो काममा जनप्रतिनिधिहरुले इमान्दारपूर्वक काम नगर्दासम्म सुनुवाई हुनेछैन, फ्रिसेयरदेखि केकेमा चित्त बुझाएर आन्दोलन दबाउने गरेको इतिहास छ भने । मस्र्याङ्दी नदी बेसीशहर नगरपालिका क्षेत्रमा पूर्वतर्फ वडानं १० र ११, पश्चिमतर्फ वडानं- ६, ७, ८, ३, २ र १ हुँदै बहने गर्दछ । ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाले बेसीशहर नगरपालिकाको ६ र १० वडालाई मात्र प्रभावित क्षेत्रमानेकोमा ७, ८, ३ र २ वडाबासीले आक्रोश व्यक्त गरेका छन् । 

लमजुङको मध्यभाग भएर बहने मस्र्याङ्दी नदीमा रन अफ द रिभर प्रकृतिबाट उत्पादन हुने आयोजनाको बेसीशहर नगरपाकिला- ६ को बेलौती विसौनामा बाँध बाधेर ६.६५ मिटरको सुरुङमार्ग मार्फत ३१५ मिटरको पेनस्टक पाइप राखी बेसीशहर- १० को सालडाँडा मुनी मस्र्याङदी नदी किनारमा अर्धभूमिगत विद्युत गृह निर्माण गरिने जानकारी सो आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक ३२१.१५ गिगावाट विद्युत उत्पादन हुने आंकलन गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत ५ किमीको दुरीमा रहेको उदीपुरमा निर्माण गरिने सवस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारणमा पठाइने भएको छ । 

उक्त मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माणका लागि चिनियाँ कम्पनी चायना चेङकुइङ अनलाय हर्वल कम्पनी लि.को ९८ प्रतिशत लगानी हुनेछ । बाँकी दुई प्रतिशत लगानी नेपालका गोपालकृष्ण कोइरालाले गर्ने भएका छन् । सो आयोजना निर्माणका लागि आठ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । स्थानीयलाई १० प्रतिशत सेयर दिने प्रस्ताव गरिएको आयोजनाबाट वर्षायाममा २५८.६५ गिगावाट र सुख्खायाममा ६५.५० गिगावाट आवर विद्युत उत्पादन हुनेछ । सो आयोजना २०८५ साल अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले केही दिन अघि बेसीशहरमा आयोजित सार्वजनिक सुनुवाईमा जानकारी दिएको छ । 

दिव्यज्योति हाइड्रोपावर कम्पनीले सर्भे गरी लाइसेन्स लिएर चिनिया कम्पनीलाई शेयर बेच्ने काम गरेको हो । सो चिनिया कम्पनीको नेपालमा पहिलो लगानी भएको र चिनियाँ प्रविधिमार्फत आयोजनाको निर्माण गरिने दिव्यज्योतिका उपमहाप्रवन्धक एवम् प्रमुख इन्जिनियर कोलुङ च्याले बताउनु भयो । 

अर्का अभियन्ता खेमजंग गुरुङले भन्नुभयो, ‘जसरी पनि हाम्रो अधिकार स्थापित हुनुपर्छ । हामी व्यापक रुपमा जनचेतना जागृतका कार्य गर्ने योजनामा छौं ।’ यसैगरी अर्का अभियन्ता चन्द्र मिश्रले संरचना बदल्ने र प्रभावित वडाको संख्या थप्ने काम नगर्ने त यो बन्न दिन लाज हुने बताउनु भयो । 

मस्र्याङदी नदीमा यसअघि ७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत आयोजना र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण भइसकेका छन् । प्रस्तावित मस्र्याङदी बेसी आयोजनाको क्षमता ५० मेगावाट रहेको बताइएको छ ।

No comments:

Post a Comment